ओम अस्पतालमा सन्ध्याकालिनओपिडी सेवा सुरु हुँदै


ओम अस्पतालमा सन्ध्याकालिनओपिडी सेवा सुरु हुँदै

१२ अप्रिल, २०१७ काठमाडौं ।  

सेवाग्राहीहरुलाई सरल तथा सहज ढंगले गुणस्तरीय सेवा दिने क्रममा नयाँवर्षको सुरुवात सँगै ओम अस्पतालमा सन्ध्याकालिन ओपिडी सेवा संचालन हुने भएको छ । ओम अस्पतालले बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सन्ध्याकलिनओपडी सेवामा जनरल मेडिसिन, अर्थोपेडिक (हाडजोर्नी), कार्डियोलिोजी (मुटु रोग), गाइनोकोलोजी (स्त्री रोग), बाल रोग.लगाय तका सेवाहरु उपलब्ध गराइने जानकारी दिएको छ । सन्ध्याकालिन ओपिडी सेवाको दस्तुर पनि अन्य समयमा संचालन गरिने ओपिडी सेवा सरहको नै हुनेपत्रकार सम्मेलनमा जानकारी दिइयो । सन्ध्याकालिन ओपिडी सेवा लिन चाहने सेवाग्राहीले अनिवार्य रुपमा अग्रिम बुकिङ गर्नुपर्ने अस्पतालले जनाएको छ ।

सेवाग्राहीको मागअनुसार सन्ध्याकालिन ओपिडी सेवामा क्रमशःअन्य सेवाहरु पनि विस्तार गरिँदै लैजाने अस्पतालका अध्यक्ष उद्धव पौडेलले जानकारी दिनुभयो । विहानदेखि बेलुकी सम्मविभिन्न पेशाव्यवसायमा आबद्ध कामकाजी व्यक्तिहरुलाई अस्पतालहरुको ओपिडी सेवा लिन व्यवहारिक कठिनाई परिरहेको अवस्थामा त्यस्ता व्यक्तिहरुलाई लक्षितगर्दै  यो सेवा शुरु गर्न लागिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

अस्पतालले मृगौला  रोग पीडितहरुलाई लक्षित गर्दै निशुल्क डायलसिसका लागि आवश्यक प्रक्रिया समेत सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै अस्पतालमा डाइजेस्टिभ डिजिज सेन्टर,  डिजीटल मेमोग्रयाफी, स्ल्पि ल्याब जस्ता अत्याधुनिक सेवाहरु पनि संचालनमा रहेको अस्पतालले जनाएको छ । अस्पतालको सेवालाई थप गुणस्तरीय, समय सापेक्ष तथा प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन प्रतिबद्ध रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

श्रमजीवी पत्रकारहरुका लागि समेत अस्पतालले रोगको प्रकृति हेरी केही छुटका व्यवस्था गर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । स्वागत मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले आम संचार माध्यमहरुलाई छिटो छरितो तरिकाले प्रभावकारी सूचना उपलब्ध गराइने व्यवस्था मिलाइए को बताउनुभयो । अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतमले ओम अस्पताललाई छिट्टै भौतिक तथा प्राविधिक दृष्टिकोणले मुलुककै सर्वोत्कृष्ट बनाइने योजनका साथ आफूहरु अघि बढिरहेको जानकारी दिनुभयो ।

अस्पतालका अपरेशन म्यानेजर विश्व विक्रम रानाले अस्पताल विगत, वर्तमान तथा भविष्यको कार्य योजना सहित प्रस्तुतगर्नु भएको पत्रकार सम्मेलनमा अस्पतालका बोर्ड अफ डाइरेक्टरहरु धुव्र मुडभरी, चक्रबन्धु अर्याल लगायतको उपस्थिति रहेको थियो । राजधानीको चावहिलमा १८ रोपनी क्षेत्रफलमा ८५ हजार स्क्वायर फिटमा फैलिएको यस अस्पतालमा मुलुककै ख्याति प्राप्त ८५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सकहरु कार्यरत हुनुहुन्छ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top