एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित


एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

२७ मार्च, २०१७
काठमाडौं । बंगललादेशमा  शुरुभएको एसीसी इमर्जिङ नेशन्स कपको पहिलो नेपालमा नेपाल पराजित भएको छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

स्थानीय शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पाकिस्तानको यु २३ टोलीलाई नेपालले १ सय ८१ रनको लक्ष दिएको थियो । सो लक्ष्यलाई पाकिस्तानी टोलीले ४६ ओभरमा पुरा गरेको थियो । यसबीचमा पाकिस्तानले ४ विकेट मात्रै गुमाएको थियो । यसअघि यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले औषत प्रदर्शन गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो ।

नेपालले भोलि दोस्रो खेल बंगलादेशसँग खेल्दैछ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top