राष्ट्रिय ध्वजाबाहक एनएसीले दुई ठूला जहाज किन्ने : काठमाडौंमा आज भयो सम्झौता


राष्ट्रिय ध्वजाबाहक एनएसीले दुई ठूला जहाज किन्ने : काठमाडौंमा आज भयो सम्झौता

०७ अप्रिल, २०१७
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमले २ वटा वाईड बढी जहाज किन्ने भएको छ । अमेरिकी कम्पनी एएआर र एनएसीबीच आज भएको छलफलपछि यो सहमति बनेको हो । सहमति सँगै आगामी  १ वर्षभित्र पहिलो जहाज नेपाल आइपुग्ने छ ।

यस्तै अर्को विमान भने अबको करिब १३ महिनापछि काठमाडौं आइपुग्ने गरी सहमति भएको छ । एनएसी र अमेरिकी कम्पनीबीच आज भएको सम्झौंतामा एनएसीका महाप्रबन्धक  सुगतरत्न कंसकार र एएआरका प्रमुख दिपक शर्माबीच हस्ताक्षर भएको छ ।

 सम्झौता अनुसार दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गरिने छ । यसअघि फागुन ४ गते दुईथान वाइडबडी जहाज खरिद गर्न एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पनि निगमले पठाईसकिएको छ । सो विमानले विशेष गरी अष्ट्रेलिया, जापानलगायतका मुलुकमा उडान भर्ने बताइएको छ । नेपाल बायुसेवा निगमले इतिहाँसमै यतिधेरै महंगो विमान खरिद गर्न लागेको हो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top