एनआरएन एनसीसी अमेरिकाको उपाध्यक्षमा नारायण बनले उम्मेद्वारी दिने


एनआरएन एनसीसी अमेरिकाको उपाध्यक्षमा नारायण बनले उम्मेद्वारी दिने

पद्म प्रसाद नेपाल, १३ मार्च, २०१७ क्यालिफोर्निया ।

अमेरिकाको क्यालिफोर्नियाबासी नेपालीहरुमाझ चर्चित तथा बरिष्ठ समाजसेवीका रुपमा परिचित नारायण बनले आसन्न गैरआवासीय नेपाली संघ सम्वन्वय परिषद्को उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । हालै क्यालिफोर्नियामा आयोजित अध्यक्ष पदकी प्रत्यासी रविना थापा सहभागी अन्र्तक्रिया कार्यक्रममा बनले थापाको कार्यशैली र घोषणपत्रले आफू प्रभावित भएको भन्दै थापाकै टिमबाट उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । हाल अमेरिकामा रहेका करिब २ दर्जन संघ संस्थामा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा आबद्ध बनले एनआरएन एनसीसी जस्तो गरिमामय संस्थाको उपाध्यक्षको रुपमा भोलिका दिनमा काम गर्ने चाहना र साथिभाईको सल्लाह अनुसार आफूले उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको घोषणा गर्नुभएको हो । अहिलेसम्म आफूले गरेका समाजसेवालाई अझै अघि बढाउनका लागि एनआरएन एनसीसी नै महत्वपूर्ण थलोको रुपमा रहेको ठान्दै आफूले उपाध्यक्षको रुपमा उम्मेद्वारी दिने घोषण गर्नुभएको बनले जारी गर्नुभएको एक विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तुत छ बनले जारी गर्नुभएको विज्ञप्तिको पूर्ण पाठ :

आदरणीय अमेरिकाबासी नेपाली आमाबुबा, दाजूभाई दिदीबहिनीहरु,पत्रकार साथीहरु, सुभचिन्तक तथा सुभेच्छुकज्यूहरु, यहाँहरु सबैलाई नमस्कार :

म नारायण बन,माउन्टेनभ्यूमा बस्छु। विगत १५ वर्षदेखि माउन्टेनभ्हयमा बसोबास गर्दै आइरहेको छु । मैले यहाँ रहदा परिस्थिती र समयले साथ दिए संम तथा पाररिबारीक दायित्वलाई सन्तुलन गर्दै र नेपालमा रहदा पनि बिभिन्न सामाजिक संघ सस्थामा रहेर काम गरेको अनुभब छ। अहिले हरेक हिसाबले मेरो परिस्थिती काबुमा रहेको बखत समाजसेवा गर्ने मेरो महत्वाकाँक्षा बढेर गएको छ। म यहाँहरुलाई आफ्नो ईच्छा स्पस्ट रुपमा राख्न चाहन्छु। गैरआवासीय नेपाली संघ, (एनआरएनए एनसीसी) अमेरिकामा रहेका नेपालीहरुको एउटा महत्वपूर्ण संगठन हो भन्ने कुरा यहाँहरु सबैलाई बिधितै छ।उक्त गरिमामय सस्स्थाको उपाध्यक्ष पदमा रहेर काम गर्ने ईच्छा जाहेर गरेको छु । मलाई पूर्ण विश्वास छ,यहाँहरुबाट विगतदेखि प्राप्त सहयोग, साथ र समर्थन भोलिका दिनमा पनि मैले निरन्तर रुपमा पाईरहनेछु।यहाँहरुकै राय सल्लाहलाई आत्मसाथ गर्दै मैले उम्मेद्वारीको घोषणाको तयारी गरेको हुँ । एनआरएनए जस्तो गौरवशाली संस्थाको उपाध्यक्ष भै समाजसेवामा आफूलाई थप सक्रिय बनाउने मेरो चाहनामा यहाँहरुको साथ, सहयोग र सल्लाह सुझावको म सँधै अपेक्ष गर्नेछु ।

नारायण बन

एनआरएन एनसीसी अमेरिकाको उपाध्यक्ष पदको उम्मेद्वार

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top