भूटानी शरणार्थीसम्बन्धी समस्या समाधानका विषयमा उपप्रधानमन्त्री निधि–यूएनएचसीआरका प्रतिनिधि भेटघाट


भूटानी शरणार्थीसम्बन्धी समस्या समाधानका विषयमा उपप्रधानमन्त्री निधि–यूएनएचसीआरका प्रतिनिधि भेटघाट

    
२० मार्च, २०१७
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्च आयोगको कार्यालयका नेपाल प्रतिनिधि केभिन जे आलेनबीच आज भेटबार्ता भएको छ । गृहमन्त्रालयमा आज दिउँसो भएको भेटमा भुटानी शरणार्थी समस्याको दीर्घकालीन रुपमा हल गर्ने बिषयमा छलफल भएको छ ।

पूर्बी नेपालका शरणार्थी शिबिरमा बसेका शरणार्थीले पाउँदै आएको राहत पछिल्लो समय कटौती भएको र राहत आपूर्ति गराउनेबारे गृहमन्त्री निधि र यूएनएचसीआरका नेपाल प्रतिनिधि आलेनबीच कुराकानी भएको थियो । भुटानी शरणार्थीको अमेरिकामा पुनर्बासको व्यबस्था हुँदै आएकोमा अमेरिका जाने तयारीमा रहेका शरणार्थीहरु पछिल्लो समय अमेरिकी राष्ट्रपतिको निर्बाचनपछि त्याँहाको सरकारको नीतिका कारण रोकिएको बिषयमा पनि छलफल भएको थियो ।

 गृहमन्त्री निधि र यूएनएचसीआरका नेपाल प्रतिनिधि आलेनबीच आपसी सहयोग आदानप्रदानका बिषयमा पनि छलफल भएको थियो । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top