प्रवास


पोल्यान्डमा नेपाल युरोप ट्राभल समिट कार्यक्रम सम्पन्न

२३ मार्च, २०१७ - वन्स मोर नेपाल नारा अगाडि सारेर नेपाल पर्यटन बोर्डको आयोजनामा केही ट्राभल एजेनन्सीहरुको सहकार्यमा पोल्यान्डको राजधानी वारसवामा नेपाल युरोप ट्राभल समिट कार्यक्रम नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दिपक राज जोशिको उपस्थितिमा सम्पन्न भएको छ ।   विभिन्न देश जर्मनी चेक हुँदै पोल्यान्डमा समापन भएको ट्राभल समिट युरोप कार्यक्रममा नेपाल पर्यटकीय गन्तव्य स्थल भएको विभिन्न ट्रेकिङ स्थल भएको र धेरै भन्दा धेरै हिमालहरु चढ्न पोलिशहरु मन पराउने हुँदा नेपाल यात्रामा आगामी दिनमा पोलिशहरु लगायत युरोपियनहरु पनि बढ्दै जाने महशुस आफुले गरेको जानक...

जीवनभर पानी दिवसको दिन पारेर पानी अभियानलाई सहयोग गर्ने घोषणा

२३ मार्च, २०१७ - विश्वभरि पानी दिवस मनाइ रहदा एन आर एन ए पोल्यान्डका महासचिव  तथा इनास पोल्यान्डका अध्यक्ष श्री श्री कृष्ण न्यौपानेले मित्र लाल पार्देद्दारा आरम्भ भएको  पानी अभियानलाई हौसला प्रदान गर्नको लागि आफ्नो जीवन भरी पानी दिवसको दिन पारेर हरेक वर्ष  रु २ हजार २ सय २२ रुपैया सहयोग प्रदान गर्ने खबर पठाउनु भएका छ ।   उहाले भन्नु भएको छ -  "जुन दिन सम्म नारा पुरा हुने छैन जहाँ जहाँ अभियान सन्चालन हुनेछ त्यहा त्यहा मेरो सहयोग हरेक वर्ष जस्तो सुकै परिस्थितीमा भए पनि अभियानलाई सहयोग गरिरहनेछु । " यस् पवित्र कार्यमा हौसला प्रदान गर्नुहुने उहाकी श...

विश्व कविता दिवसको सन्दर्भमा मास्कोमा समारोह सम्पन्न

कृष्णप्रकाश श्रेष्ठ मास्को, २१ मार्च २०१७ (मङ्गलवार) - मास्कोको केन्द्रमाअवस्थितमास्को राजकीय मानविकी विश्वविद्यालयको केन्द्रीय भवनस्थित सांस्कृतिक सभा कक्षमा युनेक्सोको निर्णय अनुसार हरेक वर्ष  वसन्तागमनका साथै विश्वभरि नै मनाइने कविता दिवसको सन्दर्भमा भव्य समारोहको आयोजना गरिएको थियो । यस कविता समारोहमा प्रमुख अतिथिको रूपमा रूसका लागि नेपाली राजदूत रिषिराम घिमिरे र यसै पंक्तिकारलाई पनि निम्त्याइएको थियो । सन् १९६५ मा साहित्यको क्षेत्रमा नोबल पुरस्कार विजेता विश्व प्रसिद्ध लेखक मिखाइल अलेक्सान्द्रोभिचशोपोखोभको नामबाट विभूषित यसै विश्व विद्...

वेलायत नेपालको दौत्य संवन्ध द्विसत वार्षिकी सम्पन्न

कृष्ण देवकोटा  लण्डन - नेपाल वेलायतको दौत्य संवन्धको द्विसतवार्षीकी पूराभएको एेतिहासीक अवसरमा नेपाली दुतावास वेलायतद्वारा आयोजना गरिएको सप्ताह व्यापी समारोहको समापनकार्यक्रम गत सोमवार नेपाली दुतावासको परिसरमा सु-सम्पन्न भयो । सप्ताहव्यापी कार्यक्रमको समापन कार्यक्रमका विशेष आतिथ्यता वेलायती राजकुमार ह्यारीको थियो भने प्रमुख आतिथ्यता नेपालका उद्योगमन्त्री नवीन्द्र राज जोशीको रहेको थियो । राजकुमार ह्यारीद्वारा दिप प्रज्वलित गराई समापन कार्यक्रमको सुरु गरियो । कार्यक्रमलाई सम्वोधन गर्दै राजकुमार ह्यारीले नेपाल भ्रमणको समझना गर्दै नेपाली गोर...

तसलिमा नसरिनद्वारा दामोदरको धर्मको ह्याङओभर लोकार्पण

२३ मार्च, २०१७ , काठमाडौं प्रसिद्ध  लेखिका तसलिमा नसरिनले बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर को दर्शन बिधाको कृति "धर्मको ह्याङओभर" एक भव्य समारोहका वीच लोकार्पण गर्नु भएको  छ ।      काठमाडौंको अन्नपूर्ण  होटलमा कडा सुरक्षाका बीच वसेकी अन्तराष्ट्रिय ख्यातिप्राप्त लेखिका तसलिमाले समाजमा रहेका बिकृति बिसंगतिहरुको बिरुद्ध डटेर लेख्न लेखक निर्भिकतापूर्वक लाग्नुपर्ने बताउनु भयो । उहाँले शक्तिको आडमा खराब काम गर्ने बिरुद्ध लेख्नु लेखकको मूख्य धर्म हो, समाजको हितको लागि जस्तोसुकै जोखिम मोल्न पनि लेखक डराउनु हुंदैन भन्नु भयो ।       उहाँ...

निर्माण व्यवसायी सहितको प्रतिनिधिमण्डल मनिलामा

२१ मार्च, २०१७ - फिलपिन्सको राजधानी मनिलामा हुने "Business Opportunity Seminar" मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल मंगलवार त्यस तर्फ गएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णु ओम बादेको नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुको  समेत सहभागिता रहेको छ ।  महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु भाई श्रेष्ठ सहित उपाध्यक्षद्वय निकोलस पाण्डे र रुद्र शर्मा उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । महासंघको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका उपनिर्देशक प्रेमसिंह ऐर, प्रशासकीय अ...

आउनुहोस् ! रगत होइन पानी बगाउने युगको शुरूवात गरौ :-मित्रलाल पार्दे ,पानी अभियानकर्ता

के तपाइँको गाउँमा एक गाग्री पानी लिन कम्तीमा घन्टा लाग्छ ? के तपाइको गाउँमा पानी समस्याबारे सरकारले वास्ता नै गरेको छैन ? के तपाईं पानी अभियानको नारामा गोलबद्द भएर काम गर्न चाहनुहुन्छ ? के तपाईं तिर्खाएको गाउँहरुले पानी पाओस् भन्ने तिव्र चाहना र तिव्र गतिमा काम गर्न चाहनुहुन्छ रु के तपाईं आफ्नो गाउँ घर हरियाली होस् भन्ने चाहनुहुन्छ ? पानी अभियानको शुरूवाती गाउँ सुनपुर दाङ सफल पारेर अरु धेरै सुख्खा गाउँहरुमा अभियान को नारा अनुसार काम द्रुत गतिमा अगाडि बढ्नुपर्ने हुन्छ । के तपाईं मेरो पानी तपस्या चाडैं सफल होस् भन्ने चाहनुहुन्छ ? आउनुहोस् सबै हातमा हात मिलाएर अगाड...

गन्तब्य नेपाल साउदीले बोनम्यारो पीडित कल्पनालाई सहयोग गर्ने

उर्लाबारी - पुख्यौली घर खोटाङ सप्तेश्वर भई हाल सुनसरी चक्रघटी निवासी बोनम्यारो पीडित कल्पना बाहिङ राईको उपचारको लागि गन्तब्य नेपाल साउदीले सहयोग गर्ने भएको छ । गन्तब्य नेपालका प्रतिनिधी रमेश कार्कीको अग्रसरतामा १८ बर्षीया कल्पनाको उपचारको लागि साउदीमा रकम संकलन गरिने भएको हो । हाल काठमान्डौ स्थित बिरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत  कल्पनालाई चाँडैं नगद १ लाख संकलन गरेर पठाउने तयारी भईरहेको छ ।  फागुन अन्तिम हप्ता देखि चैत्र पहिलो हप्ता सम्ममा बोनम्यारो प्रत्यारोपन गर्नु पर्ने  तर आर्थिक अवस्था नाजुक भएको कारण कल्पना र कल्पना को  परिवार चिन्...

मंगोलको साउदी अरब अधिवेशन गर्ने

मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा साउदी अरबलाई बैधानिकता दिन प्रथम ऐतिहासिक अधिवेशन गर्ने भएको छ । मार्च २० सोमबार बसेको प्रवास सभाको बैठकले अप्रिल ७ तारिख रियाद अब्दुल्लाह सिटि एक्जिट ४ चार दराइया रोड पाकिस्तानी मतम पोखरी होटल हलमा कार्यक्रम ह’ने आयोजक सभाले जानकारी दिएको छ । अधिवेशन सम्पन्न गर्न सि.पी. घिसिङको संयोजकत्वमा १३ सदस्यीय आयोजक सभा गठन भएको छ ।   सभाका सचिब सन्जय तामाङ, कोषाध्यक्ष तुल बहादुर थापा मगर रहेका छन् । सदस्यहरु निर्मल राई, इन्द्र गुरुङ, निमा घिसिङ तामाङ, दिल कुमार लिम्बु, अनिल तामाङ, हर्क लो तामाङ, तुल बा० गुरुङ, हिमाल तामाङ, योगेन्द्र...

गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय बैठक सम्पन

क्वालालम्पुरमा सम्पन्न गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक आईतवार ९ वुदे निर्णयहरु जारी गर्दै सम्पन्न भएको छ । १. मलेसियाको क्वालालम्पुरमा नेपालबाट आमन्त्रित माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा ‘दक्ष जनशक्ति, उद्यमशीलता संमृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नारासहित विभिन्न १७ देशका १ सय ५० प्रतिनिधिसहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रिय पांचौं वैठक ९मार्च १८ देखि १९० सम्पन्न भयो। २. मध्यपूर्व र मलेसिया लगायत विभिन्न गन्तव्य मुलुकहरुमा बैदेशिक ...

पोल्यान्डमा नेपाली सिनेमा लूट - २ भव्यतापुर्वक प्रदर्शन

पोल्यान्डको वारसवामा मार्च १९ गते  पहिलो पटक सिनेमा हलभित्र नेपाली सिनेमा लूट - २ को भव्यतापुर्वक प्रदर्शन भएको छ । झन्डै २०० जनाको उपस्थितिमा हल भित्र भएको लूट - २ को प्रदर्शनमा दर्शक हरुले मिश्रित प्रतिक्रिया दिएका थिए । " पोल्यान्डमा चुनौती बोकेर नै हामी केही नेपालीहरुले लूट २ लिने सोच बनायौ र सफल पनि भयौ यसको लागि फिल्म हेर्न आउनु हुने सबै दर्शकहरुलाई आभार प्रकट गर्दछु ।" यो भनाई थियो फिल्म व्यवस्थापन गर्नमा महत्वपूर्ण भूमिका खेल्नुहुने श्री सुरज कार्कीको ।  लूट प्रदर्शन गर्नमा बिशेश भुमिका श्री सुरज कार्की , जीवन केसी , नारायण चालिसे बिनोद आचार्...

लन्डनको स्पिकर्स कर्नरमा ‘युरेसियाको स्पर्श’ सार्वजनिक

१९ मार्च २०१७, लन्डन लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा शर्माले बताए  ।     बेलायतका नेपालीहरुको साहित्यमा रुची देखेर प्रशन्नता ब्यक्त गर्दै आगामी दिनमा साझा प्रकाशनले बेलायती स्रष्टाहरुका कृति प्रकाशन गरिदैं जाने कुरा बताए ।

इन्डिजिनियस टेलिभिजनलाई संघद्धारा तीन लाख सहयोग

१९ मार्च, २०१७ - नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा नेपालस्थीत इण्डिजिनियस टेलिभिजन लाई रुपैया तीन लाख सहयोग हस्तान्तरण गरेको छ ।  नेपाल तामाङ संघ दक्षिण कोरियाका महासचिव मेघप्रसाद तामाङ छुट्टीमा नेपाल आएको बखत सो रकम हस्तान्तरण गरेका हुन् ।  रकम इण्डिजिनियस मिडिया फाउण्डेशनका अध्यक्ष देवकुमार सुनुवारले बुझेका थिए । हस्तान्तरण कार्यक्रममा संघका पूर्व उपाध्यक्षद्वय सागर तामाङ, माणिक तामाङ, नेपाल पत्रकार महासंघ कोरियाका सचिव एश्वर्य श्रेष्ठले पनि बोल्नु भएको थियो ।  नेपाल तामाङ संघले सन् २०१६ मा नेपथ्य व्याण्डलाई कोरियामा प्रस्तुत गराएर आएको नाफ...

साझा पार्टी गुल्मी पिपलधारा इकाई गठन

कानुनी राज्य विधिको शासन सहित २२ बर्षे लामो विविसि सेवाको पत्रकारिता पेशा छाडेर राजनितिमा हाम फालेका पत्रकार रविन्द्र मिश्रले सुरु गरेको यात्रामा गुल्मी जिल्ला पिपलधाराबाट देश र देश बाहिर रहेका युवाहरूले सोहि नारालाई आत्मसाथ गर्दै साझा इकाइ गठन गरेका छन ।  इकाइले  तल्लो तहसम्म भईरहेका विकृति लाई उजागर गर्ने ,सत्य र न्यायका पक्षमा लाग्ने प्रतिबद्ध दोहोर्‍याए ,अनलाइनबाट गठन भएकोमा हाल संख्या थोरै रहेपनि यसलाइ स्थानिय तहसम्म व्यवस्थित ढंगले लैजाने सोंच सदस्य निरञ्जन खड्काले बताए।  त्यस्तै अहिलेका दलबाट आशा केहि पनि बाँकि नरहेको पेशाले इञ्जिनियर रहेक...

पर्बत सेवा समाज युएइको अधिबेसन सम्पन्न

निमकान्त पाण्डे, दुबई ।  बैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत पर्बत बासीहरु ले आपसी सहयोग सदभाब आदान प्रदानका गर्ने उदेश्यले स्थापना गरेका पर्बत सेवा समाज युएईले परशुराम पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आफ्नो अधिबेसन बरदुबई को सिन्धी पन्जाब होटलमा सम्पन्न गरेको छन ।  सरोज जी सी ले संचालन गर्नु भएको प्रथम कार्यक्रम समाजका पुर्ब अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षता गर्नु भएको थियो भने संस्थाका संरक्षक खिमानन्द भुर्तेल,सल्लाहकार प्रकाश सापकोटा, नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज बस्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ...

कतारमा प्रदेश नं.१ का कांग्रेसजनहरुको परिचयात्मक भेला सम्पन्न

कतारमा कार्यरत प्रदेश नं–१ का कांग्रेसजनहरुको परिचयात्मक भेला १७ मार्चका दिन नेपाली जनसम्पर्क समिती कतारको प्रदेश नं १ संयोजक नगेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । उक्त भेलाले ६ बुंदे घोषणा पत्र जारी गर्दै अर्जुन चापागाईंको संयोजकत्वमा “नेपाली कांग्रेस प्रदेश नं १, समन्वय समिती कतार” को समेत गठन ग¥यो । समितीको सदस्य सचिवका खगेन्द्र खनाल रहेका छन् भने सदस्यहरु सेवन कार्की, अरुण के.सी., पुकार बराल, भरत तुम्बाहाम्फे, कृष्ण बराल, मदन कटुवाल, सिता राई, सोमराज बराल, मनोज शाह र डिक बहादुर तामाङ्ग चयन भएका छन् । सोहि भेलामा धिरज चाम्लिङ्ग, कुमार काकी, नगेन्द...

शुभकामना कार्यक्रममा आयोजक सस्थाहरु जोडिने क्रम जारी

दिल कुमार श्रेष्ठ, दोहा   एनआरएन कतारको समन्वयमा  कतारमा  स्थापित संघसस्थाहरुले सयुक्त रुपमा नेपाली नयाँ बर्षको उपलक्ष्यमा सांगीतिक कार्यक्रम सहित शुभकामना आदान-प्रदान कार्यक्रम  हुने भएको छ ।  कार्यक्रम आयोजनाका लागी अहिले सम्म ३३ संघ-सस्थाहरुले सहभागिता जनाई सकेका छन् भने  अन्य संघ-सस्थाहरुलाई समेत सहकार्य गराउने कोशिश जारी रहेको एनसीसी महासचिव नन्द प्रसाद गर्वुजाले जानकारी दिएका छन्  ।   शुभकामना कार्यक्रमका लागी नै कतारमा नेपालका चर्चित आधुनिक गायक हेमन्त शर्मा कतारमा आउने भएका छन् । उनले आफ्ना जादुमयी स्वरले कतारमा नेपालीहरुको ढुकढु...

एनआरएन अभियन्ताहरु मलेसियामा

१८ मार्च, २०१७ काठमाडौं ।गैर आवसिय नेपाली संघको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन गैरआवासीय नेपाली संघका अभियन्ताहरु मलेसिया आईपुगेका छन्। एनआरएनए अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी लगायतका गैरआवासीय नेपाली अभियन्ताहरु क्वालालम्पुर आइपुगेका छन् भने विभिन्न देशबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ। सम्मेलनको औपचारिक कार्यक्रम आइतबार क्वालालम्पुरमा हुँदैछ। जसका प्रमुख अतिथि नेपालका परराष्ट्रमन्त्री डा। प्रकाशशरणा महत र अन्य अतिथिहरु नेपाल राष्ट्र बैंकका गर्भरनर डा। चिरञ्जीवी ...

काभ्रे सेवा समाज युएईले नेपाली नयाँ बर्षमा साँस्कृतिक साँझ २०७४ मनाउदै

दामोदर दाहाल, युएई काभ्रे सेवा समाज युएईले "नयाँ बर्ष बृहत सांस्कृितक साँझ २०७४" कार्यक्रम अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ नेपाली नयाँ वर्षको २०७४ को बिशेष अवसरमा संस्कृतिक साँझ मनाउने  भएको छ। बैदेशिक रोजगारीको शिलसिलामा युएईमा रहेका काभ्रेलीहरुको साझा सामाजिक संस्था काभ्रे सेवा समाज युएईले भर्खरै आफ्नो दोस्रो अभिबेसन पश्चात पहिलो कार्यक्रम सामाजिक सेवामा अभिप्रेरित भएर गर्न लागेको हो, सस्थाको मुख्य उदेश्य भनेको युएइमा रहेका काभ्रेलीहरुलाई एकिबद्धता गर्दै समाजसेवामा अभिप्रेरित हुनु नै रहेको छ। विशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले ...

एनआरएनए क्षेत्रीय सम्मेलनको तयारी पूरा

क्वालालम्पुर - गैरआवासीय नेपाली संघको पााचौं एसिया क्षेत्रीय सम्मेलन मार्च १९ तारिखका दिन क्वालालम्पुरमा हुादैछ। सम्मेलनमा जापान, हङकङ, मकाउ, सिंगापुर, थाईल्याण्ड, अष्ट्रेलिया, जर्मनी, साउदी अरेबिया, कतार, इण्डोनेसिया लगायतका देशबाट गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु सहभागी हुदैछन्।  सम्मेलनको उदद्दाटन परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गर्ने कार्यक्रम रहेको एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले बताएका छन्। महतसागै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जीवि नेपालको पनि कार्यक्रममा सहभागिता हुने बताइएको छ। सम्मेलनमा नेपाली कामदारको हित र लग...

प्रवासी नेपाली मंच युएई आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन्न

दामोदर दाहाल, युएई प्रवासी नेपाली मंच युएईले गत शुक्रबार १० मार्चका दिन अबुधाबीमा एक भेलाको आयोजना गरि आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन गरेको छ । प्रबासी नेपाली मंच युएई राष्टिय कमिटीका अध्यक्ष श्याम कंडेलको प्रमुख आतिथ्यतामा आबुधाबीको एक होटेलमा  सम्पन्न भएको उक्त भेलाले  पुन्य प्रसाद शर्मा ( पुस्कर) को अध्यक्षतामा १५ सदस्यिय आबुधाबी क्षेत्रिय समितिको गठन गरेको छ। जसमा उपाध्यक्षमा बुद्धि प्रसाद सापकोटा , सचिबमा विमल कार्की , सहसचिवमा सुमन तिमिल्सिना तथा सदस्यहरुमा पुरुषोत्तम सापकोटा ,चन्द्र दाहाल, अनु शिवाकोटी ,नरेश क्षेत्री, कर्ण ओलि, ...

रेमिटेन्स बैधानिक बाटो भन्दा पनि अबैधानिक बाटो हुदै जाने :- नेपाल राष्ट बैंक डेपुटी गभर्नर

दामोदर दाहाल, युएई नेपाल राष्ट्र बैकको बैदेशिक बचत सम्बन्धी अभिमुखिकरण कार्यक्रम बर दुबइको एक होटलमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चि न्तामणी सिवाकोटिको प्रमुख आतिथ्यतामा  सम्पन उक्त कार्यक्रममा नेपाली दूताबास युएइका कार्यबाहक राजादूत नेत्र बहादुर टन्डन, नेपाल बिजनेस काउन्सिल युएइका अध्यक्ष डा। आसिफ अली सिद्दिकी तथा गैर आवासिय नेपाली संघ युएइका अध्यक्ष सुदिप कार्की अथिती रहेका थिए। कार्यक्रमको संचालन राष्ट बैंककी ऋण व्यावस्थापन विभागकी निर्देशक सीता घिमिरेले गर्नु भएको थियो भने बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले स...

नेपाल भारत सिमामा पर्खाल लगाउनका लागि दुबईमा नेपालीहरुले जम्मा गरे १७ करोडौं (भिडियो सहित)

हाल सालै कन्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाबल (एसएसबी) द्धारा एक नेपाली नागरिक गोविन्द गौतमको गोली हानी हत्या गरेपछि स्वदेशदेखि बिदेशसम्म आक्रोशित नेपाली नागरिकहरुले नेपाल भारत सिमानामा तारबार लगाउनको लागी सरकारसँग माग गर्दै करोडौं रकम सहयोग गर्ने घोषणा गरेका छन । आर्थिक सहयोगको घोषणा गर्ने क्रममा ई। हिमाल गिरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन । त्यसैगरी नेपाल पत्रकार महासंघ युएईका सचिब मेघराज सापकोटा, बरिष्ठ समाजसेवी डि.एल शर्मा लागायतले एक महिनाको तलब दिने घोषणा गरेका छन भने धेरै जनाले एक महिनाको जनश्रमदान सहित आफुले सक्दो आर्थ...

हङकङमा यसरी गुञ्जियो - नेपथ्य (भिडियोसहित)

हङकङमा आइतवार बेलुकी आयोजित कार्यक्रममा यसरी गुञ्जियो नेपथ्य।।। हेर्नुहोस्................ भिडियो :- 

मन्दिर निर्माणमा युवा जुटे

बाबुराम थापा ( मलेसिया ) गुल्मी पिपलधाराबाट हाल देश तथा बिदेशमा छरिएर रहेका युवाहरु सांस्कृतिक सम्पदा संरक्षणमा एकजुट भएका छन।जीर्ण अवस्थामा रहेको सांस्कृति एवं परम्पराको धरोहर श्री खड्क छत्रकोट मन्दिर निर्माणमा युवाहरु लागिपरेका छन ।  पिपलधाराको मुख्य स्थानमा रहेता पनि स्थानिय राजनैतिक किचलोका कारण ओझेलमा परेको धार्मिक स्थल पुनर्निर्माण समिति गठनगरि  युवहरुले अभियान चलाएका हुन । वि. स. २०४६ सालमा चौबिसे राज्य अन्तर्गत धुर्कोटकोटको शाखाको रूपमा स्थापना भई मिति २०७१ जेठ १२ गते नेपाल सरकार अन्तर्गत जिल्ला प्रशासन गुल्मीमा दर्ता समेत भएको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top