नेपाली समाचार


राजधानीको कागेश्वरी मनोहरामा त्रिपक्षीय भिडन्त

राजधानीको कागेश्वरी मनोहरामा त्रिपक्षीय भिडन्त :- २८ मार्च,२०१७ - काठमाण्डौं जिल्लाको पूर्वी क्षेत्रका गाविसहरु समेटेर बनेको कागेश्वरी मनोहरा नगर पालिकामा स्थानीय चुनावको सरगर्मी बढेको छ ।  यस नगरपालिकाको स्थानीय चुनावको मैदानमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायतका दलहरु रहेका छन् र यी ३ पार्टीहरुबीच नै मुख्य चुनावी भिडन्त हुने यस क्षेत्रका राजनीतिक जानकारहरु बताउँछन् । त्रिपक्षीय भिडन्तमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था समेत यस क्षेत्रमा सबल रहेको बताइन्छ ।  कुल २७ हजार ५ सय ४ मतदाता रहेको यस नगरपालिकामा सबैभन्दा बढी मतदात...

काठमाडौं महानगरपालिकाका भावी मेयरमा यी अनुहार चर्चामा छन्

२७ मार्च, २०१७ काठमाडौं । काठमाडौं महानगरपालिकाको भावी मेयर पदका लागि विभिन्न राजनीतिक दल सम्बद्ध युवाहरुको नाम यतिबेला जोडतोडका साथ चर्चामा रहेका छन् । हाल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका युवाहरुको नाम चर्चामा रहेको छ ।

पार्टी हित विपरित लागेको भन्दै नयाँ शक्तिद्वारा ४ केन्द्रीय पार्षद्ललाई पार्टीबाट निष्कासन

२७ मार्च, २०१७ काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पार्टीको हित विपरित लागेको तथा स्थानीय चुनावका विषयमा पार्टीले लिएको नीतिको विरोधमा लागेको भन्दै आफ्ना ४ जना केन्द्रीय पार्षद्लाई पार्टीबाट निष्काशन गरेको घोषणा गरेको छ ।

आज घोडे जात्रा, उपत्यकामा सार्वजनिक विदा

२७ मार्च, २०१७ काठमाडौं । आज चैत्र कृष्ण औंशी अर्थात् घोडे जात्रा । काठमाडौ उपत्यकामा आज घोडे जात्रा पर्व मनाईँदै छ । हरेक वर्ष चैत्र कृष्ण औंशीका दिन घोडे जात्रा पर्व मनाउने चलन अनुसार यो वर्ष पनि काठमाडौंमा घोडे जात्रा मनाइएको हो । उपत्यकाका नेवार समुदायले यस दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउने गर्दछन् ।

शिक्षामा लगानी गर्नेहरु भन्छन् : लगानी बालुवाको पानी भयो

२७ मार्च, २०१७ काठमाडौं । शिक्षासँग सरोकार राख्ने अभिभावक संघ नेपाल, प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सरकारको कमजोरीकै कारण नेपालको शैक्षिक क्षेत्रको बिकास हुन नसकेको आरोप लगाएका छन् । 

चिनियाँ राष्ट्रपतिसँग भेटेपछि प्रधानमन्त्री दहाल प्रफुल्ल

२७ मार्च, २०१७ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्टछलफल भएको वताउनु भएको छ ।

कतारी राजदूतले भेटे गृहमन्त्रीलाई

२५ मार्च, २०१७ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि कतारका राजदूत यूसुुफ बीन मोहम्मद अल–हैलबीच आज दिउँसो भेटघाट भएको छ ।

क्षेत्रीय सुरक्षा गोष्ठीमा पूर्वाञ्चलका सुरक्षा प्रमुुखलगायत सहभागी हुँदै

२६ मार्च, २०१७ काठमाडौं । आगामी स्थानीय निकायको निर्बाचन सुरक्षा योजना र त्यसको कायान्वय सम्बन्धमा भोलि बिराटनगरमा पूर्बाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले क्षेत्रीय सुरक्षा नियकाका प्रमुखहरुलाई निर्बाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिनु हुने कार्यक्रम रहेको छ । बैठकमा पूर्बाञ्चल क्षेत्रको सुरक्षा अबस्थाका बारेमा छलफल हुनेछ । 

चितवनमा माओवादी केन्द्रले थाल्यो चुनावी अभियान

२६ मार्च, २०१७ काठमाडौं । निर्वाचन आयोगले स्थानिय निर्वाचनको तयारी तिव्र पारेसँगै नेकपा माओवादी केन्द्र चितवनले पनि आफ्नो चुनावि तयारी तिव्र पार्दै लगेको छ । यस क्रममा माओवादी केन्द्रका केन्द्रीय नेता तथा स्थानिय नेता कार्यकर्ता संगठन सुद्रिधिकरण र घरदैलो कार्यक्रममा लागि परेका छन् । 

काठमाडौंमा चैत्र तेश्रो साता अन्तराष्ट्रिय फ्लोरा एक्स्पो हुँदै

२६ मार्च, २०१७ काठमाडौं । शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ काठमाडौंमा हुने भएको छ ।

दल दर्तामा निर्वाचन अयोगले विदेश गरेको चुरे भावरको आरोप

२५ मार्च, २०१७ काठमाडौं ।  चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्री न्यौपानेले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता गर्दा ठूला पार्टीहरुलाई काखी च्यापेको तर साना पार्टीहरुलाई बेवास्ता गरेको आरोप लगाएका छन्। पार्टीको काठमाडौं जिल्ला कार्यालय उद्धघाट्न गर्दै अध्यक्ष न्यौपानेले यस्तो बताएका हुन्।

नयाँ बसपार्क अगाडिको होटलमा भीषण आगलागी, लाखौंको क्षति

५ मार्च, २०१७ काठमाडौं । काठमाडौंको नयाँ बसपार्क अगाडि रहेको एक होटलमा भीषण आगो लागेको छ । 

उपेन्द्र यादवले खोजे प्रचण्ड सरकारको विकल्प, एनसेललाई कर छुट दिएको आपत्ति

२५ मार्च, २०१७ काठमाडौं ।  संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने आवश्यकता औल्याउँदै प्रचण्ड नेतृत्वको सरकारको विकल्पको संकेत गरेका छन ।

एक अर्कामा दोषारोषण गर्दैमा व्यस्त छन् नेताहरु

२४ मार्च, २०१७ काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले निर्वाचनमा भाग लिए मधेशी मोर्चालाई नै फाईदा हुने स्पष्ट पारेका छन्। नेता खड्काले भने,‘अहिले स्थानीय तहको निर्वाचनमा भाग लिए मधेशी मोर्चालाई नै फाईदा हुन्छ, यो फाईदा उठाउनको लागि पनि उहाँहरु चुनावमा जानुपर्छ।

धुर्मुस सुन्तलीलाई सहयोगको ओइरो, कोरियाबाट १२ लाख

२४ मार्च, २०१७ काठमाडौं । रोजगारिको शिलशिलामा दक्षिण कोरियामा पुगेका स्वतन्त्र नेपाली युवाहरुको समुह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ले धुर्मुस सुन्तली फाउण्डेशनलाई ११ लाख ८४ हजार ८ सय ६३ रुपैया सहयोग गरेको छ । 

कोटेश्वर दुर्घटनामा एकजनाको मृत्यु, ३ घाइते

२४ मार्च, २०१७ काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । 

चुनाव गराउन ७५ हजार म्यादी प्रहरी भर्ना गरिँदै, ५३ वर्ष उमेर सम्मकाले आवेदन दिनसक्ने

२३ मार्च, २०१७ काठमाडौं । सरकारले आगामी बैशाख ३१ गतेका लागि तय गरेको स्थानीय तहको चुनाव सम्पन्न गर्नका लागि ७५ हजार म्यादी प्रहरीलाई भर्ना लिने भएको छ । त्यसका लागि गृहमन्त्रालयले आवश्यक सबै तयारी अघि बढाएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बेलायतमा भएको आतंकवादी आक्रमणप्रति नेपालको निन्दा

२३ मार्च, २०१७ काठमाडौं । बेलायतको संसद भवन बाहिर भएको आतंकबादी हमलाको नेपाल सरकारले भत्र्सना गरेको छ ।

चीनका रक्षामन्त्री नेपालमा, महत्वपूर्ण राजनीतिक भेटवार्ता र सम्झौता हुने

२३ मार्च, २०१७ काठमाडौं । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान काठमाडौं आइपुग्नुभएको छ ।

चीन भ्रमण महत्वपूर्ण बनाउने प्रचण्डको उद्घोष

२३ मार्च, २०१७ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।

राष्ट्रिय दल हुन ३ प्रतिशत मत र १ जना प्रत्यक्ष निर्वाचित हुनैपर्ने

२२ मार्च, २०१७ काठमाडौं । अब कुनैपनि राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउन कम्तीमा ३ प्रतिशत मत र १ जना प्रत्यक्ष निर्वाचन सभासद हुनैपनि प्रावधान लागू हुने भएको छ । राजनैतिक दल संबन्धि बिधयक पास भएसँगै अब यो व्यवस्था हुन लागेको हो । 

जर्वजस्ती निर्वाचन गरिए मुलुक द्वन्द्वमा फस्छ : बाबुराम

२२ मार्च, २०१७ काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले जर्वजस्ती रुपमा स्थानीय तहको चुनाव गराउन खोजिए मुलुकमा नयाँ द्वन्द्व हुने खतरा औंल्याउनुभएको छ ।

निर्वाचन अब कुनै हालतमा रोकिन्न : राप्रपा नेता राणा

२१ मार्च, २०१७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जबराले संबिधान संशोधनमा देखिएको लचकताले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसकिने बताउनु भएको छ । भक्तपुरमा गरिएको एक कार्यक्रममा बोल्दै जबराले मधेशका पार्टीहरुसँग सरकारले संम्वाद गरिरहेको र हिजोदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको र सबै दलहरु निर्वाचनमा होमिसकेको र संशोधन पूरा नभए पनि केही मात्रामा परिमार्जित गर्ने सहमती भएको भन्दै अब निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउनु भएको हो । 

अबैध तरिकाले बैंक खाताबाट करोडौं रकम निकाल्ने ८ जना पक्राउ

२१ मार्च, २०१७ काठमाडौं । प्रहरीले देशका विभिन्न बैंकमा रहेका ग्राहकका खाताबाट करोडौं रुपियाँ ठगिमा संलग्न ८ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेहरुले विभिन्न बैंकमा रहेका ग्राहकका खाताको डिजिटल कोडहरु अबैध तरिकाले प्रयोग गरी उनीहरुको खाताबाट रकम निकाल्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीको अपराध अनुसन्धान महाशाखाका अनुसार उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । 

भारतलाई नेपालको साथ सँधै चाहिन्छ : भाजपना नेता सिंह

२१ मार्च, २०१७ काठमाडौं । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद गोपालनारायण सिंहले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ऐतिहासिक रहेकोले आगामी दिनमा द्धिपक्षीय सम्बन्ध थप मजबुद हुने बताएका छन्।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top