झलनाथले भने अहिले संशोधन होईन, चुनावमा जानुपर्छ


झलनाथले भने अहिले संशोधन होईन, चुनावमा जानुपर्छ

०९ अप्रिल, २०१७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले संविधान संशोधन भन्दापनि चुनाव अनिवार्य रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले संविधान जारी भएपछि मुलुक आर्थिक क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने बताउँदै यसको लागि सबै दल संविधान कार्यान्वयनमा जुट्नुपर्ने बताए । 

उनले स्थानीय तहको निर्वाचन नजिकिएको बताउँदै अब सबै दलहरु निर्वाचनको लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए । त्यस्तै अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले चुनावमा जानुको विकल्प नभएको बताएका छन् ।  उनले भने चुनावमा गएर देशलाई निकास दिनुपर्नेमा जोड दिँदै भने,‘अहिलेको समस्याको निकास भनेको नै चुनाव हो ।’ उनले पनि क्लबलाई आगामी दिनको लागि सफलताको शुभकामना दिए। 

त्यस्तै सोही कार्यक्रममा मधेशी मोर्चाका शीर्ष नेता अनिल झाले पनि आफूहरु चुनावको विरोधी नभएको जिकिर गरेका छन् । उनले प्रधानमन्त्री दाहालले आज घोषणा गरेझैं मोर्चाको माँग सम्बोधन गर्नेगरि नयाँ संशोधन प्रस्ताव ल्याए आफूहरुले स्वागत गर्ने समेत विश्वास दिलाए । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top