१७ वर्षीय युवकको मुखमा दुई सय बतिसवटा दाँत


मुम्बई -  सामान्यतया मानिसको मुखमा ३२ वटा दाँत हुन्छ। तर भारतमा एक १७ वर्षीय आशिक गवाई युवकको मुखबाट चिकित्सकहरूले दुई सय बतिसवटा दाँत निकालेका छन् ।

बीबीसीका अनुसार मुम्बईको जेजे अस्पतालमा आशिक गवाई नामका युवकको मुखबाट त्यति धेरै दाँत निकालिएको हो। विगत १८ महिनादेखि उनलाई मुख दुखेको तथा सुन्निएको थियो ।


अस्पतालका दाँत विभाग प्रमुख सुनन्दा धिवारेका अनुसार यो अत्यन्तै दुर्लभ घटना हो। यस अघिका उपचारहरूमा माथिल्लो गिजाबाट ३७ वटा दाँत सम्म निकालिएको थियो।

अस्पतालमा उनको सात घण्टा लामो शल्यक्रिया पछि उनको दाँत बाहिर निकालेका थिए।
(एजेन्सी )

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top