निर्माण व्यवसायीहरुका लागि एडीबीको तालिम


निर्माण व्यवसायीहरुका लागि एडीबीको तालिम

१५ मार्च, २०१७ काठमाडौं ।

एशियाली विकास बैंक एडीबीको सहयोगमा निर्माण व्यवसायीहरुका लागि दुई दिने इजीपी (भ(नयखभचलmभलत एचयअगचझभलत) तालिम राजधानीमा बुधवार सम्पन्न भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीले निर्माण क्षेत्रमा देखिएका चुनौतिहरु समाधान गर्न व्यवसायीहरु अझ बढी व्यवसायिक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । निर्माण व्यवसायीहरुलाई व्यवसायीकसँग सँगै प्रविधिमैत्री बनाउन यस्ता तालिम आवश्यक भएको सचिव शर्माले बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले गुणस्तरीय निर्माणका लागि व्यवसायीहरुलाई सरकारले सबै खाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

व्यवसायी एक्लैले चाहेर केही गर्न नसक्ने अध्यक्ष गौचनले बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष समेत रहनु भएका महासंघका अनुसन्धान, तालिम तथा विकास समिति संयोजक रुद्र शर्माले देशभरका निर्माण व्यवसायीहरुलाई आफनो पेशामा अझ व्यवसायीक तथा दक्ष बनाउन यस्ता तालिम महत्वपूर्ण भएको बताउनुभयो ।

महासंघले राजधानी बाहिर पनि समय समयमा यस्तो तालिम संचालन गरिरहेको जानकारी उपाध्यक्ष शर्माले दिनुभयो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव हरिशरण पुडासैनी, कार्यालयका निर्देशक मनिष भट्टराई लगायतका श्रोत व्यक्तिहरुले तालिमका सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । तालिममा ५० जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।  

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top