गज़ल :- नियतिले तीखो छुरी चलाए ................कोमल भट्ट


कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका

गज़ल :- नियतिले तीखो छुरी चलाए .......
जिन्दगीले सही बाटो बिराए झैं लागेको छ 
आनन्द र खुसियाली गुमाए झैं लागेको छ

मीठामीठा स्वप्नाहरू तितरबितर भए सबै 
कताबाट आँधी आयो उडाए झैं लागेको छ

कस्को आँखा लाग्यो कुन्नी हराभरा संसारमा 
उमङ्ग र आशा समेत बगाए झैं लागेको छ

अनगिन्ती प्रहारले चिरा पार्यो हृदयलाई 
नियतिले तीखो छुरी चलाए झैं लागेको छ

घरिघरि झुक्क्याएर धोका दियो समयले 
किन किन दैव पनि रिसाए झैं लागेको छ

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top