भ्रष्टाचारको जरै उखेल्छु :- उर्लाबारी नगरपालिकाको मेयर खड्ग फागो


किसोर श्रेष्ठ
 
असार २८, २०७४ - खड्ग फागो उर्लाबारी वासीमाझ चिरपरिचित नाम हो । स्थानीय स्तरमा राजनितिसँगै सामाजिक कार्यमा समेत सक्रिय उनी भख्खरै समपन्न स्थानीय तहको निर्वाचबाट उर्लाबारी नगरपालिकाको मेयर पदमा विजयी भएका छन् ।
 
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका फागोले ११ हजार ६ सय ३२ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । प्रदेश नम्बर १ मा अन्तिम मत परि णाम घोषणा भएका स्थानीय तहमध्ये सबै भन्दा बढी मतान्तरले फागो निर्वाचित भएको हुन् ।
 
फागोले तीन हजार ९० मत अन्तरले एमाले उम्मे दवार भूपालसिं जिमीलाई पाखा लगाएका थिए । ४२ वर्षीय फागो उर्लाबारी–५ को स्थाही वासिन्दा हुन् ।
 
पूर्वी मोरङ कै दास्रो ठूलो सहरको रुपमा परिचित भएता पनि उर्लाबारीले लामो समयबाट जनप्रतिनिधि विहिन बन्दा विकासमा फड्को मार्न सकेको छैन् ।
 
नगरवासीमाझ लोकप्रिय फागोबाट स्थानीय जनताले विकास निर्माणसँगै जनचाहानाका हितमा काम गर्ने ठूलै अपेक्षा राखेको पाईन्छ ।
 
सर्वप्रथम त स्थानीय जनप्रतिनिधी भएर काम गर्ने अवसर पाउँदा कस्तो महशुस भएको छ ?
–    उर्लाबारी नगरवासीले आफ्नो अमुल्य मत दिएर उहाँहरुको सेवा गर्ने अवसर दिनुभएको छ यसमा म एकदमै हर्षित छु । नगरका धेरै चुनौतिहरु रहेका छन् यसलाई चिरेर सामाना गर्दै अगाडी बढ्ने छु । साथै जनताले दिएको जिम्मेवारी पूरा गर्ने पूरा प्रयास गर्नेछु । उर्लाबारीवासीले यति धेरै माया दिनुभएकोमा निकै खुसी लागेको छ ।
 
उर्लाबारीका जनताले तपाईप्रति विश्वास गर्नूका कारण के होला ?
–    जनताका हितमा काम गर्न सक्ने, विकास निर्माण कार्यमा प्रतिबद्ध, बोलेका कुराहरु पुरा गर्ने साथै मेरो कामको शैली उर्लाबारीवासीले राम्रोसँग बुझेका छन् । मप्रति जनताले ठूलो विश्वास राखेका छन् । जनप्रतिनिधिविहीन भएपछि यो सहरमा विकासका गतिविधि ठप्प जस्तै बनेका छन् । त्यसलाई पूरा गर्न पनि मलाई जनताले चुनेका हुन् ।
 
सपथ ग्रहण पछिका दिनमा के कस्ता कार्य गर्नूभयो ?
–    उर्लाबारी नगरपालिकाका समस्याहरुलाई अझ नजिकबाट नियाल्दै छु । जतिसक्दो छिटो वडा कार्यालय विभिन्न वडाहरुमा नै स्थापना गरेर सेवाग्राहीलाई वडा कार्यालयबाट नै सेवा दिने काममा लागेको छु । यसका अलवा रोकिएर रहेका मापदण्ड पुगेका घर नक्सा पासलाई व्यवस्थापन गर्ने कार्य पनि भईरहेका छन् । नगरपालिकाले सेवाग्राहीलाई दिएको सेवा सुविधालाई चुस्त दुरस्त बनाउन सेवाग्राहीलाई अनुरोध गरेको छु ।
 
तपाईका आगामी पाँच वर्षीय योजनाहरु कस्ता छन् ?
–    उर्लाबारीका खोला नालाहरुलाई तटबन्धन गरेर खेती योग्य जमिनमा सिचाईहरु पुर्याउनु मेरो पहिलो योजना रहेको छ । आधुनिक कृषि प्रणालीबाट खेती गरिनुपर्दछ । यसले उत्पादन वृद्धिमा महत्वपूर्ण भूमीका खेल्नेछ भने आत्मनिभर बन्न पनि सहज हुनेछ ।
 
शिक्षा, स्वास्थ्य, विद्युत, सडक, ढल, खानेपानी आदि विकासका महत्वपूर्ण पूर्वाधारको विकास मेरो प्राथमिकतामा रहका छन् । उर्लाबारी नगरपालिका भए पनि विकास र समृद्धिमा निकै पछाडि छ । उर्लाबारीलाई नगरपालिका जस्तो सहर बनाउन पहल गर्नेछु । यसका अलवा मैले चुनावी प्रचारमा बोलेका, कबुल गरेका र घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू पूरा गर्न अहोरात्र खट्ने छु । पदको कुनै हालतमा दुरुपयोग गर्नेछैन भने नगर विकासको गुरुयोजना बनाएर अघि बढ्नेछु ।
 
तपाई नेपाली कांग्रेसबाट मेयर बन्नुभएको छ, तर बहुमत भने एमालेको पक्षमा रहेको छ यस्तो अवस्थामा तपाईका सबै योजना सफल हुन्छन् भन्ने लाग्छ ?
– स्थानीय तहमा बहुमत र अल्पमतको कुरा आउँदैन । स्थानीय स्तरका समस्याको हल गरेर विकास निर्माणका कार्य गर्नका निम्ति जनताले चुनेर पठाएका हुन् । हामीले सदैव जनताको हितमा रहेर काम गर्ने हो । बिकास निर्माणका कार्यमा बहुमत र अल्पमतको खिच्चातानी भयो भने हामी जनता समक्ष जान्छौं । मलाई लाग्छ यस्तो कार्य कही कोहीबाट हुन्न ।
 
आर्थिक स्रोत कसरी जुटाउनुहुन्छ ? यहाँको मुख्य स्रोत के हो ?
–    उर्लाबारीमा रहको सिमसार क्षेत्रलाई पर्यटकीय हिसावले अगाडी बढाउने योजना रहेको छ । सरकारले दिने अनुदानसँगै आन्तरिक स्रोतहरू बढाएर लगिने छन् । यसका अलवा स्थानीय स्तरमा विभिन्न किसिमका उद्योग कलकारखानाको स्थापना गर्ने योजना समेत रहेका छन् ।
 
उर्लाबारी नगरपालिकालाई कस्तो सहर बनाउने परिकल्पना छ ?
- उर्लाबारीलाई नमुना सहर बनाउने परिकल्पना राखेको छु । २ वर्षभित्रै मावा देखी सुनझोडासम्मको हाईवे लाईनमा पानीलाई निकास दिनका निम्ति ठुलो ड्रेन निर्माण गरिने छ । बाटोहरुको विस्तार गरिने छ भने शिक्षा, स्वास्थ्य, विद्युत, सडक, ढल, खानेपानी आदि विकासका महत्वपूर्ण पूर्वाधारको विकास हुनेछन् । यो नगरलाई सुशासनयुक्त नमुना सहर बनाउने परिकल्पना छ । उर्लाबारी पाँच वर्षभित्र सुशासनका लागि हेर्न लायक नमुना सहर हुनेछ ।
 
 स्थानीय स्तरमा बढ्दो भ्रष्टाचारलाई रोक्न के गर्नूहुन्छ ?
– भ्रष्टाचारलाई निर्मुल नगरी स्थानीय स्तरमा विकास हुनै सक्दैन । यस विषयमा मैले काम सुरु गरीसकेको छु । पहिलो चरणमा नगरपालिकाले पछिल्लो समय खरीद गरेका साम्रागीहरुको विलको निरीक्षण गर्ने काम भईरहेका छन् । आर्थीक अनिमयता गर्ने जो सुकैलाई पनि कानुन बमोजिम कारबाही गर्न म प्रतिबद्ध छु । राज्यले दिएको सेवा सुविधा लिन जनताले कसैलाई घुस दिनु पर्दैन् । भ्रष्टाचारको जरै उखेल्छु ।
 
 उर्लाबारीको प्रमुख समस्या मध्यको एक यहाँको फोहोर व्यवस्थापन हो यसलाई कसरी नियाल्नु भएको छ ?
–    सर्वप्रथम यस अघि डम्पिङ साईडका लागी खरीद गरिएको जग्गाको निरीक्षण गरीने छ । खोलाको किनारामा रहेको जग्गा बाढीले बगाउने जान्दाजान्दै किन डम्पिङ साईडका लागी खरीद गरीयो यस विषयमा अनुसन्धान गर्नेछु । यसका साथै चाँडै नै उपयोक्त स्थानको छनोट गरी दिर्घकालीन रुपमा फोहोर व्यवस्थापनको कार्य अघि बढाउने छु ।
 
अन्त्यमा...................
–    उर्लाबारी नगरवासीलाई फेरी पनि धन्यबाद दिन चाहान्छु, तपाईको अमुल्य मत दिएर मलाई विजयी गराउनु भएकोमा । आगामी दिनमा उर्लाबारीको विकास निर्माणमा अहोरात्र खट्ने बाचा गर्दछु । नगरवासीको म प्रतिको आसा अपेक्षा मर्न दिने छैन् ।
 
  
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top