सारिका के.सी. र नबिनको रोमान्स "दुवै आखाँ चिम्ले " मा ( भिडियो सहित )


सारिका के.सी. र नबिनको रोमान्स

राम बन्जाडेको सब्द संगीतमा रहेको तथा राम बन्जाडे र पूर्णकला बिसीको स्वरमा रहेको अत्यन्तै मर्म स्पर्सि गीत " दुवै आखा चिम्ली " भन्ने बोल रहेको गीतको भिडियो तयार भै बजारमा सार्बजनिक भएको छ  ।

अविरल फिल्म्सको बजार ब्यबस्थापनमा रहेको गीत अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक भएको छ ।

जन्म थलो अर्घाखाँची भै हाल कामको सिलसिलामा बेलायत बसोबास गर्दै आउने राम बन्जाडे सांगीतिक क्षेत्रका उदयमान नक्षत्र हुन् ।

बिदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतलाई औधी माया गर्ने उनले यो गीतको भिडियो निर्देशन गर्ने जिम्मा बुटवलमा रहेर सोचे भन्दा बढी ब्यस्त रहने निर्देशक बिष्णु भट्टराईलाइ दिएका छन  । रामचन्द्र भट्टराईको छायांकन रहेको भिडियो बुटवल र पाल्पाको विभिन्न ठाउहरुमा छायांकन गरिएको छ । 

सगुन शर्मा ले श्रीन्गार गरेको भिडियोमा पछिलो समयकी अत्यन्तै ब्यस्त मोडल सारिका र बुटवलका चकलेटी मोडल नबिन को अभिनय देख्न सकिन्छ भने साथ् दिएका छन् बिजय खनालले ,आफुलाई मन पर्ने मान्छे आफूबाट बिछोडियपछि को तड्पाईलाइ भिडियोमा समाबेश गरिएको छ  । 

भिडियोले पक्कै पनि दर्शकको मन छुने निर्देशक बिष्णु भट्टराईको भनाइ छ ।

हेरौ सार्बजनिक भिडियो :

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top