मोफसलमा बसेर कार्यक्रम गर्नु फलामको चिउरा चपाउनु हो :– किरण अधिकारि


स्रस्टा र सृजना सम्मानमा अझ मजबुद कसरि बन्दै हुनुहुन्छ ?

 - हेर्नुहोस पहिलो कुरो कम गर्ने ईच्छा र जागर भएको मान्छे सधै मजबुत हुन्छ |तथापि हामि बिभिन्न योजना अनि कार्ययोजना बनाएर अगाडी बढेका छौ |हामि अवार्ड मार्फत होस् या बिभिन्न किसिमको कार्यक्रम जस्तै स्रस्टा सम्मान ,खुल्ला नृत्य प्रतियोगिता जस्ता कार्यक्रम मार्फत यो अभियान जारि राखेका छौ |अनि तपाई अनि तपाई जस्तै व्यक्ति तथा संघ सस्थाहरुको सहयोग अनि हौसलाले हामि अगाडी बढ्ने हो |

अघिल्ला बर्षको तुलनामा अवार्डको तेस्रो सस्करणमा आलोचक कम देखिए नि ?

- तपाई भ्रममा हुनुहुदो रहेछ हाम्रो अवार्ड कहिले पनि बिबादित अनि आलोचित भएको छैन |हो काम गर्दा सानोतिनो कुराहरु आउछ |त्यो कुरालाई सामान्य रुपमा लिन पर्छ |अर्को कुरा अवार्ड कहिले बिबादित हुदैन |बिबाद बनाईने हो किनकी जसले अवार्ड पाउदैन त्यो समुहले चलाउने हल्ला हो |आफुले पाउदा ठिक अरुले पाउदा बेठिक हुने चलनले बिबादित हुने |एउटा कलाकारले अवार्ड पाउदा उसको प्रतिस्प्रधीहरुले तालि बजाउने प्रक्रियाको शुरुवात हुदैन नि सधै यस्ता सानोतिनो कुरा आउछ |अहिलेको कलाकार मित्रहरुले बुझिसक्नु भएको छ |बिसतारै यो परम्परा शुरुवात पनि भईसकेको छ |

मोफसलमा बसेर पनि रास्ट्रीय अवार्ड सम्पन्न भयो ,कतिको सजिलो छ यो कार्य ?

 - हेर्नुस काम कुनै पनि सजिलो छैन |त्यसमाथि मोफसलमा बसेर कार्यक्रम गर्नु फलामको चिउरा चपाउनु नै हो तर पनि हिम्मत र साहसले काम गरेको छ |अनि सहयोगी हातहरु अनि साथीभाईहरुको सहयोगले यो कुरा सम्भब भएको हो |

अवार्डलाई सम्पूर्ण जिल्ला पुराउछु भन्नु हुन्छ अनि शुरु पनि गर्नु भएको छ ?यसको कारण के हो ?

 - हो हामीले भनेका छौ |पहिलो र दोस्रो अवार्ड नुवाकोटमा सम्पन्न गर्यो |अनि हामीले सोच्यौ यस्ता कार्यक्रम नुवाकोट मात्र हैन यस्ता कार्यक्रम मोफसलको बिभिन्न जिल्ला पुराउन पर्छ किनकी कार्यक्रमको जानकारी राजधानी मात्र अन्यत्र पनि लानु पर्छ |अवार्ड मात्र भनेर पुग्दै यो कार्यक्रम कस्तो हो भनेर तल्लो लेबलबाट बुझाउन सक्यो भने यसका दर्शक ,सहयोगी अनि शुभचिन्तक बढ्छन |अनि अर्को कुरा जिल्ला जिल्ला बाट त्यस्ता प्रतिभा खोज्न सजिलो हुन्छ |

गीतसंगीतको आगामी योजना ?

 - केहि समय अगाडी मेरो र पुस्कर अर्यालको संयुक्त प्रस्तुतिमा आएको रोईला एलबमको सफलता पछी हामि जोशिएका छौ |अर्को कुरा म निरन्तर गीतसंगीतमा व्यस्त छु |मेरो लय सकलन अनि पुस्कर अर्याल र मेरो दोस्रो प्रस्तुति लोकदोहोरि र आधुनिक गरि तिन वटा गित बजारमा आउदैछ |

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top