एक सातापछि उर्लाबारीको फोहोर उठ्यो : स्थायी डम्पिङका लागि जग्गा खोज्दै नगरपालिका


 एक सातापछि उर्लाबारीको फोहोर उठ्यो : स्थायी डम्पिङका लागि जग्गा खोज्दै नगरपालिका

सरोज बस्नेत

उर्लाबारीःएक सातादेखि उठ्न नसकेको उर्लाबारी नगर क्षेत्रकोे फोहोर बिहीबारदेखि पुनः उठ्न थालेको छ । उर्लाबारी नगरपालिकाले तत्कालिन उर्लाबारी–३ ( हाल वडा नं. ६ ) स्थित मावा खोलाको बगरमा फोहोर डम्पिङ गर्दै आएको थियो । तर, गाउँमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले  अवरोध गरेपछि  गत बुधबारदेखि नगर क्षेत्रको फोहोर उठ्न सकेको थिएन ।

स्थानीयले फोहोर फँ्याक्न नदिएपछि फोहोर ब्यवस्थापनको जिम्मा पाएको मेचीमहाकाली इन्भायरमेन्ट केयरले फोहोर उठाउन छोडेको थियो । तत्कालिन उर्लाबारी नगरपालिकाका अधिकृत सुवास श्रेष्ठले उक्त स्थानमा अस्थायी रुपमा फोहोर डम्पिङको ब्यवस्था मिलाएका थिए । तर, ठेकेदार कम्पनीले फोहोर ब्यवस्थापनको क्रममा लाहापवाही गरेका कारण गाउँमा दुर्गन्ध फैलिएको थियो ।

झिँगा आंतकको साथै पशु चौपयासमेत मरेपछि स्थानीयले नगरपालिकाको फोहोर फ्ँयाक्ने गाडीलाई अवरोधका साथै तोडफोड गरेका थिए ।  उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगरलगायतको टोलीले उर्लाबारी–२ (हाल वडा नं.५) मा अस्थायी रुपमा फोहोर डम्पिङका लागि ब्यक्तिको जग्गा लिजमा लिएपछि उर्लाबारी नगर क्षेत्रको फोहोर पुनःउठ्न थालेको हो ।

अस्थायी डम्पिङ साइडलाई ब्यवस्थित बनाउने र फोहोरको दुर्गन्ध फैलिन नदिन लागि पर्ने अधिकृत थापागरले जानकारी दिएका छन् । उनले स्थायी रुपमा डम्पिङ साइडका लागि जग्गा खोजी भईरहेको पनि बताएका छन् । ‘अस्थायी रुपमा फोहोर ब्यवस्थाका लागि ब्यक्तिका जग्गा लिजमा लिएका छौं’ अधिकृत थापामगरले भने–‘चाँडै स्थायी रुपमा डम्पिङ साइडका लागि जग्गा खोजी गरिरहेका छौं ।’

उर्लाबारी नगरक्षेत्रबाट दैनिक ४ देखि ६ ट्याक्टर ( २४ देखि ३० टन ) फोहोर निस्कने गर्छ । नगरपालिकाले वार्षिक १५ लाख रुपैयाँमा फोहोर ब्यवस्थापनको जिम्मा मेची महाकाली इन्भायरमेन्ट केयर प्रालिलाई दिइएको थियो ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top