चितवनमा १ हजार दिनपछि तस्करले फेरि गैंडा मारे


चितवनमा १ हजार दिनपछि तस्करले फेरि गैंडा मारे

०८ अप्रिल, २०१७
काठमाडौं । लगातार तीन वर्षसम्म शुन्यचोरी शिकार वर्ष मनाउन सफल चितवन राष्ट्रिय निकुञ्जमा करिब १ हजार दिनपछि फेरि तस्करहरुले एउटा गैंडा मारेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको सुरक्षाकर्मीका अनुसार निकुञ्जभित्र रहेको एउटा बयस्क भाले गैंडा मारिएको हो ।

निकुञ्ज मुख्यालय अन्र्तगतको पश्चिम सेक्टरमा पर्ने जगतपुरको हरियाली सामुदायिक वनमा चोरी शिकारीले गैंडा मारेर खाग लगेको अवस्थामा सो भाले गैंडा मृत अवस्थामा भेटिएको छ । जगतपुरमा रहेको टाइगरल्याण्ड होटल नजिकै सो गैंडामाथि गोली प्रहार गरिएको आशंका प्रहरीले गरेको छ । चितवनबाट शुक्लाफाँटामा गैंडा स्थानान्तरणको प्रक्रिया चलिरहेकै चितवनमा गैंडा मारिएको घटना सार्वजनिक भएको हो । प्रहरीले गैंडा मारेर खाग तस्करी गर्ने गिरोहको खोजी जारी रहेको जनाएको छ ।

पछिल्लो समयमा २०७१ साल बैशाख २० देखि यता सो निकुञ्जभित्र कुनैपनि गैडाको चोरी सिकारी नभएको निकुञ्ज स्रोतले जनाएको छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top