रविना थापाको अभिब्यक्ति कवितात्मक शैलीमा


गैर आवासीय नेपाली संघ रा.स.परिषद.अमेरिकाको अध्यक्ष पदमा  उमेदवारी दिने रविना थापाको अभिब्यक्ति कवितात्मक शैलीमा 

शब्द संयोजन : शम्भु शर्मा तथा गोविन्द आचार्य 
कविता वाचन : शम्भु प्र. शर्मा , नुवाकोट

आंखा भित्र सदैब गौतम घुमी बुद्धत्व दर्शाउंछन्
ती तारा भृकुटी उमा जनकले वात्सल्य दर्शाउंछन् 
भित्री स्पन्दनमा नसा रगतमा नेपालकै चाल छ 
गोडा वाहिर छन् तथापि मनमा भूस्वर्ग नेपाल छ 

मेरो जन्म थलो हिमाल मुनिको नेपाल हो सुन्दर
सेवा गर्न उठे सहास बटुली सेवार्थ कै  खातिर 
पाएं साथ भने अहर्निस खटी गर्ने छु सेवा डटी
चेली हूं म तपाईं कै हरघडि गर्ने छु सेवा खटी 

नेपाली सित जोडिदै विगतमा सेवा दिदै दौडिएं 
सेवाकै गति थप्न शीर्ष पदमा उमेदवारी दिएं 
नेपालीत्व उकास्न मै हरघडि संघर्षमा जुट्दछु 
माटोको महिमा बुझाउन सधैं शैलेन्द्रझै उठ्दछु 

पाउं हात र साथ मित्रहरुको सेवा विसे उत्रन 
सेवा कै मनसायवाट उभिएं आशक्तिले होइन 
मेरो स्वार्थ किमार्थ छैन मनमा संस्था र धर्ती पर 
माया साथ सुभावले दृढ हुने पाउं नयां औसर 

यै संस्था र स्वदेशको प्रगतिमा थुप्रै गरें कोशिस 
धेरै काम अपूर्ण लक्ष अधुरा छन् शेष हामीसित
उठ्दै ती अधुरा सबै कदमको पर्ने छ गर्नु पुरा 
तस्मात् यी कर जोडी बन्धुहरुमा आह्वान गर्छु पुरा

सेवाकै प्रतिमूर्ति बन्धु सबको बिश्वास पाएं भने 
संस्थाको गरीमा चुलिन्छ अहिले नेतृत्व सच्चा वने 
मेरो लक्ष प्रवासीको हित गरी संस्था उचाल्ने तिर
सोझै लाग्छ स्वदेशको शिखरको निर्माण गर्ने तिर

शिक्षा स्वास्थ सुधार गर्न वढियां सञ्जाल खोल्ने छु म 
नेपाली पनको सदैब हितमा उत्रेर बोल्ने छु म
भाषा भेष र संस्कृति सीप कला सारा उकास्ने तिर 
मेरो ध्यान हुने छ नित्य त्यसमै के स्वार्थ लुट्नै छर 

सारा बन्धु र मित्रका हृदयमा बस्नेछु चेली वनी 
आफ्नी ती धरणी र मित्र जनमा अर्पिन्छु यो जीवनी
संस्थाको हित निम्ति बुद्धि बलले सर्वस्व अर्पन्छु म
माया भोट र एकता सहितको सान्निध्य चाहान्छु म

गर्ने नै छु पुरा अठोट दृढ भै ती घोषणा पत्रका
जेजे छन् प्रतिबद्धता म गरुली हैनन् ती गफ् मात्रका 
संस्थामा प्रतिबद्ध मित्रहरुका भलो चिताइकन
आफ्नै देश विकासको लहरमा जुट्ने छु धोई मन

हामी छौं परदेशमा तर पनि सेवा गरौ  देशकै 
माया औ ममता चुल्याउन जुटौं हित् गर्न नेपालकै 
आशा गर्दछु मित्र हो मुरि मुरी विश्वासको साथमा 
संस्था कै हित गर्न याचक बनें दर्शन् सबै मित्रमा

धन्यवाद !
रविना थापा 
अध्यक्ष उमेदवार
गैर आवासीय संघ रा.स.परिषद अमेरिका 
२०७३।११।२४

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top