गजल :- कैयौं पुण्य किन्न पाहिन्छ पैसा भएपछि.........मान बहादुर के.सी.(मुस्कान देउडाप्रेमी)


मान बहादुर के.सी.(मुस्कान देउडाप्रेमी)
सँगमटोल टिकापुर ७ कैलाली
हाल :- यूएई

गजल :- कैयौं पुण्य किन्न पाहिन्छ पैसा भएपछि.........
कैयौं पुण्य किन्न पाहिन्छ पैसा भए पछि 
माया प्रेम छिन्न पाहिन्छ पैसा भए पछि ।।

आफ्ना दूर हुन्छन् यहाँ दु:ख आई पर्दा 
नाता गोता चिन्न पाहिन्छ पैसा भए पछि ।।

कस्ले हेर्छ पुज्छ कसले दु:खी  दरिद्रलाई
छाती खोली हिन्न पाहिन्छ पैसा भए पछि ।।

यस्तो भन्छ नेताजीले मातृभूमि बेच्छु बरू 
दु:ख  र् दर्द पिन्न पाहिन्छ पैसा भए पछि ।।

सबको बन्छ हाईहाई यो मुस्कान त्यति बेला 
साँच्चै भन्छु भिन्न पाहिन्छ पैसा भए पछि ।।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top