इलाका प्रशासनमा विचौलियाको ब्रम्हलुट


इलाका प्रशासनमा विचौलियाको ब्रम्हलुट

किसोर श्रेष्ठ
उर्लाबारी ,१७ मार्च, २०१७ -  इलाका प्रशासन कार्यालय उर्लाबारी, मङगलबारेमा आउने  सेवाग्राहीहरुसँग आर्थिक चलखेल गर्ने गरेको खुलासा भएको छ । स्रोतकाअनुसार पुरानो  राहादानी हराएर प्रतिलिपि बनाउन आउने सेवाग्राहीहरुबाट सेटिङका लागि भन्दै ब्रम्हलुट गर्ने गरेको खुलासा भएको छ ।

घटना विवरण अनुसार १४५११ नम्बरको राहादानी हराएपछि पथरीशनिश्चरे – २ का नरेन राई गत फागुन १७ गतेका दिन  इलाका प्रशासन कार्यलय उर्लाबारी, मङगलबारे पुगेका थिए । हस्तलिखित राहादानी हराए पछि प्रशासन कार्यालय पुगेका उनको प्रशासन कार्यलयको ढोकैमा रहेको फारम भर्ने स्थानमा बिचौलिया खड्ग श्रेष्ठसँग भेट भएको थियो ।

राईले आफ्नो पुरानो राहादानी हराएको र सोही अनुसारको अर्काे प्रतिलिपि बनाउन आएको जानकारी गराउँदै फारम भरिदिन आग्रह गरेका थिए । काम छिटो गरिदिने भन्दै  हारादानी हराए बापतको ५ हजार जरिवाना लाग्ने र प्रतिलिपि बनाउन थप ५ हजार लाग्ने श्रेष्ठले जानकारी गराए पछि राईले १० हजार दिएका थिए । राईलाई एकछिन बाहिरै बस्दै गर्नु भनेर श्रेष्ठ रसिद काट्न भित्र गएका थिए । एकछिन पछि सबैकाम सकिएकोले अबको ४५ दिनपछि राहादानी लिन आउँदा हुन्छ भन्दै श्रेष्ठले १८२५ नम्बरको रसिद थमाई दिएका थिए । रसिद लिएर घर पुगेका राई त्यतिबेला छाँगाबाट झरे जस्तै बने जतिबेला उनले ५ हजार मात्रको रसिदमा उल्लेख गरेको भेटेका थिए ।

यस विषयमा बुझ्न् बिहीबार कार्यालय पुग्दा घटनाको बास्ताबिकता पत्ता लागेको छ । पुरानो हस्तलिखित राहादानी हराएर प्रतिलिपि बनाउन आउनेहरु सेवाग्राहीलाई जरिवाना सहितको रकम असुलेर कर्मचारीको मिलोमतोमा नियम बिपरित  नयाँ राहादानीको प्रक्रिया अगाडि बढाउने कार्य गर्ने गरेको खुलासा भएको छ ।

सेवाग्राही राईले १० हजार बुझएकोमा ५ हजारको मात्र रसिद छ बाँकी रकम कहाँ छ ? किन रसिद नदिएको भनेर रसिद काट्ने कर्मचारीलाई प्रश्न गर्दा राईले भरेको  विवरण अनुसार नयाँ राहादनीका लागि  ५ हजार शुल्क  लिएको र  सोही अनुरुपको  रसिद काटेको कार्यालयका कर्मचारीले जानकारी गराएका छन् । कर्मचारीले गराएको जानकारी अनुसार बिचौलियालाई प्रश्न गर्दा उनले सुरुमा त आफूले कुनै गल्ती नगरेको र नियम पूर्बक नै काम गरेको उल्लेख गरे ।

तर, कार्यालयका कर्मचारीका वीचमा राखेर केरकार गरेपछि विचौलियाले हत्तपत्त ५ हजार रुपैयाँ फिर्ता गर्दै एकपटकलाई माफ गरिदिन अनुरोध गरेका थिए । उनले कार्यालयका कुनै कर्मचारीको नाम लिन मानेनन् । यस घटनाको सम्पुर्ण सेटिङ एक्लै गरेको उनले  बताए पनि कर्मचारीले सेवाग्राहीसँग बिनाकुनै सोधपुछ बिचौलिया कै अनुसार काम  गर्ने र सेवाग्राही कर्मचारीको प्रवृत्ति हेर्दा ‘दालमे कुच काला ह’े भन्ने प्रष्ट भएको छ ।

यस्तै पथरीशनिश्चरेका पूर्णकुमार रसाईलीबाट हराएको  राहदानीको प्रतिलिपी  बनाईदिने भन्दै सोही किसिमको ठगी भएको खुलासा भएको छ । १०१७५७५८ नम्बरको राहादानीको प्रतिलिपी बनाउन ५ हजारको रसिद थमाएर १४ हजार लिएको समाचार विगतमै सार्वजनिक भएको थियो । ५ हजार नयाँ राहादानी बनाउन लाग्ने शुल्क, ५ हजार जरिवाना र ४ हजार छिटो काम गरेदिने भनेर बिचौलियाले रकम असुलेका थिए ।

यस बारेमा ईलाका प्रशासन कार्यालयका अधिकृत लोचन दाहालसँग सम्पर्क गर्दा उनले नरेन राईबाट विचौलियाले आफूले सबै काम गरिदिने भन्दै फारम भरेर मोटो रकम असुलेको भेटेपछि विचौलियालाई आइन्दा गेटभित्र पसेर यस्तो काम नगर्न चेतावनी दिएको बताएका छन् । तर उक्त कार्यालयमा विचौलियाहरुले मोटो रकम लिएर कर्मचारीसँग मिलेमतो गरी लाईन नबसिकन काम गराउने गरको पाईन्छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top