लन्डनको स्पिकर्स कर्नरमा ‘युरेसियाको स्पर्श’ सार्वजनिक


लन्डनको स्पिकर्स कर्नरमा  ‘युरेसियाको स्पर्श’ सार्वजनिक

१९ मार्च २०१७, लन्डन

लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा शर्माले बताए  ।    

बेलायतका नेपालीहरुको साहित्यमा रुची देखेर प्रशन्नता ब्यक्त गर्दै आगामी दिनमा साझा प्रकाशनले बेलायती स्रष्टाहरुका कृति प्रकाशन गरिदैं जाने कुरा बताए ।

नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीको अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुइसय शिर्षकका तीनहजार थान पुस्तकको लिएर महाप्रबन्धक शर्मा बेलायत आएका हुन् ।

लन्डनमा जारी पुस्तक प्रदर्शनी फलदायी रहेको बताउँदै साझा प्रकाशन बचाउन बेलायतमा रहेका नेपाली स्रष्टाहरुबाट सहयोगको अपेक्षा राखेको कुरा बताए ।

लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउँदै आएका साहित्यकार बजगाईंको सातौं कृति ‘युरेसियाको स्पर्श’ साझा प्रकाशनले बजारमा ल्याएको हो । चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जेम्बर्गका सत्रवटा यात्रानुभूति उक्त पुस्तकमा रहेका छन् ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top