साहित्य


मुक्तक :- मुहारमा त्यस्तै मुस्कान छाईरहोस् सधैंभरी ........मान बहादुर के.सी.

मान बहादुर के.सी.(मुस्कान देउडाप्रेमी) मंगल्सैन ४ अछाम  हाल:- फुजैराह, यूएई मुक्तक :- मुहारमा त्यस्तै मुस्कान छाईरहोस् सधैंभरी ........ जिन्दगीमा खुशीयाली आईरहोस् सधैं भरी  सफल्ताले शिखर् चुम्न पाईरहोस् सधैं भरी सात समुन्द्र पारी बाट यहि छ शुभकामना मुहारमा त्यस्तै मुस्कान छाईरहोस् सधैं भरी 

गजल :- हाँस्नु मात्र होईन जीवन .................हरी गौतम, अर्घाखाँची

हरी गौतम,अर्घाखाँची खनदह - ३  हाल :- भारत गजल :- हाँस्नु मात्र होईन जीवन ................. हाँस्नु मात्र हैन जिवन,रूनु पनी पर्छ एकदीन, फक्रिएको फुल पनी त, ओईलीएर झर्छ एकदीन !! धनी - गरीब जे भएनी,सबै उस्को खेल हो यो, धैर्य राख ईस्वरले नि,,,,,,,तिम्रो दुस्ख हर्छ एकदीन !! आफ्नै हात हतीयार वनाई,यो समाजमा जियौ भने, यही कलमको मसिले नि, नगर्ने काम गर्छ एकदीन !! भाग्यलाई दोष दीएर, जिउदो लास भई बाच्नु भन्दा, नडराई अघी वढ्, दुखी जीवन टर्छ एकदीन !!

गजल :- जिन्दगी........... हरी गौतम

हरी गौतम  खनदह - ३  हाल :- भारत  गजल :- जिन्दगी, हरी गौतम  जिन्दगी पनी छेपाराको चाल हुदैछ,  यो तक्दीर कीन ? वेहाल-वेहाल हुदैछ ......!! खै कसैगरी सुल्झाउन सकीन मईले,  अल्झीएर,जस्तै.......माकुराको जाल हुदैछ......!! मन्को मान्छेले नै्, झुक्काएर छल्दा आज, यो हाल सुनाउ कस्लाई ? मनमा आशुको ताल हुदैछ......!! उस्को यादहरूले मलाई,धक्का मुक्की गर्दा, आदी हुरी आई, मनमा भौंचाल हुदैछ......!! २."जिन्दगी पनी छेपाराको चाल हुदैछ, यो तक्दीर किन ? वेहाल- वेहाल हुदैछ"......!!२.

गजल :- धेरै यो मूटु दुखेर रोए ...............हरी गौतम

हरी गौतम (अर्घाखाँची) खनदह - ३  हाल :- भारत    गजल :- धेरै यो मूटु दुखेर रोए.............  धेरै यो मूटु दुखेर रोए, गई एकान्तमा लुकेर रोए...............!! आफन्त पराई जस्को नि हेला सबै मै तीर जुटेर रोए...............!! प्यास लागी पारी मै पुग्दा खेरी, पानीको मुल सुकेर रोए..............!! स्यार-सुसार गरी राखेको एउटा, विश्वासको भाँडा फुटेर रोए..............!! एही आँखा सामु दील चोरी हुदा, त्यसैले आज झुकेर रोए...............!!

कविता :- आँखा र सपना, राकेश कार्की

इन्जिनियर राकेश कार्की लस एन्जेलस कविता :- आँखा र सपना फेरि मैले आज सपना देखेँ आँखाहरु न हुन् सजाएर राखेछन् समुन्द्रमा ठूलो पानीजहाज ओर्लिएपछि  छोडिजान्छ पर पर आँखाबाट ओझेल नहुन्जेलसम्म कहिलेकाहीँ आइदिन्छन् त्यो पनि सपनीमा आँखाहरु त हुन् क्यामेराको पिक्सेल र मेमोरि जस्तो सधैँ भरिलाई क्याप्चर गरेर राख्छ त्यस्तै हो रेल पनि हवाइजहाज पनि छोडिजान्छ पर पर आँखाबाट ओझेल नहुन्जेलसम्म संगै संगैका रमाइला साथहरु पनि कोही पढ्न भनेर कोही लड्न भनेर कोही कमाउन कोही मन बुझाउन जान्छन् पर पर आँखाबाट ओझेल भएर अन्तै कतै अर्कै ठाउँमा तर आइदिन्छ बेला बेलामा सपनि ब...

गजल :- म भन्दानी नजीक अब........हरी गौतम,अर्घाखाँची

हरी गौतम,अर्घाखाँची खनदह - ३ हाल - भारत गजल :-म भन्दानी नजीक अब........... म भन्दानी नजीक अब,तिम्रो आफ्नै संसार होश् , ईच्छ्याहरू पुरा गर्ने, वैकल्पीक त्यो आधार होश् !! मत तिम्रो घाम कहा अस्तायको जुन हो सधैं , जे चाहन्छेउ तेही नै तिम्रो सबै पुरा रहर होश्  !! सम्झने हक पनी तिमिले म बाट खोसी सकेउ , बाच्ने तिम्रो आधार सधैं, उस्कै बोली व्यहबार होश् !! सुखस्दुख जे परेनी, अधरमा जहीले मुस्कान रहोस, प्राथना सधै.....,जहा छ्यौं, सहज जीवनको सफर होश् !! २"म भन्दानी नजीक अब,तिम्रो आफ्नै संसार होश् , ईच्छ्याहरू पुरा गर्ने, वैकल्पीक त्यो आधार होश् २"

गजल :- तितो विगत.............हरी गौतम

गौतम ,अर्घाखाँची खनदह - ३, हाल भारत गजल :- तितो विगत............. जस्लाई मईले सम्जीएथें सबैभन्दा माथी , आज उ नै भईदीयो तितो वीगत साथी !! फकाएर- झुक्काएर यसो गर्छु भन्दै , आफु बनी बिगार्नलाई, गर्छन ना-ना भाती !! आफु भन्दा बढी विश्वास,गर्छौ हामी जस्लाई, उसैले नै धोका दीदा पोल्दो रहेछ छाती !! दोष कस्को कसुर कस्को आफन्त नै वैरी, आज उन्कै कारणले, भयो औशीं राती !! भयो अब कसै संग,कुनै संबन्ध छैन, यस्तो नाता हुनु भन्दा नभएकै जाती !! "२ जस्लाई मैले सम्जीएथें सबै भन्दा माथी , आज उ नै भई दियो, तितो विगत साथी  !! २"

कविता :- नयाँ वर्ष, शकुन ज्ञवाली

शकुन ज्ञवाली  हाल :- न्युयोर्क कविता :- नयाँ वर्ष बिन्ती  गर्छु  हे ईश्वर यस्तो  बनोस नयाँ वर्ष पोल्टा भरी राख्न पाइयोस् संगालेर खुशी हर्ष  ग्रह  सबै  शान्त होउन अमन  चयन छाईरहोस  जहा बसेनी नेपाली ले खुशी को गीत गाइरहोस  अन्न  फ़ली खेतबारी मा लटरम्म  भईदिओस एक आपस को बैर  भाब मनै बाट गइदिओस हाम्रै देशमा बिकाशका अपार ढोका खुलिदिउन  बिदेसिएका युबा फर्की आफ्नै देशमा भुलिदिउन  गाउँ का गरिब नारी लाई बोक्सी भन्दै नकुटिओस  भर्खर का  युवती  को अस्मिता लाई  नलुटिओस  बिधवा ले मन्दिर पस्दा कोहि सुनपानी नछरोस है 

कविता :- नव-वर्षको शुभकामना........ कोमल भट्ट

कोमल भट्ट चन्द्रागिरी नगरपालिका, वा.नं.२१, पुरानो नैकाप काठमाडौँ हाल :- न्युयोर्क  कविता :- नववर्षको शुभकामना........  उत्साह बोकी नववर्ष आयो नवीन आशा सबमा पलायो तमाम पीडा अब होस् सुदूर  हाम्रो यही नै शुभकामना छ  (१). अतीत सम्झे मन हुन्छ भारी भो स्वार्थको मात्र सधैं सबारी  छ घाउ गैह्रो पुरियोस् तुरुन्त  हाम्रो यही नै शुभकामना छ  (२).

गजल :- दुर्गा काली नारी स्वरूप.............हरी गौतम,अर्घाखाँची

हरी गौतम ,अर्घाखाँची  खनदह - ३  हाल :- भारत गजल :- दुर्गा काली नारी स्वरूप............. दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रीमती हुन, माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन........!! छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई, उनै घरको सुख शान्ती, लक्ष्मी सरस्वती हुन........!! दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रीमती हुन, माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन........!! छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई, उनै घरको सुख शान्ती, लक्ष्मी सरस्वती हुन........!! यो संसार चलाउने, हाम्रा सृष्टी कर्ता, शिव कि पनी आधाँ अंन्ग देवी पार्वती हुन........!! अन्याय र अत्यचारले सिमा नाग्दा खेरी, रौद्रं रूप &nb...

गजल :- नव वर्ष........हरी गौतम (अर्घाखाची)

हरी गौतम ( अर्घाखाची )  खनदह - ३,( हाल :- भारत ) गजल :- नव वर्ष........ सुर्यदोयस्को किरण साथै, खुसीका ति प्यालाहरू......!! नया वर्ष लिएर आओश्,जिन्दगीका उज्यालाहरू......!! उदासीका दीन सबै,  अन्तै कही भगाएर.....!! सधै-सधै छाई रहुन् ,उमगंका पलहरू.......!! दुनीयालाई दीने खुसी यो मूटुमा फलाएर.....!! वसन्तले मेटाई दीओस्, सारा तलतलहरू.....!! सम्झनाको छहारीमा, ममताको छानो लगाई.....!! डेरा गराई छाती भीत्र वसाउ,प्रेमील छायाँहरू......!! तिम्रो घर मेरो दैलो सबको एउटै आँगन बनाई.....! अजम्बरी बनाई दीउ,हाम्रो मोह मायाँहरू.........!! २.सुर्यदोयस्को किरण साथै, खुसीका ति प्यालाहरू.....!! नया वर्ष लिएर आओश्,जिन्दगीका उज्यालाहरू......"...

कविता :- घमण्ड, राकेश कार्की

इन्जिनियर राकेश कार्की लस एन्जेलस कविता :- घमण्ड घमण्ड नहुने मानिस को होला ? यहाँ सबै बोकेर हिँड्छन् घमण्डलाई कसै कसैले मात्र कोशिस गर्छन बिर्सिन तर धेरै धेरैलाई चढिहाल्छ किनकी बिर्सिन सक्दैनन् बरू यहाँ प्रेमीलाई बिर्सिदिन्छन् मायाका साथहरु छोडीदिन्छन् नातागोता तोडिदिन्छन् अभिन्न मीत्र पराई हुन्छन् तर छोड्न सक्दैनन् अहँ

गज़ल :- संसारमा लाख विकार रैछ..... कोमल भट्ट

कोमल भट्ट चन्द्रागिरी नगरपालिका, व.नं.२१ ( पुरानो नैकाप ), काठमाडौँ हाल :- न्युयोर्क   गज़ल :- संसारमा लाख विकार रैछ............ संसारमा लाख विकार रैछ दुष्कर्म वा द्वेष अपार रैछ रोजै छ हिंसा अनि मारमुङ्री सङ्कीर्णताको तरवार रैछ जैलेसुकै अग्र छ लाभहानी नाता र सम्बन्ध पुछार रैछ संहारमै मस्त छ शक्तिशालि सोचाइमा नाश बिगार रैछ

रविना थापाको अभिब्यक्ति कवितात्मक शैलीमा

गैर आवासीय नेपाली संघ रा.स.परिषद.अमेरिकाको अध्यक्ष पदमा  उमेदवारी दिने  रविना थापाको अभिब्यक्ति कवितात्मक शैलीमा  शब्द संयोजन : शम्भु शर्मा तथा गोविन्द आचार्य  कविता वाचन : शम्भु प्र. शर्मा , नुवाकोट आंखा भित्र सदैब गौतम घुमी बुद्धत्व दर्शाउंछन् ती तारा भृकुटी उमा जनकले वात्सल्य दर्शाउंछन्  भित्री स्पन्दनमा नसा रगतमा नेपालकै चाल छ  गोडा वाहिर छन् तथापि मनमा भूस्वर्ग नेपाल छ  मेरो जन्म थलो हिमाल मुनिको नेपाल हो सुन्दर सेवा गर्न उठे सहास बटुली सेवार्थ कै  खातिर  पाएं साथ भने अहर्निस खटी गर्ने छु सेवा डटी चेली हूं म तपाईं कै हरघडि गर्ने छु सेवा खट...

गज़ल :- नियतिले तीखो छुरी चलाए ................कोमल भट्ट

कोमल भट्ट पुरानो नैकाप,काठमाडौँ हाल :- न्युयोर्क,अमेरिका गज़ल:-नियतिले तीखो छुरी चलाए ....... जिन्दगीले सही बाटो बिराए झैं लागेको छ  आनन्द र खुसियाली गुमाए झैं लागेको छ मीठामीठा स्वप्नाहरू तितरबितर भए सबै  कताबाट आँधी आयो उडाए झैं लागेको छ कस्को आँखा लाग्यो कुन्नी हराभरा संसारमा  उमङ्ग र आशा समेत बगाए झैं लागेको छ अनगिन्ती प्रहारले चिरा पार्यो हृदयलाई  नियतिले तीखो छुरी चलाए झैं लागेको छ घरिघरि झुक्क्याएर धोका दियो समयले  किन किन दैव पनि रिसाए झैं लागेको छ

गजल :- कैयौं पुण्य किन्न पाहिन्छ पैसा भएपछि.........मान बहादुर के.सी.(मुस्कान देउडाप्रेमी)

मान बहादुर के.सी.(मुस्कान देउडाप्रेमी) सँगमटोल टिकापुर ७ कैलाली हाल :- यूएई गजल :- कैयौं पुण्य किन्न पाहिन्छ पैसा भएपछि......... कैयौं पुण्य किन्न पाहिन्छ पैसा भए पछि  माया प्रेम छिन्न पाहिन्छ पैसा भए पछि ।। आफ्ना दूर हुन्छन् यहाँ दु:ख आई पर्दा  नाता गोता चिन्न पाहिन्छ पैसा भए पछि ।। कस्ले हेर्छ पुज्छ कसले दु:खी  दरिद्रलाई छाती खोली हिन्न पाहिन्छ पैसा भए पछि ।। यस्तो भन्छ नेताजीले मातृभूमि बेच्छु बरू  दु:ख  र् दर्द पिन्न पाहिन्छ पैसा भए पछि ।। सबको बन्छ हाईहाई यो मुस्कान त्यति बेला  साँच्चै भन्छु भिन्न पाहिन्छ पैसा भए पछि ।।

गजल :- कबुल छैन.......सौभाग्य बजगाइ

जगत ले दिएको सदाचार कबुल छैन  संसारले गरेको ब्यबहार कबुल छैन  निस्तब्ध गरायौ आश हरु जिन्दगीका समाजले गरेको अत्याचार कबुल छैन  थोरै पन्ना पल्टाउदैमा आश मर्यो सत्रु सम्झेर लगाएको बार कबुल छैन  सबै मिलेर बिधुतिए कानेखुसी गर्या छौ ब्रम्हान्डले दिएको यस्तो हार कबुल छैन  जगत ले दिएको सदाचार कबुल छैन  संसारले गरेको ब्यबहार कबुल छैन 

कविता :- हिमाल पहाड तराई, राकेश कार्की

हिमाल पहाड तराई एउटै मालामा उनाउँ संपूर्ण नेपाली मिलेर नेपाल राष्ट्र बलियो बनाउँ नेपाल हाम्री आमा हुन नेपाली हाम्रो जात हो हिमाल पहाड तराई चिर्न खोज्नु घात हो हिमाल पहाड तराई जहाँ जन्मे नि एउटै भूमी हो दाजुभाई दिदीबैनीले नरोक्दा हाम्रा कति भूभाग गुमी गो

कबिता :- पानी अभियानमा ऐक्यवद्दता..............श्री श्रीभक्त पौडेल,चितवन

खेतमा कुलो बगोस ,आँगनीमा धारो छर्न पाइयोस् समयमै, मुखा लाग्ने चारो सुनपुरको ब्यथा आज, भोलि पूर्ब दुख्ला प्रकृतिको लिला यस्तै, सबैलाई  पर्ला गारो हातेमालो गरौँ आज , भोलि खनौं कुलो जमिन भयो बन्जर, पत्थर भन्दा सारो एक थुकी सुकी भन्छन्, सय थुकी नदी घोगा लाग्ला मकैबोटमा, खडेरीले थारो अभियानले शिखर चुमोस्, दाङ्ग हरियाली खेत्खेतमा कुलो बगोस्  आङ्गनीमा धारो

गजल :- प्रेमगित मैले गाए............पुष्पा सजल

पुष्पा  सजल  प्रेमगित  मैले  गाए,  तिमिलाइ  भेटेपछि । माया के हो थाहा पाए, तिमिलाइ भेटेपछि ।। जल्ने मन छ यसरी कि दुनियाँले डाहा गरोस । दिलमा  प्यार  सल्काए,  तिमिलाइ  भेटेपछि ।। हिजोसम्म गुमनाम थिए जिन्दगीको सफरमा । मेहेफिलमा  आज  छाए, तिमिलाइ  भेटेपछि ।। जादु रैछ प्रेमरसमा मृतकलाइ जीवन दिने । झर्दाझर्दै  फेरि  पलाए, तिमिलाइ भेटेपछि ।। उजाड थियो, पतझड थियो तिमी आउनु पुर्व। पहिलोपटक  म  रमाए,  तिमिलाइ  भेटेपछि ।।

अडियो बुकमा “हवन”

३१ जनवरी, २०१७  - दृष्टिविहिनहरुलाई लक्षित गरी कथासंग्रह “हवन” को अडियो बुक बजारमा आएको छ । बुलबुल पब्लिकेशन प्रा.लि.ले नीलम कार्की निहारिकाको वि.सं. २०६२ मा प्रकाशित कथासंग्रह “हवन” को अडियो बुकसहित दोस्रो प्रिन्ट संस्करण बजारमा ल्याएको हो ।   अच्युत घिमिरे ‘बुलबुल’ को वाचन रहेको “हवन” अडियो बुक दृष्टिविहिन साहित्यप्रेमीहरु, पुस्तक पढ्ने फुर्सद नभएकाहरु, लेखपढ गर्न नसक्नेहरु, कथा सुन्न रुचाउनेहरु र गाडीमा एक्लै वा समूहगत रुपमा कथा सुन्ने बानी भएकाहरु लागि उपयोगी रहेकोले अधिकाँश श्रोताका लागि यो प्रभावकारी रहनेछ । “हवन” को अडियो बुक दृष्ट...

गजल :- आट्न डराएकाहरु सत्ता हाकिरहेका छ्न.......अनुराग प्यासी

गजल :- आट्न डराएकाहरु सत्ता हाकिरहेका छ्न...... आट्न डराएकाहरु सत्ता हाकिरहेका छ्न । इमान हराएकाहरु सत्ता हाकिरहेका छन । शिक्षितहरु खाडिमा छ्न या झाडिमा छ्न । बस्तु चराएकाहरु सत्ता हाकिरहेका छ्न ।। न बोलिको ठेगान छ, न भोलिको ठेगान छ । बाटो  बिराएकाहरु सत्ता  हाकिरहेका छ्न ।। आँखा चिम्लिनु वा लुटिनुको विकल्प छैन । रातमा कराएकाहरु सत्ता हाकिरहेका छन ।। को सँग आशा गरु, जीवन सुरक्षाको यहाँ । हजारौं मराएकाहरु सत्ता हाकिरहेका छ्न ।।

गज़ल:- "श्रद्धाञ्जली"...........कोमल भट्ट , न्युयोर्क

गज़ल :- "श्रद्धाञ्जली".............. प्यारो छ तिम्रो अनमोल नाम  बिर्सिन्न कैले महिमा र काम  सोच्यौ सधैं देश र देशवासी  हे ! वीर मेरो छ सधैं सलाम  हल्ल्यो जरा क्रूर नृशंसताको   ल्यायौ बिहानी झलमल्ल घाम  स्वाधीनता आज दियौ सबैमा  के टिक्न सक्थ्यो बलको लगाम 

आमा सपना देख्न पनि पावरवाला चश्मा चाहिदो रहेछ :- मित्र लाल पार्दे (पानी अभियानकर्ता )

 रचनाकार :-  मित्र लाल पार्दे ( पानी अभियानकर्ता ) (प्रस्तुत कविता जब सम्म हरेक घर धारो र हरेक गाउँ सिंचाइ प्रतिवद्दता सरकारबाट आउँदैन तब सम्म घर नजाने गरी पानी अभियान चलाउने क्रममा आमालाई सम्झिदै लेखिएको ) आमा सपना देख्न पनि पावरवाला चश्मा चाहिदो रहेछ , आमा उजाड मरुभुमिमा, भिडहरुमा एक्लिएको म  गतिलो सपना देख्न पनि भल भल आसुँ झारेर रुनुपर्दोरहेछ ,,  अनि शहरमा भेटिने फूटपाथेहरुसित हात मिलाएर  आफ्नो सपनाको लाज ढाक्नु पर्दोरहेछ , आमा  तिमीले पनि ठुलो सपना देखेकी थियौ ,

असल देउ मलाई, खराब देउ मलाई :- पुस्पा 'सजल'

गजल असल देउ मलाई, खराब देउ मलाई। ती नयन हुँदै बग्ने, शराब देउ मलाई ।।   गल्तिका पानाहरु फाली हाम्रो सम्बन्धको। स्नेह- प्रेमले भरिएको, किताब देउ मलाई।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top