आफ्नै मेसिनले काटेपछि औला २ ओटा हातमा लिएर डाक्टर यो जोडदिनुस भन्दै यसरि हस्पिटल पुगे स्थलगत रिपोर्ट


आफ्नै मेसिनले काटेपछि औला २ ओटा हातमा लिएर डाक्टर यो जोडदिनुस भन्दै यसरि हस्पिटल पुगे स्थलगत रिपोर्ट

सराङकोटका सन्तोष ढकाल क्षेत्री फागुन २३ गते अरु दिनजस्तै मेसिनमा काठ चिर्दै थिए । घडीमा बिहानको १० बजाइसकेको थियो । उनी प्लाइ चिर्न व्यस्त थिए ।

एक वर्षदेखि नयाँबजारस्थित विष्णु फर्निचरमा काम गर्दै आएका उनले काठ चिर्ने मेसिनले आफ्नो औंला चुडाउँला भन्ने सोचेका पनि थिएनन् । तर, उनले जे नसोचेका थिए, त्यही भयो ।

काठ चिर्ने मेसिनले उनको दायाँ हातको चोरी औंला २ टुक्रा पार्‍यो । रक्ताम्य हुँदै उनी औंलाको टुक्रालाई प्लास्टिकमा राखेर गण्डकी मेडिकल कलेजको आकस्मिक कक्ष पुगे । अस्पतालका हाडजोर्नी तथा नसा रोग विशषेज्ञ डा। रविमोहन ढकाललाई क्षेत्रीको अवस्थाबारे जानकारी गराइयो ।

ढकाल तत्काल आकस्मिक कक्षमा पुगेर निरीक्षण गरेपछि औंलालाई जोड्न सकिने निष्कर्षमा पुगे र शल्यक्रियाको तयारी थाले ।

सोही दिन पाँच घन्टा लगाएर क्षेत्रीको औलाको शल्यक्रिया गरियो ।

शल्यक्रिया गरे पनि सफल हुन्छ कि हुँदैन भन्ने अन्यौल नै थियो । ७२ घन्टाको अवलोकनपछि औंला चल्यो ।विरलै सफल हुने यस्तो शल्यक्रिया गण्डकी मेडिकल कलेजमा सफल भयो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top