एनआरएन अभियन्ताहरु मलेसियामा


एनआरएन अभियन्ताहरु मलेसियामा

१८ मार्च, २०१७ - ।गैर आवसिय नेपाली संघको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन गैरआवासीय नेपाली संघका अभियन्ताहरु मलेसिया आईपुगेका छन् ।

एनआरएनए अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी लगायतका गैरआवासीय नेपाली अभियन्ताहरु क्वालालम्पुर आइपुगेका छन् भने विभिन्न देशबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ ।

सम्मेलनको औपचारिक कार्यक्रम आइतबार क्वालालम्पुरमा हुँदैछ । जसका प्रमुख अतिथि नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरणा महत र अन्य अतिथिहरु नेपाल राष्ट्र बैंकका गर्भरनर डा. चिरञ्जीवी नेपाल लगायतका अतिथिहरु पनि आउने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ ।

सम्मेलनको पूर्वसन्ध्यामा क्वालालम्पुरमा शनिवार फुटसल प्रतियोगिता आयोजना गरियो। आम्पाङमा सुरु भएको प्रतियोगिताको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र एशिया प्यासिफिक संयोजक किरणबिक्रम थापाले संयुक्तरुपमा उद्घाघन गरेका छन् ।

कोपिला गौतम
सदस्य
मिडिया एण्ड पब्लिकेशन कमिटी
गैर आवसिय नेपाली संघ
एशिया प्यासिफिक क्षेत्र

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top