खेलकुद समाचार


व्याकुल माइला गोल्डकपको तयारी लगभग पूरा

०७ अप्रिल, २०१७ काठमाडौं - कुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण भोलि शुक्रबार सुरु हुँदै छ । वैशाख १ गते शुक्रबार एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार खेलकुद मैदान मर्मत, नयाँ मञ्च निर्माणलगायत कार्य सम्पन्न भइसकेको छ ।  राष्ट्रिय गानका रचनाकार व्याकुल माइला जन्मिएको ठाउँलाई चिनाउन तथा विकास गर्ने उद्देश्यले स्थानीय युवाको अग्रसरतामा २०६८ सालदेखि उक्त प्रतियोगिता ओखलढुंगाको हिलेपानी–सोक्मटारस्थित बालेमबगरमा आयोजना हुँदै आएको छ । विगतमा कोजाग्रत पूर्णिमाका दिन सुरु हु...

एसीसी इमर्जिङ कपमा नेपालले हङ्कङ्लाई हरायो

३० मार्च, २०१७ काठमाडौं । एसीसी इमर्जिङ् टिम्स कमपमा नेपालले हङ्कङलाई ७ विकेटले हराएको छ । 

एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

२७ मार्च, २०१७ काठमाडौं । बंगललादेशमा  शुरुभएको एसीसी इमर्जिङ नेशन्स कपको पहिलो नेपालमा नेपाल पराजित भएको छ ।

व्याकुल माइला गोल्डकप चैत २५ देखि

१६ मार्च, २०१७, काठमाडौं  - व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण यही चैत २५ गतेदेखि हुने भएको छ । विगतमा कोजाग्रत पूर्णिमादेखि प्रतियोगिता हुँदै आएकोमा यस वर्ष दूधकोसीको भेलले मैदानमा क्षति पु¥याएका कारण मर्मतका कारण सारिएको आयोजकले जनाएको छ ।  राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको नाममा गोल्डकप उनको जन्मथलो ओखलढुंगा हिलेपानीस्थित दूधकोसी किनारमा आयोजना हुँदै आएको छ । दूधकौशिका प्रावि, नयाँ नेपाल सराकार समाज, हिलेपानी फुटबल क्लबलगायत विद्यालय तथा संघसंस्था आयोजक छन् । हिलेपानी फुटबल क्लबका कोषाध्यक्ष रमेश राईले गोल्डकप कार...

प्रधानमन्त्रीले गरे खेलाडीलाई सम्मान

१४ फेब्रुअरी, २०१७ काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६, नोभेम्वर २ देखि १५ सम्म मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप घोषणा गरिएको नगद पुरस्कार सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्रीले नगद पुरस्कारको रकम हस्तान्तरण गर्नुभएको हो । 

अल्ट्रा धाविका मिरा राई काठमाडौंमा सम्मानित

०४ फेब्रुअरी, २०१७ काठमाडौं । नेपाली अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ। नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाउने काम गरेको भन्दै राईलाई संघले सम्मान गरेको हो। 

राष्ट्रिय युवा परिषद् विघटन गर्ने खेलकुद मन्त्रीको संकेत, राखेपको विवाद मिलाउने उद्घोष

२९ जनवरी, २०१८ काठमाडौं । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले ओलम्पिक कमिटीको विवाद समाधानको लागि आफूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउने उद्धघोष गरेका छन्। 

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता इतिहासमाथिको ‘आइसब्रेक’ : खेलकुदमन्त्री

२३ डिसेम्बर, २०१६ काठमाडौं । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता इतिहासमाथिको आइसब्रेक भएको बताएका छन् ।

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक शुरुवात आजदेखि

२३ डिसेम्बर, २०१६ काठमाडौं । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रुपमा शुरु हुँदैछ । पुस १५ गतेसम्म चल्ने सो प्रतियोगितामा देशका विभिन्न स्थानमा विभिन्न खेलहरु हुनेछन् । यद्यपि राष्ट्रिय खेलकुदको महिला तर्फको फुटबल सुनसरीको दुहबीमा शनिबारदेखि नै शुरु भै सकेको छ । 

आइटिटिएफ विज्ञ खानद्वारा प्रधानमन्त्रीसँग भेट

१९ नोभेम्बर, २०१६ काठमाडौं । अन्तर्राष्ट्रिय टेवुल टेनिस फेडेरेसनका विज्ञ आरिफ खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी टेवुल टेनिस खेललाई थप महत्व दिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खानले नेपालमा टेवुल टेनिस खेलको राम्रो सम्भावना रहेको भन्दै त्यसका लागि सरकारको तर्फबाट थप महत्व दिन प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको हो ।

उसु संघमा देखिएको विवाद अन्त्य गर्न माग

१६ नोभेम्बर, २०१६ काठमाडौं । पूपूर्नगठित नेपाल उसुसंघका सदस्य कुमार बहादुर दाहालले अन्तर्राष्ट्रिय खेलकुद महासंघको आधिकारीक मान्यता प्राप्त नेपाली उसु संघ अहिले तीन भागमा बिभाजित भएर विवाद बढेको भन्दै उक्त विवाद तत्काल अन्त्य हुनुपर्ने माग गरेका छन् ।

सोलिडारिटी कप : फाइनल प्रवेशका लागि आज नेपाल र लाओस भिड्दै

१२ नोभेम्बर, २०१६ काठमाडौं । फाइनल प्रवेशका लागि नेपाली टोलीले आज मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा लाओससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल प्रवेशका लागि नेपाली टोलीलाई आज जित्नै पर्ने दबाब सिर्जना हुने भएको छ । 

मलेसियामा जारी सोलिडारिटी कफ फुटबल : नेपाल सेमिफाइलमा

०८ नोभेम्बर, २०१६ काठमाडौं । मलेसियामा जारी सोलिडारिटी कम फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा बु्रनाईलाई ३–० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालको राष्ट्रिय फुटबल टिमले ब्रुनाईलाई ३–० ले हराउँदै सेमिफाइनलमा ठाउँ सुरक्षित गरेको हो ।

एन्फा अध्यक्षमा श्रेष्ठ विजयी, पराजित लामा भन्छन् : आर्थिक चलखेल नगर्दा हारियो

२४ सेप्टेम्बर, २०१६ काठमाडौं । काठमाडौंमा आज भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ्ग लामालाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो ।

प्रथम अन्तराष्ट्रिय केजीएफ कुरुदय सेल्फ डिफेन्स मार्सल आर्ट सम्मेलन सम्पन्न

१० सेप्टेम्बर, २०१६ काठमाडौं । नेपालमा पहिलो पटक सुरक्षात्मक कुरुदय मार्सल आर्ट सम्मेलन सम्पन्न भएको छ । नेदरल्याण्ड, श्रीलंका भारतलगायतका देशबाट आएका मार्सल आर्टका विज्ञहरुको सहभागितामा स्कुल तथा क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी नेपालको इतिहासमै पहिलो पटक सुरक्षात्मक मार्सल आर्टको सम्मेलन सम्पन्न भएको हो । 

आइसिसी विश्व क्रिकेट लिग : घरेलु मैदानमा नेदरल्याण्ड नेपालद्वारा पराजित

१६ अप्रिल, २०१६ काठमाडौं । नेदरल्याण्डमा जारी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपाल विजयी भएको छ । घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले हराउँदै विजयी भएको हो ।

अन्तर मिडियाकप फुटसल प्रतीयोगीता हुने

२५ साउन सबल नेपाल राष्ट्रिय साप्ताहिकको आयोजनामा आइतबारबाट बुटवलमा अन्तर मिडियाकप फुटसल प्रतीयोगीता हुने भएको छ ।

ब्ल्याक बेल्ट डन वितरण

काठमाडौँ - गोजु–काई करातो–डो संघ, जापानले ३५ जना कराते खेलाडीलाई ब्ल्याक बेल्ट डनको प्रमाणपत्र प्रदान गरेको छ । संघको नेपाल शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र शाहले थर्ड डन ३ जनालाई, सेकेण्ड डन ६ जनालाई र फष्ट डन २६ जनालाई प्रदान गर्नुभयो ।

सुरुङ्गा गोल्ड कपको उपाधि झापा–११ लाई

कात्तिक ४ - सुरुङ्गा गोल्ड कपको उपाधि एन्फा कप विजेता टोली झापा–११ ले हात पारेको छ । मंगलबार कनकाई उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइन खेलमा कञ्चनजंघा स्पोर्टिङ क्लब सिलगढीलाई १–० को अन्तरले हराउँदै झापा–११ ले उपाधि जितेको हो । 

सुरुङ्गा गोल्ड कपको अन्तिम सेमिफाइनलमा एन्फा कप विजयी टिम झापा–११ फाइनलमा प्रवेश

कात्तिक २, सुरुङ्गा -  सुरुङ्गामा सञ्चालितसुरुङ्गा गोल्ड कप दोस्रो संस्करणको अन्तिम सेमिफाइनलमा एन्फा कप विजयी टिम झापा–११ फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली विआरसी भुटानको चुनौतीलाई पेनाल्टी मार्फत पन्साउँदै झापा–११ ले कठिन जित हात पारेको हो ।

भुटान सेमिफाइनलमा

सुरुङ्गा, असोज ३१ -  सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कपको पहिलो चरणको अन्तिम खेलमा फेन्स क्लब, भुटानले चर्च ब्वाइज काठमाडौंलाई ट्राइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

कञ्चनजंघा सिलगढी सेमिफाइनलमा

१६, अक्टोवर, २०१४ सुरुङ्गा - सुरुङ्गामा सञ्चालित सुरुङ्गा गोल्ड कप दोस्रो संस्करणमा पाहुना टोली कञ्चनजंघा स्पोर्टिङ क्लब, सिलगढीले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ । इलेभेन एरोज, दुहबी विरुद्ध २—० गोल अन्तरले कञ्चनजंघा स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

८ खेलाडीलाई कोरल सुजद्वारा जुत्ता प्रदान

१५, अक्टोवर, २०१४  सुरुङ्गा - सुरुङ्गामा सञ्चालित सुरुङ्गा गोल्ड कपमा आयोजक सुरुंगा फुटबल टिमका खेलाडीहरुलाई कोरल सुज काठमाडौंले निःशुल्क जुत्ता प्रदान गरेको छ । खेलाडीहरुको हौसला वृद्धि गर्ने उद्देश्यले आयोजक टिमका १८ जना खेलाडीहरुलाई स्पोर्टस्  सुज प्रदान गरिएको कोरल सुज प्रा.लि.का सञ्चालक सुरुंगा निवासी पारस खरेलले बताए । 

सुरुङ्गा गोल्ड कप शुरु

सुरुंगा, असोज २८ - सुरुङ्गामा मंगलबारदेखि शुरु सुरुंगा गोल्ड कपको दोस्रो संस्करणको उद्घाटन खेलमा धरान फुटबल क्लबलाई पराजित गर्दै उर्लाबारी फुटबल क्लब मोरङले विजयी यात्रा शुरु गरेको छ ।

नेपालमा आधुनिक खेल प्रशिक्षण केन्द्र बनाउन सहयोग गर्ने ओसिएकोे बचन

२५, सेप्टेम्बर, २०१४ काठमाडौं । ओलम्पीक काउन्सील अफ एशियाले नेपालमा आधुनिक प्रशिक्षण केन्द्र निर्माणमा सघाउन ईच्छुक रहेको जानकारी दिएको छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top