गजल :- दुर्गा काली नारी स्वरूप.............हरी गौतम,अर्घाखाँची


हरी गौतम ,अर्घाखाँची 
खनदह - ३ 
हाल :- भारत

गजल :- दुर्गा काली नारी स्वरूप.............

दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रीमती हुन,
माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन........!!

छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई,
उनै घरको सुख शान्ती, लक्ष्मी सरस्वती हुन........!!

यो संसार चलाउने, हाम्रा सृष्टी कर्ता,
शिव कि पनी आधाँ अंन्ग देवी पार्वती हुन........!!

अन्याय र अत्यचारले सिमा नाग्दा खेरी,
रौद्रं रूप  देखाउने, दिव्य शक्ती हुन........!!

परीभाषीत गरी मैले, कुन शब्दमा बताउ,
वर्णन गर्न सकीदैन्, अतभुत पद्धती हुन........!!

नारी पुरूष बराबर.............मानौ आजै देखी,
यिनै हाम्रा जीन्दगी हुनू यि,नै सम्पती हुन........!!

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top