जन्मिँदै बुढी महिला जस्तै स्वरुपकी बालिका


भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको दुर्गम गाउँमा जन्मिएकी एक बालिकाले आफ्नी आमाको दूध चुस्न त परै जाओस् छोरीको मान्यता पाउन पनि सकिरहेकी छैनिन् । ती बालिकालाई उनकी आमाले अपनाउनु त टाढाको कुरा दूध समेत चुसाउन मानेकी छैनिन् । आखिर किन ?  ती बच्चीले आमाको दुध चुस्न नपाउनुको कारण उनी जन्मिँदै बुढी महिला जस्तै स्वरुपकी हुनु हो । 
 
मुम्बइको नुशरजी भाडिया मातृ अस्पतालमा यी अनौठो बालिकाको अहिले उपचार भैरहेको छ र उनलाई जिवित राख्नका लागि बाख्रीको दुध खुवाइएको छ ।

डाक्टरहरुका अनुसार इन्ट्रा युट्रिन ग्रोथ रिटार्डेसन नामको दुर्लभ रोगका कारण यी बालिकाको जिउ यस्तो भएको हो । यो रोगका कारण सरीरको छाला बुढेशकालका मानिसको जस्तै हुन्छ, जिउभरी चाउरी हुन्छन् र बच्चा निकै कमजोर हुन्छ । यो आनुवंशिक विमारी हरेक १ हजार नवजात शिशुमा एक जनामा हुन्छ ।

७ महिनामा जन्मिएकी यी बालिकाको वजन जम्मा ८ सय ग्राम छ । निर्दयी बाउआमा अजय र ममता डोडेले अपनाउन अस्विकार गरी अस्पतालमै छाडेर गएपछि यी बालिकाको स्याहार सुसारमा उनका हजुरबा दिलिप डोडे खटिएका छन् । नातिनीको त्यस्तो अवस्थाले मन खाएपछि उनले गाउँबाट नातिनी बोकेर मुम्बइको उक्त अस्पतालसम्म उपचारका लागि ल्याएका थिए ।

घरमै जन्मिएकी ती बालिकाको त्यस्तो अवस्था देखेपछि उनलाई हेर्नेको भिड लागेको थियो तरपनि कसैले उनको उपचार गर्न लैजाने हिम्मत गरेनन् । ती बालिकाको रोग आफुलाई पनि सर्छ की भन्ने डर गाउँलेहरुमा थियो ।

अन्ततः हजुरबुवाले उपचारका लागि अस्पताल पूराइएकी ती बालिकाको उपचारको सबै खर्च मुम्बइको उक्त अस्पतालले नै बेहोर्ने भएको छ । झण्डै पाँच लाख भारु उपचारका लागि खर्च लाग्ने बताइएको छ । अस्पतालले हजुरबुवा दिलिपको खानपिन तथा बसोबासको खर्च पनि बेहोरोको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top