राप्रपाद्वारा हिन्दु राष्ट्रको माग गर्दै संशोधन विधेयक दर्ता


राप्रपाद्वारा हिन्दु राष्ट्रको माग गर्दै संशोधन विधेयक दर्ता

१९ मार्च, २०१७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्ताव दर्ता गर्दै मुलुकमा हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग राखेको छ । आज संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराउँदै राप्रपाले संविधानबाट धर्मनिरपेक्षता शब्द कताएर पूर्ण धार्मिम स्वतन्त्रतासहितको हिन्दु राष्ट्र उल्लेख गर्न माग गरेका छन् ।

हाल संविधानको धारा ४ को उपधारा १ मा उल्लेख भएका धर्मसम्बन्धी व्यवस्थामा संशोधन आवश्यक भएकोमा राप्रपाले जोड दिएको हो । राप्रपाकी सांसद कुन्तीकुमारी साहित सहित ६ जना सांसदहरुले यो प्रस्ताव दर्ता गराएका हुन् । यसअघि निर्वाचन आयोगले विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गराएको हो ।

दुई राप्रपा एक भएपछि राप्रपाबीच पनि विभिन्न खाले आरोह अवरोधको अवस्था सिर्जना हुन थालेको छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top