शिक्षकको पिटाई खाएर घाइते बालक अदालत जाने तयारीमा


शिक्षकको पिटाई खाएर  घाइते बालक अदालत जाने तयारीमा

१९ मार्च, २०१७
काठमाडौैं । फागुन १५ गते नयाँ बानेश्वरस्थित एम्बिसन हायर सेकेण्डरी स्कुलका शिक्षक दावा मोक्तानको कुटाईबाट सख्त घाईते भएका जेनिश राईका पिता मोहन राई छोराको उचित न्यायको लागि अदालत जाने भएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी मोहन राईले बालबालिको हक अधिकारलाई हनन् गर्ने शिक्षकलाई एम्बिसन ऐकेडेमि र प्रहरी प्रशासन समेत कारबाही नगरेको भन्दै न्यायका लागि अदालत पुग्ने भएका हुन। उनले भने,‘मैले स्कुलका प्राध्यापकसँग घटनाको बारेमा जानकारी गराउँदा उल्टै उहाँले मेरो शिक्षलाई आरोप लगाउँने?

यो त सामान्य हो भन्दै थर्काउनु भयो, त्यसपछि बालबालिका तथा समाज कल्याण मन्त्रालय केन्द्रिय बाल कल्याण समिति, बालबालिका खोजतलास समन्वय समिति लगायत सबै आधिकारिक निकायमा जाहेरि दिदापनि हाम्रो छोराले न्याय नपाउँदा खेरि अन्ततः बाध्य भएर अदालत जान पुगेको छु।’यो बालअधिकार हनन्को घटनाविरूद्धको आफ्नोे अभियानमा सहयोग गरिदिनका लागि सबैलाई आग्रह गर्दै भने,‘नयाँ बानेश्वर स्थित एम्बिसन एकेडेमी, उक्त विद्यालय व्यवस्थापन समिति, पीडक शिक्षक दावा मोक्तान र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर विपक्षी बनाई म अदालत जानेकुरा जानकारी गराउँदछु।’ त्यस्तै पाँच कक्षामा अध्ययनरत जेनिश राई कक्षाको क्याप्टेनसँग सोधेर कलममा मसि सकिदा भर्नको लागि बाहिर निस्किदा शिक्षक मोक्तानले कटुपिट गरेको पीडितका अभिभावकले बताएका छन्। 

शिक्षक मोक्तानको कुटाईबाट जेनिशको बाँया आँखा र टाउकोमा सुनिने गरि चोट लागेको बताउदै जेनिश राईले भने,‘मैले त्यस्तो केही गल्ति गरेको थिईन, तर सरले मसि भर्न जागेको बेला हिर्काउनु भयो, अब म त्यो स्कुलमा पढ्दीन, सरले मलाई कुट्नु हुन्छ, त्यो दिन मलाई मैले पिटेको भनेर घरमा आमाबाबाुलाई नभन्नु, यदि भनेसि फेरि पनि पिट्छु भनेर भन्नु भयो, त्यसपछि म स्कुल गएको छैन्।’

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top