बाबुरामले लगाए प्रचण्डलाई गम्भीर आरोप : सत्ता दोहन बाहेक केही नगरेको दाबी


बाबुरामले लगाए प्रचण्डलाई गम्भीर आरोप : सत्ता दोहन बाहेक केही नगरेको दाबी

०८ अप्रिल, २०१७
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको दोहन गरेर आफू र कार्यकर्ताको भरणपोषण बाहेक अरु केही नगरेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री दाहालको सरकारका पालामा जनपक्षीय कुनै काम नभएको भन्दै अनावश्यक रुपमा उनको कामको प्रचारबाजी मात्रै भएको बताउनुभयो ।

सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले विशेषत वर्तमान सरकारले तराई, मधेस, थारुलगायतका समुदायको कामग सम्बोधन गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । सरकारले सत्तालाई चरम दुरुपयोग गरेर आर्थिकोपार्जन गर्ने उद्देश्यमात्रै पुरा गर्न लागेको उहाँको आरोप छ । उहाँले सरकारले बजेटमा नभएकै योजनामा मनपरी रकमान्तर गरेर नीतिगत रुपमा भ्रष्टाचार गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहाल भ्रष्टाचारमा लिप्त रहेको भन्दै उहाँले विगतको सशस्त्र आन्दोलनको खिल्ली उडाउने प्रधानमन्त्रीको कार्यशैलीले माओवादीहरुलाई लज्जाबोध गराएको बताउनुभयो । सरकारले नयाँ शीर्षक खडा गरेर, शहीद स्मृति लगायत प्रतिष्ठानका नाममा अर्बौं रुपैयाँ  बाँडेको भन्दै एनसेललाई कर छुट दिएकोमा आपत्ति जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले आर्थिक प्रलोभनमा परेर लोकतन्त्र विरोधी काम गरिरहेको उहाँको आरोप छ । उाहँले आँखा चुनाव चिन्ह लिने आफ्नो आन्दोलन पुरा गरेरै छाड्ने बताउनुभयो । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top