अल्ट्रा धाविका मिरा राई काठमाडौंमा सम्मानित


अल्ट्रा धाविका मिरा राई काठमाडौंमा सम्मानित

०४फेब्रुअरी, २०१७
काठमाडौं । नेपाली अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ। नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाउने काम गरेको भन्दै राईलाई संघले सम्मान गरेको हो। उक्त सम्मान कार्यक्रममा मिरा राईका वालाजु कराते एकेडेमिका अध्यक्ष एव्म अन्तराष्ट्रिय रेफ्रि धुव्र विक्रम मल्ल पनि सम्मानित भएका छन्।

 कार्यक्रममा मिरा राईले अझैपनि देशको नामलाई उचाईमा पुर्याउन र भावि पुस्ताका भाईबहिनीलाई पनि उत्साहित बनाउनमा आफु प्रतिवद्ध रहने बताईन ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top