युसुफको 'तिम्रो नयन' बजारमा


युसुफको 'तिम्रो नयन' बजारमा

समिम मियाँ, धादिङ 

२० मार्च २०१७ - युवा गायक तथा सर्जक युसुफ खानको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । "युसुफ" नामक एल्बममा समेटिएको "तिम्रो नयन" बोलको भिडियोलाई "सङ्स नेपाल" ले आफ्नो युट्युब मार्फत सार्वजनिक  गरेको छ ।
 
आर्टिस्ट नेपाल प्रोडक्सनको प्रस्तुती रहेको यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन्  । प्रदिप जोशीले एरेंज्मेंट गरेको गीतलाई माधब बेलबासेले सम्पादन गरेका हुन् । नभ ढुंगेलको निर्देशनमा बनेको सो म्युजिक भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् । 

यसै भिडियो मार्फत मोडलिंग क्षेत्रमा डेब्यु गरेका समिम खानलाई मोडल अनु शाहले साथ दिएकि छिन् ।

 धादिंगको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमा दुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ । वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेर युसुफले फुर्सदको समयलाई राम्रो सदुपयोग गरे । संगीतमा रमाउने उनि आफैले थुप्रै गीत लेखी सकेका छन् भने  अरु गीत पनि चाडै नै बजारमा आउने खानले जानकारी दिए ।

खाडी मुलुक कतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ  ।


 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top