Headline News

१९ जून, २०१३
काठमाडौं– अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचनमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल स्काउटको हिरक महोत्सव तथा ६१ औं स्थापना दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल स्काउटका संरक्षक समेत रहेका अध्यक्ष रेग्मीले सरकारको एक मात्र लक्ष्य निर्वाचन भएको बताउनुभयो ।
उहाँले निर्वाचनको मिति घोषणासँगै देशमा उत्साह र उमंग छाएको समेत बताउनुभयो । उहाँले निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । आ–आफ्नो भूमिका निर्वाह गर्न सबै राजनीतिक दल, कानून व्यवसायी, नागरिक समाज लगायत सबैलाई उहाँले आग्रह समेत गर्नुभयो ।
यसैबीच अध्यक्ष रेग्मीले निर्वाचनमैत्री वातावरण सहयोग गर्न समेत आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रगतिशील लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग आवद्ध १८ राजनीतिक दलका प्रतिनिधिहरुसँग भएको भेटमा अध्यक्ष रेग्मीले उक्त आग्रह गर्नुभएको हो ।
भेटमा मञ्चसँग आवद्ध नेताहरुले निर्वाचनमैत्री वातावरण निर्माण गरी सबै वर्ग, समूह, लिङ्ग, क्षेत्रको समावेशिता सुनिश्चित गर्न माग समेत गरेका थिए ।

१९ जून, २०१३
काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले विगतमा केही गल्ती कमजोरी भए सच्याउनुपर्ने बताउनुभएको छ ।
घुमाउरो भाषामा आत्मालोचना गर्दै पूर्व राजा ज्ञानेन्द्रले अतितलाई गाली गर्दैमा भविष्य नबन्ने बताउनुभयो ।
धनुषा नागरिक समाजले जनकपुरको तिरहुतियागाछीमा आयोजना गरेको नागरिक अभिनन्दनमा पूर्व राजा ज्ञानेन्द्रले सबै मिलेर जानुको विकल्प नभएको समेत बताउनुभयो ।
राष्ट्र निर्माणमा हामी सबै अग्रसर होऔं, पूर्व राजा ज्ञानेन्द्रले भन्नुभयो । नागरिकको हैसियतमा आफूले मुलुकको अहिलेको अवस्था नियालिरहेको भन्दै पूर्व राजा ज्ञानेन्द्रले अहिलेको अवस्था सन्तोषजनक नभएको समेत बताउनुभयो ।

१९ जून, २०१३
काठमाडौं– सरकारले बाढी पीडितलाई राहत वितरण र सम्भावित क्षति रोक्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । बाढी पहिरो पीडितलाई सरकारले विशेष राहत प्याकेज ल्याउने समेत निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पीडितका लागि आवश्यक रकम परिचालन गर्न प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
बैठकमा गृहमन्त्री माधव घिमिरेले बाढीले पुर्याएको क्षति र सरकारले गरेका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो ।
बैठकले बाढीमा परी मर्नेका परिवारलाई प्रति व्यक्ति ४० हजार रुपियाँका दरले राहत रकम उपलव्ध गराउने निर्णय गरेको छ।
Headlines Video
दैनिक नेपाली समाचार, १९जुन २०१३
Nepali News
१९ जून, २०१३
काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न डेरीहरुले उत्पादन गर्दै आएका दूध गुणस्तरहीन र अखाद्य वस्तु फेला परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न डेरीले उत्पादन गरेका दूधको ल्याब परीक्षण गर्दा दिसामा पाइने जीवाणु कोलिफर्म फेल परेको छ । दूधमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ ।
कोलिफर्म मानव स्वास्थ्यका लागि अत्यन्तै घातक रहेको बताइएको छ । कोलिफर्मले मानिसलाई झाडापखाला, आउँ, हैजा, टाइफाइड, हेपाटाईटिस ए, जण्डिस, पेटमा समस्या उत्पन्न गराउने बताइन्छ ।
यसैबीच विभागले आज भक्तपुर डेरीमा सिलबन्दी गरेको छ । विभागले गत साता परिक्षण गर्दा उक्त डेरीको दुधमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएपछि आज सिलबन्दी गरेको हो । विभागले गरेको परीक्षणमा खरिपाटी डेरी, सैंजु डेरीको अमृत र कान्तिपुर ब्राण्ड, भक्तपुर डेरी बीडीपीएल ब्राण्ड तथा सञ्जिवनी डेरीको सञ्जिवनी दुधमा यस्तो जीवणु भेटिएको थियो ।
विभागले सोमबार नै विज्ञप्ती निकालेर यी ब्राण्डका दुध उपभोग नगर्न सर्वसाधारण सबैलाई आग्रह गरिसकेको छ । भक्तपुरको औद्योगिक क्षेत्रमा रहेका भक्तपुर डेरीको दुधमा प्रतिमिलि लिटर दुई हजार ४ सय वटा कोलिफर्म भेटिएको विभागले जनाएको छ ।
Abroad News

कुवेतवासी नेपालीहरुको चाहना अनुशासित समाज र सामाजिक भावना नाराका सात १४ बर्षको लामो ईतिहास बोकेको नेपाली समाज कुवेतको पुरानो संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ कुवेतको ५औं अधिवेशन गत शुक्रबार फाहाहिल स्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
US News

अमेरिकास्थित नेपाली दूतावासका कर्मचारीहरुमा देखिएको गैरजिम्मेवारीपनका कारण अमेरिकामा बसोबास गर्दै आईरहेका नेपाली समुदाय चिन्तित बन्न पुगेको छ ।
Exclusive Video
English News

Dr Kusum Vyas brought the ornate pots known as ‘Green Kumbhs Kalash’ to the first Nepali Temple (Pasupatinath Mandir) at Plumstead London last week as part of a unique and colourful pilgrimage symbolising their commitment to protecting the environment. Distinguished International Visiting Professor of Universitas Mahendradatta, Bali, Indonesia and founder of the Living Planet Foundation and Green Yatra Action Network (GYAN) Dr Vyas spoke on various programmes and projects launched at her initiative on climate change.
Press Release
नेपाली जनप्रगतिशील मंच, बेल्जियम नेपालको विकास र समस्त नेपालीहरुको हक हित, अधिकारको सुनिश्चताको लागि प्रवासमा रहि संघर्षरत बेल्जियमवासी नेपालीहरुको संस्था हो भन्ने स्पष्ट जगजाहेर नै छ ।
Opinion

खिलराज रेग्मिको सरकारले मग्सिर ४ गते संबिधान सभाको दोस्रो निर्वाचन गर्ने भनेर मिति तोकिसकेको अवस्था छ।

गैर आवाशीय नेपाली संघको उम्मेदवारीलाई सडकबाट बिधान ब्याख्या गर्न उचित नहुने
नेपाली उखान "कुलो र कुरोलाई जता लगे पनि हुन्छ " हामी बिश्वमा जहाँ पुगे पनि र जहाँ रहे पनि हाम्रो दरिद्र सोचाईलाई साथमा लिएर हिडेका हुन्छौ ।
Literature
१८ जून, २०१३ काठमाडौं - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७०’ को आब्हान गरेको छ ।
नेपाली चलचित्र रिङ्ग रोडको भर्खरै सार्बजनिक भएको शुटिंग रिपोर्ट भनिएको शुटिंग ताका रेकर्ड गरिएको एक भिडियो हेरे पछि एस्तो सोच आएको हो | हुन त चपलीले नेपाली सिनेमामा अस्लिलताको ढोका खोल्यो भनिन्छ तर किस सिन त अघि देखि नै कागबेनी लगायत अन्य केहि चलचित्रमै देखिदै आएकै हो तर पनि किन आजकल नेपाली चलचित्रहरु मा कुनै कुरा उठाउनको सट्टा खाली अस्लिल दृश्य मात्रले समय ओगेटन थालेको छ |
‘नेपाल सरकार बोली देउ,,,, भारत सरकार बाटो देउ,,, र भुटान सरकार माटो देउ ,,,।’ शरण्ाँर्थी जीवन विताईरहेका भुटानीहरुको दुख र सघर्षको कथामा आधारित रहेर निर्माण्ँ गरिएको फिल्म ”देश खोज्दै जादाको वास्तविकको उजागर गर्ने गीत हो यो ।
महानायक राजेश हमालको बिहेको चर्चा भइरहँदा उनको प्रेमिकाको तस्विर सार्वजनिक भएको छ पछिल्लो पटक पनि हमालसँगै उनको प्रेमिकाको निक्कै चर्चा मिडियामा छ ।
मिठो स्वर र शब्दका धनी सन्तोष थापाले लोकदोहोरी क्षेत्रमा प्रवेश गरेको एक दशकपछि पहिलो एल्वम ‘म त रोई रोई मर्छु होला’ हालै बजारमा सार्वजनिक गरेका छन् ।
गायिका अञ्जु पन्तले हालै एउटा घोषणा गरेकी छिन् । कतिपयले उनको यो घोषणालाई पत्याएका समेत छैनन्।
रेखा थापाको चलचित्र "हमेश" को अडियो गीतबिमोचन भएको छ । लस एन्जलसमा आयोजित एक कार्यक्रमका बिच समाजसेवी अतिथी बेद भक्त जोशीले अडियो गित बिमोचन गर्नुभएको हो ।
नाट्यकर्मी एवं प्राज्ञ कृष्ण शाह यात्रीको परिकल्पना तथा निर्देशनमा नाटक ‘बहुला काजीको सपना’ काठमाडौं र ललितपुरका विभिन्न प्रेक्षालयहरुमा मञ्चन भएको छ ।
बलिउड सुपरस्टार शाहरुख खानलाई यति बेला नजन्मिएको तेस्रो सन्तानका कारण तनावमा छन्। श्रीमती गौरी तेस्रो सन्तानका लागि गर्भवती भएपछि जन्मनु अगाडि नै लिंग परीक्षण गरेको आरोप उनीमाथि लागेको छ। भारतमा बच्चा जन्मनु अघि लिंग परीक्षण गर्न पाइँदैन। महाराष्ट्रका स्वास्थ्य मन्त्री सुरेश शेट्टीले साहरुखले लिंग परीक्षण गराएको नगराएको छानवीन गर्न आदेश दिएपछि बलिउड स्टार अझ विवादमा तानिएका छन्।
सबैलाई थाहै छ सेलिब्रेटीहरु आफ्नो उपयुक्त मौकाको खोजीमा हुन्छन जसलाई पौने बित्तिकै आफ्नो फिल्म वा आफ्नै प्रचारका निमित्त पछी पर्दैनन। यस्तै सेलिब्रेटीमध्येकी एक पूनम पाण्डे जो 'नशा' नामक फिल्मबाट चर्चामा आएकी छिन र आफुलाई सिल्भर स्क्रिनमा देखाउंदै छिन।
बलिउडकी चर्चित अभिनेत्री जिया खानले गएराति जुहुस्थित आफ्नो घरमा आत्महत्या गरेकी थिइन ।
बलिउड - बलिउड नायक रणबिर सिंह अहिले चर्चामा छन् । २ सिनेमामा अभिनय गरेपनि उनको चर्चा कुनै चर्चित नायक भन्दा कम छैन ।
बलिवुड - चर्चित पोर्न स्टार सन्नी लियोनीले कुनै पनि सिनेमामा आइटम डान्स नगर्ने बताएकी थिइन् । पोर्न दुनियाबाट विश्राम लिदै बलिउडमा प्रवेश गरेकी सन्नी अहिले सर्वाधिक चर्चित छिन् ।
बलिउड- भर्खरै अभिनेता सैफ अलि खानसँग वैवाहिक जीवनमा बाँधिएकी बलिउड करिना कपुरले यो वर्षको १४ फेब्रुअरी "भ्यालेन्टाइन डे" मा सैफलाई साथ नदिने भएकी छिन् ।
भारतीय फिल्म अभिनेता तथा लेखक कादर खानको मृत्युको हल्लाले बलिउडमा निकै सनसनी मच्चिएको छ ।
लिची स्वास्थ्यवर्धक हुनुका साथै यससँगै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटाशियम, क्याल्शियम जस्ता खनिज पदार्थ पाइन्छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री जूलिया गिलार्डलाई एक प्रश्न सोध्दा त्यहाँको एक रेडियोका प्रस्तोताले ठूलो मूल्य चुकाउनु परेको छ । हावर्ड स्याटलरले लाइभ अन्तरवार्ताका क्रममा गिलार्डलाई उनको पार्टनर गे अर्थात समलिंगी हो भनेर प्रश्न सोधेका थिए ।
२९ जेठ, काठमाडौं । सधैंका वर्षहरुमा जस्तै यसपालि पनि एसएलसीमा जाँच दिएकामध्ये आधाभन्दा धेरै विद्यार्थी फेल भए । परीक्षामा असफल भएपछि निराशा र चिन्ता हुनु स्वभाविक नै हो । फेल भएको पीडा सहन नसकेर कतिपयले आत्महत्या जस्तो कठोर निर्णय समेत गर्ने गर्छन् । तर, एसएलसीमा फेल हुनु नै जिन्दगीमा असफल हुनु होइन । घोडा चढ्ने मान्छे लड्छ भने झैं जाँच दिने मान्छे फेल हुन्छन् । यसरी पढाइमा असफल र फेल भएका मान्छे पढेकाभन्दा ‘सेलिबि्रटी’ भएका उदाहरण प्रशस्त छन् ।
फेसबुक अकाउण्ट खोलेपछि सायदै मान्छे होलान् जो तस्वीर शेयर गर्दैनन्, स्टाटस अपडेट गर्दैनन् । तथा आफ्ना साथीहरुसँग च्याटमा मीठा मीठा कुरा गर्दैनन् ।
मोटोपना घटाउन मदत गर्र्छ :- युनिभरसिटी अफ मिसौरीको अनुसार जुन मानिस मोटोपना घटाउन चाहन्छ अण्डाको परिकार खान उपयुक्त हुन्छ उसको शरीरको तौल चाडै कम हुने बताएको छ ।
हामीले बिरालोले बाटो काट्यो भने त्यो अशूभ भयो भन्दै दुःख मनाऊ गर्छौ र बिरालोले बाटो काटेको देखेपछि हामी जहाँको त्यही अडिन्छौ जबसम्म अन्य मानिसले त्यो बाटो काट्दैन तबसम्म हामीले त्यो
धेरैले महाभारत पढेका छन्, थोरैले बुझेका छन् र त्यसमाथी पुरै महाभारत त निकै कमले मात्र पढेका बुखेका छन्। संसारकै सबैभन्दा ठूलो महाकाब्य महाभारत आफैमा एउटा महासागर जसलाई तर्न सजिलो छैन् । त्यसैले यहाँ महाभारतसम्वन्धी केही जनमानसमा थाहा नभएका १० कुरा प्रस्तुत गरिएको छ ।
Dharmik Serials
Immigration Chautari

खगेन्द्र जिसी अमेरिकामा कानून व्यवसायको क्षेत्रमा परिचय गराईरहनु पर्ने नाम होइन । उहाँ पुराना कानून व्यवसायी हुनुहुन्छ । आफ्नो क्षमता, दक्षता र अनुभवका कारण अमेरिकामा उहाँको चर्चा निकै हुने गर्दछ । हाल न्यूयोर्कमा बसोबास गर्दै आउनु भएका जिसीले अमेरिकाका विभिन्न अदालतहरुमा वकालत गर्दै आउनु भएको छ ।

खगेन्द्र जिसी अमेरिकामा कानून व्यवसाय को क्षेत्रमा परिचय गराईरहनु पर्ने नाम होइन । उहाँ पुराना कानून व्यवसायी हुनुहुन्छ ।
Kura Kani

श्याम भट्टराई नेपाल चलचित्र क्षेत्रका चर्चित निर्देशक हुनुहुन्छ । बिसं २०५३ सालमा प्रसिद्ध निर्देशक प्रताप सुब्बाबाट निर्देशन सम्बन्धी प्रशिक्षण लिनु भएका भट्टराईले बिसं २०५५ सालबाट प्रसिद्ध निर्देशक प्रकाश सायमी र लक्ष्मीनाथ शर्माको फिल्ममा सहायक निर्देशकको भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाली चलचित्र गुडलकको छायाकन समाप्त गरि यसका नायक नवराज श्रेष्ठ अमेरिका फर्किएका छन् । नायक नवराज अमेरिकाको कोलोराडोमा बसोबास साथै सानोतिनो ब्यबसायमा संलग्न पनि छन् भने उनि एक समाज सेवी र सामाजिक कार्यकर्ता पनि हुन् ।
Upcoming Events

अमेरिकन रेडक्रसबाट प्लेट्लेट्स दान गर्नको लागि फोन आको आकै भयो। अनि म हिजो बिहानै हिक्स्भिल, न्युयोर्कबाट ड्राइभमा ३ घण्टा टाढा १८० माइलको दुरीमा रहेको अमेरिकन रेडक्रसको ब्लड डोनर सेन्टर अल्बानिमा गइ दान गरेर आए। संजोगले हिजो बिश्व रक्तदाता दिवस पनि रहेछ। यस भन्दा अगाडी मे ४मा नेपाल अमेरिकन पत्रकारको सम्मेलन मेरिल्याण्डमा होल ब्लड र न्युयोर्क ब्लड सेन्टरमा मे २६का दिन प्लेट्लेट्स दान गरेको थिय।
Video
Interviews

कुवेत स्थित नेपाली दुतावासका राजदुत मधुवन पौडेल मई महिनाको तेश्रो साता नेपाल जानु भएको थियो । उहाँको नेपाल यात्रा यस अघि पनि पटक पटक नभएका होईनन । कतिपय अवस्थाम सरकारी कामको शिलशिलामा त कहिले घर विदामा ।

गिनिज पुस्तकमा आफ्नी नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संग हामीसंग छोटो अन्तरवार्ता दिएका थिए l
Distric News
चितवन - चितवन राष्ट्रिय निकुञ्जमा मिचाहा प्रजातीको माईकेनिया म्याकारान्था झार वन र वन्यजन्तु संरक्षणका लागि चुनौती वन्दै गएको छ । जंगली जनावरको वासस्थान र आहारमा माईकेनियाले असर गरेपछि वन्यजन्तु संरक्षणको चुनौतीको रुपमा माईकेनिया अगाडि आएको छ ।
Mysterious World

एक अध्ययनले १ करोड १० लाख बेलायती युवायुवतीहरुले आफ्नै कारभित्र सेक्स कार्य गर्ने गरेको अनौठो खबर सार्वजनिक गरेको छ ।
Live FM Radio / TV













