कविता :- नव-वर्षको शुभकामना........ कोमल भट्ट


कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१, पुरानो नैकाप
काठमाडौँ
हाल :- न्युयोर्क 

कविता :- नव-वर्षको शुभकामना........ 
उत्साह बोकी नववर्ष आयो
नवीन आशा सबमा पलायो
तमाम पीडा अब होस् सुदूर 
हाम्रो यही नै शुभकामना छ  (१).

अतीत सम्झे मन हुन्छ भारी
भो स्वार्थको मात्र सधैं सबारी 
छ घाउ गैह्रो पुरियोस् तुरुन्त 
हाम्रो यही नै शुभकामना छ  (२).

नाङ्गो भयो देश लुटेर सारा
र शेष भो केवल आँसु धारा
त्यो आँसु कैले नि नझर्नु पर्छ 
हाम्रो यही नै शुभकामना छ  (३).

कुभावले चित्त जलाउनेछ
गर्दा खुराफात रुवाउनेछ
फैलोस् सदाचार ढलोस् कुभाव 
हाम्रो यही नै शुभकामना छ (४).

टुट्नेछ सम्वन्ध विखण्डबाट 
सद्प्रेम मर्नेछ बढेर ढाँट
अखण्ड नेपाल रहोस् अखण्ड 
हाम्रो यही नै शुभकामना छ  (५).

रहोस् सबैसङ्ग पवित्र सोच 
अकासियोस् मान र शान,ओज 
चाँडै बनोस् शान्त समृद्ध देश 
हाम्रो यही नै शुभकामना छ  (६).

छन्द : उपजाति
सीता भट्ट र कोमल भट्ट

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top