प्रहरी महानिरीक्षकको विवाद : सर्वोच्चको अन्तिम फैसला भोलि


प्रहरी महानिरीक्षकको विवाद : सर्वोच्चको अन्तिम फैसला भोलि

२० मार्च, २०१७
काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा देखिएको विवादका विषयमा सर्वोच्चमा परेको मुद्दाको फैसला भोलि आउने भएको छ । सर्वोच्च स्रोतका अनुसार प्रहरी महानिरीक्षक नियुक्तीमा देखिएको विवादका विषयमा सर्वोच्चको पूर्ण अदालतमा बहस आज सकिएको छ ।

आज बहस सकिएसँगै भोलि फैसला आउने बताइएको छ । सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा आज भएको  बहसमा डीआईजी जयबहादुर चन्द पक्षका बहिलहरु बहसमै सहभागी भएनन् । त्यसपछि माइकिङ्ग गरेर उनीहरुलाई बोलाइएको थियो । उनीहरु अनुपस्थिति भएपछि रिट निवेदन कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका वकिलले हिजो बहस गरेका थिए ।

चन्दका तर्फबाट वहिलहरु सुशील पन्त, प्रेमबहादुर खड्का, महादेव यादव, सतिश खरेल लगायत वरिष्ठ अधिवक्ताहरु यसअघिको बहसमा सहभागी थिए भने सिलवालका तर्फबाट बद्रीबहादुर कार्की, तुलसी भट्ट, भीमार्जुन आचार्य र टिकाराम भट्टराईले बहस गरेका थिए । प्रधानन्यायाधीश कार्की आज सर्वोच्च अदालतको बार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालय गएका कारण आज फैसला नभएको र भोलि आउने बताइएको छ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top