गजल :- नव वर्ष........हरी गौतम (अर्घाखाची)


हरी गौतम ( अर्घाखाची ) 
खनदह - ३,( हाल :- भारत )

गजल :- नव वर्ष........

सुर्यदोयस्को किरण साथै, खुसीका ति प्यालाहरू......!
नया वर्ष लिएर आओश्,जिन्दगीका उज्यालाहरू......!!

उदासीका दीन सबै,  अन्तै कही भगाएर.....!
सधै-सधै छाई रहुन् ,उमगंका पलहरू.......!!

दुनीयालाई दीने खुसी यो मूटुमा फलाएर.....!
वसन्तले मेटाई दीओस्, सारा तलतलहरू.....!!

सम्झनाको छहारीमा, ममताको छानो लगाई.....!
डेरा गराई छाती भीत्र वसाउ,प्रेमील छायाँहरू......!!

तिम्रो घर मेरो दैलो सबको एउटै आँगन बनाई.....!
अजम्बरी बनाई दीउ,हाम्रो मोह मायाँहरू.........!!

"२. सुर्यदोयस्को किरण साथै, खुसीका ति प्यालाहरू.....!
नया वर्ष लिएर आओश्,जिन्दगीका उज्यालाहरू......"२.

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top