सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता इतिहासमाथिको ‘आइसब्रेक’ : खेलकुदमन्त्री


सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता इतिहासमाथिको ‘आइसब्रेक’ : खेलकुदमन्त्री

२३ डिसेम्बर, २०१६
काठमाडौं । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता इतिहासमाथिको आइसब्रेक भएको बताएका छन् । ‘यो प्रतियोगिता इतिहासमाथिको आइसब्रेक हो,’ विराटनगरको रंगशालामा शुक्रबार सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता उद्घाटन समारोहमा बोल्दै उनले भने,‘हामीले सिङ्गो खेलकुदको नयाँ इतिहास रचेका छौं । यो इतिहासका साक्षी, सम्पूर्ण खेलाडी, प्रशिक्षक, खेलकर्मी महानुभावहरु प्रति नमन गर्दछु ।’

सातौं राष्ट्रिय खेलकद प्रतियोगिता ऐतिहासिक कोसेढुङ्गा भएको समेत उनको भनाई थियो । ‘‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ अघि बढिरहेको नेपालको खेलकुद क्षेत्रमा यो प्रतियोगिता एउटा ऐतिहासिक कोसेढुङ्गा सावित हुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।‘पुर्वाञ्चलमा सम्पन्न हुँदै गरेको राष्ट्रिय खेलकुदले यस क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुग्ने मन्त्री श्रीपालीले बताए ।

‘राजनीतिक क्रान्ति, सामाजिक परिवर्तन र औद्योगिक भूमि पुर्वाञ्चलको विराटनगरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकोे उद्घाटन गरी विभिन्न स्थानमा खेलहरु सम्पन्न गर्दै गर्दा हामीले खेल जगतलाई राष्ट्रव्यापी बनाउने छौँ,’ उनले भने, ‘राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई हामीले व्यबहारमा उतारेका छौैँ । यस प्रतियोगिताले पुर्वाञ्चल क्षेत्रको समग्र सामाजिक आर्थिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनको क्षेत्रमा थप बल पु-याउनेछ भन्ने विश्वास लिएको छु ।’

पुर्वाञ्चलको विराटनगरमा शुक्रबार उद्घाटन भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुस १५ गते सम्म चल्ने छ । पुर्वाञ्चलमा विभिन्न स्थानहरुमा प्रतियोगिताहरु सम्पन्न हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी हुन् ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top