उपेन्द्र यादव भारत प्रस्तान, महत्वपूर्ण राजनीतिक भेटवार्ता समेत गर्ने


उपेन्द्र यादव भारत प्रस्तान, महत्वपूर्ण राजनीतिक भेटवार्ता समेत गर्ने

२० मार्च, २०१७
काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्तान गर्नुभएको छ । भारतको बनारसस्थित हिन्दू विश्वबिद्यालयले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन यादव आज नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । भारतमा रहँदा उहाँले महत्वपूर्ण राजनीतिक भेटवार्ता समेत गर्नुहुने बाइएको छ ।

नयाँ दिल्लीबाट उहाँ बनारस पुग्नुहुने बताइएको छ । बनारस विश्वबिद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको प्रजातन्त्रको बिकास, नेपालको संबिधान जारी भएपछिको असहज अवस्थाबारे आयोजित सेमिनारको मूख्य वक्ताको रुपमा उहाँ सहभागी हुनुहुनेछ । त्यसपछि भारतीय नेताहरुसँग महत्वपूर्ण भेटवार्तामा उहाँ सहभागी हुने बताइएको छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top