पूर्व कृषि सहायक मन्त्री एवं काँग्रेस नेता ढुंगेलको हृदयघातका कारण निधन


पूर्व कृषि सहायक मन्त्री एवं काँग्रेस नेता ढुंगेलको हृदयघातका कारण निधन

१६ मार्च, २०१७
काठमाडौं । पूर्वकृषि सहायकमन्त्री एवं नेपाली काँग्रेसका नेता रामहरि ढुंगेलको हृदयघातका कारण निधन भएको छ । ढुंगेललाई गएराति उहाँको काठमाडौंको डिल्लीबजारस्थित कोठामा मृत अवस्थामा भेटिएको बताइउको छ । ओछ्यानमा सुतिरहेका अवस्थामा उहाँलाई मृत अवस्थामा भेटिएको उहाँको परिवारजनले जनाएको छ । दिउँसो स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको हिमाल अस्पताल समेत पुग्नुभएको थियो ।

तर अस्पताले ग्यास्टिकको समस्या देखाएपछि केही औषधी लिएर उहाँ फर्कनुभएको थियो । तर उहाँको राति नै मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । पञ्चायत व्यवस्थाविरुद्ध कांग्रेसले चलाएको आन्दोलनदेखि दोलखा जिल्ला हुँदै उहाँ सक्रिय रुपमा राजनीतिमा लाग्नुभएको थियो । २०५६ सालमा रामेछापेको क्षेत्र नम्बर दुईबाट सांसदमा निर्वाचित ढुंगेल केही महिना कृषि सहायकमन्त्री समेत बन्नुभएको थियो ।

उहाँ काँग्रेस नेता कष्णप्रसाद भट्टराईको राजनीतिक जीवन र व्यक्तित्वबाट बढी प्रभावित हुनुभएको थियो । नेपाली कांग्रेस रामेछापको सदस्य, सचिव, सभापति हुँदै उनी चार दशकभन्दा बढी विभिन्न पदमा समेत रहेर काम गर्दै आउनुभएको थियो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top