एमएनको शाखा मंगलबारेमा खुल्यो


एमएनको शाखा मंगलबारेमा खुल्यो

उर्लाबारी ,१७ मार्च, २०१७ - मोरङको उर्लाबारी–३ मंगलबारेमा  एमएन आइटी कलेजको शाखा कार्यालय खुलेको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरिएको हो ।

स्थानीय युवा रमेश श्रेष्ठ र हरी मङ्गातीको सक्रियतामा सो कलेजको शाखा खोलिएको  छ ।

करिब ३ लाख रुपैयाँको लगानीमा सञ्चालन भएको उक्त कलेजमा ट्युसन कक्षा, कम्प्युटर कक्षा तथा कोरियन भाषालगायत अध्यापन गराइने शाखा कार्यालयका सञ्चालक रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

शाखा विस्तारको अवसर पारेर कलेजले विभिन्न योजनाहरू ल्याएको जनाएको छ ।

एसईई परीक्षा दिइरहेका विद्यार्थीहरूलाई लक्षित गरी कम्प्युटर तथा अन्य विषयहरूको पढाईमा भारी छुटको व्यवस्था मिलाईएको संस्थाका अर्का सञ्चालक हरि मङरातीले बताएका छन् । दक्ष जनशक्ति उत्पादनका लागि एमएन कलेज प्रतिबद्ध रहेको उनले बताएका छन् ।

उर्लाबारी–७ मा मुख्य कार्यालय रहेको एमएनको पथरीमा समेत शाखा कार्यालय रहेको छ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top