ओम अस्पतालद्धारा बृहत् स्वास्थ्य शिविर आयोजना : सयौं लाभान्वित


ओम अस्पतालद्धारा बृहत् स्वास्थ्य शिविर आयोजना : सयौं लाभान्वित

०५  अप्रिल, २०१७ काठमाडौं

ओम अस्पताल र मैजुबहाल सेवा समाजको सहकार्यमा बुधवार राजधानीमा निशुल्क बृहत् स्वास्थ्य शिविर आयोजनागरिएको छ । मैजुवहालस्थित आइडियल इंग्लिश सेकेण्डरी स्कूलको प्रांगणमा सञ्चालन भएको शिविरमा स–साना नानीदेखि ८५ वर्ष सम्मका वृद्धवृद्धाहरुले आ–आफनो रोगको निशुल्क परीक्षण गराएकाथिए ।

स्त्री रोग, नाक, कान, घाँटी, हाडजोर्नी, सामान्यचिकित्सा, दन्त रोग, चर्म रोग, मानसिक रोग, आँखा रोग, मुटु रोग, पोषण रोग रअन्य रोगका सम्बन्धमा ४ सयभन्दा बढीले वरिष्ठ चिकित्सकहरुद्धारा निशुल्क परीक्षण गराएको कार्यक्रम संयोजक विश्वविक्रम रानाले जानकारी दिनुभयो ।

सो अवसरमा बिरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । आफनै टोलमा वरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराई औषधि समेत निशुल्क पाएकोमा स्थानीयहरु निकै खुशी देखिएका थिए ।

यसअघि पानसमा दीप प्रज्वलन गरी स्वास्थ्य शिविरको उद्घाटन गर्दै ओम अस्पतालका अध्यक्ष उद्धव पौडेलले सामाजिक उत्तरदायित्व अन्र्तगत शिविर संचालन गरिएको बताउनुभयो । ओम अस्पतालले आगामी दिनमापनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पौडेलले बताउनुभयो ।

प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले स्थानीयहरुसँगको सम्बन्धलाई प्रगाढ बढाउन यस्ता शिविर महत्वपूर्ण हुने भन्दै शिविरका बिरामीहरुलाई अस्पतालमा छुटको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतम सहितबोर्ड अफ डाइरेक्टरहरुको पनि उपस्थिति रहेको थियो । मैजुबहाल सेवा समाजको तर्फबाट कार्यक्रमको संयोजन गर्नु भएका  सनातन रेग्मीले आफनो टोलमा वरिष्ठ चिकित्सकहरुको उपस्थितिमा शिविर संचालन गरेकोमा ओम अस्पताल परिवार लाई धन्यवाद दिनुभयो ।

नववर्ष २०७४ साथै विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा शिविर संचालन गरिएको ओम अस्पतालले जनाएको छ ।

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top