कविता :- घमण्ड, राकेश कार्की


इन्जिनियर राकेश कार्की
लस एन्जेलस

कविता :- घमण्ड
घमण्ड
नहुने मानिस को होला ?
यहाँ सबै बोकेर हिँड्छन्

घमण्डलाई
कसै कसैले मात्र कोशिस गर्छन बिर्सिन
तर धेरै धेरैलाई चढिहाल्छ
किनकी बिर्सिन सक्दैनन्
बरू यहाँ प्रेमीलाई बिर्सिदिन्छन्
मायाका साथहरु छोडीदिन्छन्
नातागोता तोडिदिन्छन्
अभिन्न मीत्र पराई हुन्छन्
तर छोड्न सक्दैनन्
अहँ

मेरो
घमण्डलाई

घमण्ड
यो एउटा रोग जस्तो
नछुट्ने नशा जस्तो
लागेपछि सताइरहने
औषधी उपचारले पनि नछुने

आफैँ
आफ्नो
आफूसंगै
हजूर फूल्दै फूल्दै जानुहुनेछ
ठान्नुहुन्छ आफैँलाई
भ्यागुतो जस्तो
अनि
देखाइरहनुहुन्छ बिराटरूप 
विभिन्न
नानाथरी

कुनै पनि बेला फुट्नसक्छ
हजूरको घमण्ड
फगत पानीको थोपा जस्तै
झर्दै झर्दै बिलाउदै
जमीनको धूलोमा

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top