पर्बत सेवा समाज युएइको अधिबेसन सम्पन्न


पर्बत सेवा समाज युएइको अधिबेसन सम्पन्न

निमकान्त पाण्डे, दुबई ।

बैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत पर्बतबासीहरुले आपसी सहयोग सदभाब आदान प्रदानका गर्ने उदेश्यले स्थापना गरेका पर्बत सेवा समाज युएईले परशुराम पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आफ्नो अधिबेसन बरदुबई को सिन्धी पन्जाब होटलमा सम्पन्न गरेको छन । 

सरोज जी सी ले संचालन गर्नु भएको प्रथम कार्यक्रम समाजका पुर्ब अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षता गर्नु भएको थियो भने संस्थाका संरक्षक खिमानन्द भुर्तेल,सल्लाहकार प्रकाश सापकोटा, नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज बस्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

२०१७ / २०१९ का लागी चयन नया कार्यसमितिको लागि निर्बाचित हुनेहरुमा अध्यक्ष परशुराम पौडेल,प्रथम उपाध्यक्ष राम प्रसाद लामिछाने द्वितीय उपाध्यक्ष सरोज जी.सी., तृतीय उपाधक्ष्य रुद्र सुबेदी, महासचिव कमल लामिछाने,सचिव तिलक सापकोटा ,सहसचिव राजेन्द्र कार्की ,कोषाध्यक्ष बिक्रम पौडेल ,सहकोषाधक्ष ओम प्रकाश न्यौपाने रहेका छन भने प्रबक्ता मा राजु भुर्तेल लाई चयन गरिएको छ । 

यसै गरी सद्स्यहरु कृष्ण शर्मा पौडेल,गणेश रोका ,प्रेम प्रसाद सापकोटा ,राजु क्षेत्रि ,श्रीमती सरस्वती कार्की ,श्रीमती सीता पौडेल ,श्रीमती लक्ष्मी बि.क., धुर्ब आचार्य , सन्तोष शर्मा पौडेल , पूर्ण भुसाल , नेत्र काफ्ले , नरेन सापकोटा सहित ३ जना पछी मनोनयन गर्ने २५ सदस्यीय कार्यसमिति चयन भएको छ । 

दोश्रो कार्यक्रम संचालन तथा निर्बाचित सदस्यहरुको नामावली निर्बाचन समितीका संयोजक बालकृष्ण अधिकारी प्रस्तुत गरेका थिए ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top