आज विश्व बाल रंगमञ्च दिवस, विविध कार्यक्रम गरी मनाईँदै


आज विश्व बाल रंगमञ्च दिवस, विविध कार्यक्रम गरी मनाईँदै

२० मार्च, २०१७

काठमाडौं । आज मार्च २० तारिक । आज विश्व बाल रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको साथमा नेपालमा विगत केही वर्षदेखि थिएटर मल नाटकघरको बालबालिकाका लागि रंगमञ्चीय कार्य गर्ने एक मात्र नेपाली संस्था थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र आसितेज नेपालले विधि कार्यक्रम गर्दै मनाउँदै आएको छ । यस वर्ष जर्मनीबाट आएका अन्तर्राष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट बोर्डरर्स’को क्लाउन नाटक शो तथा क्लाउन कार्यशालाका साथमा मनाइदैछ ।

आज चैत ७ गते सोमबार थिएटर मल नाटकघरमा बालसाहित्यमा संलग्न, तथा विदेशी तथा स्वदेशी रंगकर्मी, अभिभावक र बालबालिकाबीच क्लाउन शो र अन्तरक्रियाका साथ मनाइन लागेको आसितेज नेपालका अध्यक्ष दिपर्शन जंग रानाले जनाए ।

बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ विश्वभर यो दिवस मनाइदै आएको छ । त्यस्तै थिएटर मलले यसै अवसरमा आगामी १९ गथतेदेखि बालबालिकाको लागि १५ दिने अभिनय तथा नाट्य प्रशिक्षण समेत आयोजना गर्ने थिएटर सेन्टर फर चिल्ड्रेन नेपालका कला निर्देशक केदार श्रेष्ठले जनाए । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top