इन्डिजिनियस टेलिभिजनलाई संघद्धारा तीन लाख सहयोग


इन्डिजिनियस टेलिभिजनलाई संघद्धारा तीन लाख सहयोग

१९ मार्च, २०१७ - नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा नेपालस्थीत इण्डिजिनियस टेलिभिजन लाई रुपैया तीन लाख सहयोग हस्तान्तरण गरेको छ ।  नेपाल तामाङ संघ दक्षिण कोरियाका महासचिव मेघप्रसाद तामाङ छुट्टीमा नेपाल आएको बखत सो रकम हस्तान्तरण गरेका हुन् ।

रकम इण्डिजिनियस मिडिया फाउण्डेशनका अध्यक्ष देवकुमार सुनुवारले बुझेका थिए । हस्तान्तरण कार्यक्रममा संघका पूर्व उपाध्यक्षद्वय सागर तामाङ, माणिक तामाङ, नेपाल पत्रकार महासंघ कोरियाका सचिव एश्वर्य श्रेष्ठले पनि बोल्नु भएको थियो । 

नेपाल तामाङ संघले सन् २०१६ मा नेपथ्य व्याण्डलाई कोरियामा प्रस्तुत गराएर आएको नाफाले टेलिभिजनमा गर्न सकिएको संघका महासचिव मेघप्रसाद तामाङले बताउनुभएको थियो । उहाँले विरामी, अङ्गभङ्ग भएकाहरुलाई सहयोग गरिरहेको तर विरामीको अवस्थाबारे संस्थासम्म ल्याइपु¥याउने मिडियालाई चाहि किन सहयोग नगर्ने भन्ने सोचले यसरी सहयोग गर्ने सोच पलाएको पनि बताउनु भयो ।

नेपाल तामाङ संघ, दक्षिण कोरियाका महासचिव वाईबाले आदिवासी जनजातिको मुद्दालाई शसक्त बनाउने सन्दर्भमा मिडियाको महत्वपूर्ण भूमिका भएको हुदा इन्डिजिनियस टिभीले पनि आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन शसक्त भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । उहाँले आदिवासी जनजाति समुदायलाई शुसुचित गराउनका लागि पनि आदिवासी जनजातिको आफनो इण्डिजिनियस टिभीले सदैब प्रयास जारी राख्नु पर्ने बताउनु भयो ।

 रकम हस्तान्तरन कार्यक्रममा इण्डिजिनियस टिभीका अध्यक्ष देबकुमार सुनुवारले आदिवासी जनजातिको भाषा, संसकार, संस्कृतिलाई जगेर्ना गर्ने गराउने सन्दर्भमा इण्डिजिनियस टिभीले सक्रिय रुपमा आफ्नो काम गरिरहने बताउनु भयो । 

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top