१३ औं (आईसिएमसि) मा अन्डरसाईड ब्याण्डले दियो आफ्नो बेजोड प्रस्तुति (भिडीयो सहित)


१३ औं (आईसिएमसि) मा अन्डरसाईड ब्याण्डले दियो आफ्नो बेजोड प्रस्तुति (भिडीयो सहित)

बाल कृष्ण भट्ट

१९ मार्च, २०१७ ,ललितपुर - काठमाडौं  कलेज अफ म्यानेजमेन्ट ( केसिएम ) को ब्यवस्थापनमा आयोजित १३ औ ईन्टर कलेज ब्याण्ड कम्पेडिशनको अवसरलाई निम्तो मान्दै हालै मात्र ललितपुर स्थित जावलाखेल मैदानमा अन्डरसाईड ब्याण्डले आफ्नो बेजोड प्रस्तुति दिएको छ ।

उपत्यकामा छरिएर रहेका बिभिन्न कलेजहरुले भाग लिएको उक्त प्रतियोगितामा पाठशाला कलेजका स्क्रिमिङ्ग मारियोनेट ब्याण्डले प्रथम स्थान हासिल गरेको छ भने  दोश्रोेमा ब्रिटिश मोडेल कलेजका एलिक्ट ब्याण्ड र तेश्रो स्थानमा रोयल म्यूजिक एकाडेमीका दि इन्सेप्शन ब्याण्ड लाई सफलता प्राप्त भएको छ ।

त्यस्तै जर्जको फेबरेटमा कालेडोस्कोप म्युजिक एकेडेमीको डिस्ट्रोइकम् ब्याण्ड र दर्शक÷श्रोता को फेबरेटमा एभरग्रीन हायर सेकेण्डरी कलेजको  संघर्स ब्याण्डले हासिल गरेको छ ।

सो कार्यक्रममा अतिथि ब्याण्डको रुपमा निम्त्याईएको अन्डरसाइड ब्याण्डले आफ्नो बेजोड प्रस्तुतिको प्रर्दशन गरेको छ । ४ बटा आफ्नो फेवरेट र केही नयाँ गित सहित स्टेज प्रवेश गरेको ब्याण्डले बिद्यार्थीहरुलाई केहिवेर मेटालिक संगितमा झुमाएको थियो स्मरण रहोस् अन्डरसाईडलाई नेपालकै पश्चिमा जगतको झल्को दिने ब्याण्डको रुपमा चिनिन्छ ।

यसका अतिरिक्त तम्बलविद इन्क र स्याडोज ब्याण्ड पनि अतिथिको रुपमा रहि आफ्नो प्रतिभाको प्रदर्शन गरेका थिए । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top