ने.का का नेता स्व.सापकोटाको बार्षिक पुन्य तिथि संपन्न


ने.का का नेता स्व.सापकोटाको बार्षिक पुन्य तिथि संपन्न

क्यालिफोर्निया संबाददाता 

क्यालिफोर्नियाँको उड़ल्यांडमा आज मार्च १३ ,१०१७ का दिन नेपाली कांग्रेसका नेता स्व. श्री उद्धब सापकोटाको बार्षिक पुण्य तिथिमा वहाँको आत्माको चीर शान्तिको कामना गरियो ।

श्रीमती गीता सापकोटा तथा छोरा मनीष तथा सतिश सापकोटाको निवासमा भएको उक्त कार्यक्रममा समाजका बिभिन्न ब्यक्तित्वहरु,बिभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा नेपाली कांग्रेस सम्बद्ध बिभिन्न महानुभावहरुले स्व.साप कोटाको जीवनी तथा वहाँका समाज प्रतिको योगदान बारे चर्चा परिचर्चा गर्नु भएको थियो । 

यसै क्रममा स्व .सापकोटा नेपाली कांग्रेसको बिभिन्न तहमा रहि एघारौ महाधिवेसन सम्म आइपुग्दा केन्द्रिय निर्वाचन समितिबाट २०६२/९/२ मा सुनसरी बाट क्षेत्र प्रतिनिधिमा समेत निर्बिरोध निर्वाचित हुनु भएको र समाजका बिभिन्न तहमा आफ्नो क्षमताले भ्याए सम्म बिकास निर्माणमा स्वदेश तथा बिदेशमा समेत सबैको सहयोगीका रुपमा रहनु भएको कुराको स्मरण गरिएको थियो । 

स्व.सापकोटाको जन्म मिति २००४ आषाढ़ ४ गते सुनसरीको हरिनगरामा भएको थियो भने वहाँको २०७३ फाल्गुन ३० गते सोमबार क्यालिफोर्नियाको उडल्यांडमा असामयिक निधन भएको थियो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top