उपभोक्ताको मन जित्दै मिटमार्ट


उपभोक्ताको मन जित्दै मिटमार्ट

किसोर श्रेष्ठ

उर्लाबारी - झापाको दमकमा संचालित मिटमार्ट सेन्टर मासुका पारखीहरुका बीच पछिल्लो समय लोकप्रय बन्दै गएको छ ।  गत मंसिरबाट स्थापनामा आएको सेन्टरले स्थापनाको छोटो अवधिमा नै स्थानिय मासुका उपभोक्ताहरुको ध्यान खिच्न सफल भएकोे छ । विभिन्न पशुपन्छिका स्वस्थ र ताजा मासु ग्राहकलाई उपलव्ध गराउने लक्ष्यकासाथ स्थापनामा आएको सेन्टर पछिल्लो समय उपभोक्ताको पहिलो रोजाईमा पर्ने गरेको पाईन्छ ।
 
वैदेशिक रोजगारीबाट फर्केका यूवाहरुको सामुहिक लगानीमा आधुनिक मासु पसल सञ्चालनमा आएको हो । उर्लाबारीका तारा बजागाई, दमकका अनिल लिम्बु र तुलसी भट्टराईद्धारा संचालित सेन्टरमा फ्रोजन मिट, बट्टाई, कुखुरा, हाँस, रागा, सुगुर, खसी र अस्ट्रीजको मासु राखिएको छ ।

फ्रोजन मिट, हाँस र खरायोको मासु मुटु तथा मधुमेह रोगीका लागि उपयुक्त मानिन्छ भने र अस्ट्रीजको मासुले ब्लड प्रेशर सन्तुलित राख्नुका साथै मुटुलाई स्वास्थ राख्नमा समेत मद्धत गर्दछ ।
 
दमकस्थित गोर्खाली टोलमा शुरु गरेको मिट सेन्टरले उपभोक्ताको माग अनुसारको स्वच्छ र ताजा मासु उपलव्ध गराउदै आएको संचालक मध्यका एक तारा बजागाईको दावी रहेको छ । नेपालमै पहिलो पल्ट यस किसिमका पसल आफ्नो टिमले संचालनमा ल्याएको बजागाईले दावी गरेका छन् ।
 
खुला र फोहोर ठाउँबाट अस्वस्थ मासु बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको गुनासो बढिरहेका बेला आधुनिक मिट सेन्टर सुरु गरिएकोले ग्राहकको मनजित्न सफल भएको पनि बजागाईले दाबी गरेका छन् ।

मासु र अण्डाको लागि भारतबाट आयात गरिने पशुपंक्षी भन्दा नेपालकै कृषकसँगको सहकार्यमा ताजा मासु उत्पादन गर्ने लक्षका साथ आफुहरु अघि वढेको अर्का संचालक तुलसी भट्टराईको भनाइ छ । मार्सिक २५ लाख बराबरीको कारोवार हुदै आएको सेन्टरमा ५ जनाले रोजगार पाएका छन् ।
विवाह, पार्टी, पिकनिकहरुमा मासुको माग बढेर गएको र ५ केजी भन्दा बढीको अर्डर गर्ने उपभोक्तालाई होर्म डेलेभरीको समेत सुविधा रहेको भट्टराईले जानकारी दिएका छन् ।
 
करिव ३५ लाख रुपैयाँको लगानीमा सुरु मिट सेन्टरमा मासुका अलवा विभिन्न किसिमका साग सब्जीहरु समेत उपलव्ध रहेको संचालक अनिल लिम्बुले जानकारी गराए । उनका अनुसार उपभोक्ताको सहजताका लागी मासुसँगै सागसब्जीहरु पनि राखिएको हो । भविष्यमा पूर्वका अन्य शहरहरुमा समेत यसको ब्रान्च खोल्ने उदेश्य रहेको पनि राईले जानकारी गराए । 


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top