जिल्ला समाचार


१६९ औं आध्यात्मिक सत्संग तथा किर्तन सम्पन्न

बुटवल - बुटवल ६ स्थित ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध स्थल श्रीराम मन्दिरमा १६९ औं आध्यात्मिक सत्संग तथा भजनकिर्तन कार्यक्रम सम्पन्न भएको छ ।  विश्व हिन्दु महासंघ रुपन्देहीको आयोजना तथा श्रीराम मन्दिर समितिको ब्यबस्थापनमा सम्पन्न सो नियमित सत्संग तथा भजनकिर्तन कार्यक्रममा संस्थाका का.व.अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले सत्संग र यसको महत्वबारे जानकारी दिदै धर्मले अनुसाशन पालना गरि सत्कर्म गराउन अभिप्रेरित गर्नेे बताएका थिए ।  कार्यक्रममा महिला समितिकी महासचिव सुजिता शेरचन, विश्वहिन्दु महासंघ रुपन्देहीका सदस्य चन्द्रमान श्रेष्ठ, पं.कृष्णप्...

विद्यालय व्यवस्थापन समिति गठन

बुटवल - विगत लामो समयदेखि गठन हुन नसकेको बुटवल उपमहानगर पालीका ४ स्थित ऐतिहासिक कान्ति माविको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । एकबर्ष अघिदेखि राजनैतिक खिचातानी, अस्वस्थ चलखेल लगाएतको सिकार बन्न बिवश कान्ति माविमा अन्ततः नेकपा एमालेका हेमानन्द शर्मा अध्यक्ष बनेका छन ।  बिभिन्न पार्टीहरु बिच भएको गठबन्धन र भागबण्डाका आधारमा नवगठित समितिमा प्रत्यक्षतर्फ अजमाहद् मिया, मिना ढकाल, मञ्जु ज्ञवाली तथा मनोनित सदस्यतर्फ कृष्णप्रसाद भुसाल र निर्मला दुलाल चयन भएका छन् । त्यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा स्वतन्त्र उम्मेदबार नरेन्द्र दर्जी चयन भएका छन । &...

सिन्धुपाल्चोकमा नाग माता र देवी माता बिच झगडा लाईभ भिडियो

हाम्रो देश नेपाल बिभिन्न भाषा धर्म संस्कृती रहन सहनमा निकै अग्र स्थानमा देखिन्छ । नेपालमा धेरै हिन्दू हरु रहेकोले पनि धार्मिक अस्तित्व बढेको हो । यसै क्रममा सिन्धुपाल्चोक मा यस्तो दृश्य देखियो कि मान्छे मा देउता चढेर म नाग माता हुँ र म देवी माता हुँ भनेर मानिस नै कराए पछी यस्तो भयो । हेर्नु होस् पुरा भिडियो ।

अमेरिका, यूरोप वा अिन्य देशको चक्करमा हुनुहुनछ ? पहिले नै जानौं आफ्नो लागि कुन देश राम्रो ? (भिडियो)

नेपालीहरु बिदेश जान्छन्, राम्रो भएन भन्छन् । कति पय लाखौं खर्च गरेर पनि अन्तरवार्तामा फलिन्छन् । हामी दिबशे जानुपूर्व कुन देश मेरो लागि उपयुक्त छ रु कुन दिशातर्फको देश जान उपयुक्त हुन्छ रु त्यहि अनुसार बिदेश गएमा सबै राम्रो हुने ज्योतिष बिज्ञानले भनेको छ ।  बिदेश जाने बेलमा सबैभन्दा पहिले शनि ग्रहको शान्ति गर्ने चलन बढी छ । किनकी शनि ग्रह राम्रो छैन भने कुनै पनि आंटेको काम पुरा हुदैन भन्ने मानसिक्ता सबैमा छ । किनकी शनि बलवान भएमा मात्र बिदेश राम्रो हुन्छ । कुन देश र कुन दिशा राम्रो हुन्छ भन्ने कुरा कुन ग्रह कतिको अंकमा बसेको छ भनेर हेरेर भन्न सकिने ज्योतिष बिज्ञ...

लाखे पुजाको प्रसाद खाएपछी बितण्डा भयो (लाईभ भिडियो)

प्राचिन परम्परामा नुवाकोट धेरै अगाडी छ । त्यसैले कती पय ले नुवाकोट लाई दोश्रो काठमान्डौ भनेर पनि चिन्ने गरेका छन् ।  काठमान्डौ जिल्ला संग सिमाना जोडिएको जिल्ला धेरै पहिले राजा हरु बिच पनि निकै राम्रो सम्बन्ध रहिआएको इतिहासमा पढ्न पाईन्छ । बिभिन्न देवी देवालय हरुको पुजा तथा धार्मिक कार्यमा पनि निकै अगाडी छ नुवाकोट । यसैक्रममा देविको लाखे पुजा गर्ने क्रममा  देबिको प्रसाद खाएपछी यस्तो बितन्डा भयो । भिडियो हेर्नुहोस् ।   

५३ बर्षेको उमेरमा कक्षा ३ पढ्दै करोडपति गोमा पराजुली( अन्तरबार्ता )

शिक्षा मानिसको दृष्टि हो तर मानिसहरु यसलाई हलुका तरिकाले लिने गर्दछन । र यसलाई सम्पति पछिको दोस्रो दर्जामा राख्छन । अन्तत महसुस हुन्छ साचिक्कै शिक्षा अपरिहार्य कुुरा रहेछ भन्ने महशुस गर्छन । पोखरा १९ महतगौँडा निवासी गोमा पराजुली विद्यालय जाने उमेरमा घास दाउँरा र मेलापातमै रमाउनु भयो । जव उहाँ ५२ वर्ष पुगेर ५३ वर्षमा लाग्नु भयो उहाँलाई पढाईको महत्वको वारेमा थाहा भयो । र उन्नत निर्णय गर्नुभयो अव म विद्यालय जन्छु । त्यसपछि उहाँ महोतगौडामै रहेको जानकी आधरभुत विद्यालयमा कक्षा १ मा भर्ना हुनुभयो । परिवारलाई सम्पन्न वनाएर आफ्नो कर्तव्य पूरा भएको महसुुस गर्नुभएकी ...

सप्तरी पुगेर प्रचण्डले बाढीपिडित लाई के भने ?

पछिल्लो चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढीले सिरहा र सप्तरी जिल्लामा ठूलो क्षति पुर्याएको छ। सप्तरीको खाडो, जिता, महुली लगायत नदीमा आएको बाढीको पानीले जिल्ला सदरमुकाम राजविराजसहित जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्। यसै गरी नेकपा माओबादी केन्द्र का अध्यक्ष तथा पूर्व प्रधान्मन्त्री पुस्प कमल दाहाल राहत लिएर पुग्दा सप्तरी मा यस्तो भयो । 

लायन्स सयपत्रीद्वारा बाढीपीडितलाई २० हजार सहयोग

हरिश ढकाल बुटवल, ३२ साउन  - केहिदिन यता परेको अविरल वर्षाका कारण बिचल्लीमा परेका नवलपरासीका बाढी पीडितहरुलाई लायन्स क्लव अफ बुटवल सयपत्रीले आर्थिक सहयोग गरेको छ । बाढी पहिरो जस्तो दैविप्रकोपबाट पीडितलाई थोरै भएको राहत प्रदान होस भन्ने उद्देश्यले नगद २० हजार तथा केही जिन्सी समान प्रदान गरिएको हो ।  नेपाली महिलाको महान चाड तीजको अवसर पारेर आयोजना गरिएको दरखाने कार्यक्रममा संकलन गरिएको उक्त रकम बाढी पीडितलाई प्रदान गरिएको क्लवका संस्थापक अध्यक्ष तथा रिजन चियरपर्सन सविना श्रेष्ठको भनाई छ । असहाय महिलाको स्वास्थ्य उपचार तथा अपाङ्ग बालबालिका सहयोगार्थ एवं ...

बनेपाको एक होटलमा ग्यास सल्किएर आगलागी (भिडियो सहित)

काभ्रेको बनेपा नगरपालिका–८ तिनदोबाटो स्थित करुणा मार्गमा आगलागी हुँदा ६ वटा पसलमा क्षति पुगेको छ । मंगलबार विहान १० बजे ईन्द्रीणी मःम होटलबा शुरु भएको अगलागीले अन्य पाँच होटल तथा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय बनेपाका इञ्चार्ज अनिल घिमिरेका अनुसार आगलागीबाट न्यू फ्रेडसिप टेलरिङ्ग सेन्टर, भीमेश्वर सर्टिङ्ग सुटिङ सेन्टर र एउटा कस्मेटिक पसल लगायत अन्य ३ वटा होटलमा सामान्य क्षति पुगेको छ । आगो नियन्त्रणका लागि बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाको मिनि दमकल र भक्तपुरबाट जुद्धवारुण यन्त्र झिकाए...

बाढी पीडितलाई रोटरीद्वारा राहत वितरण

बाढी पीडितलाई रोटरीद्वारा राहत वितरण उर्लाबारी, २९ साउन  अबिरल बर्षासँगै स्थानीय खोलामा आएको बाढीबाट प्रभावित मोरङको उर्लाबारी–८ र ९ का ३८ परिवारलाई रोटरी क्लब अफ उर्लाबारीले सोमबार राहत वितरण गरेको छ । स्थानीय राते होलीबाट विस्थापित उर्लाबारी–८ लखनडाँडाका १८ परिवारलाई भुजा, झुल, म्याट, नुनलगायत खाद्य सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक तारामान सेरेङले जानकारी दिएका छन् । सोही टोली बक्राहा खोलाबाट पूर्ण रुपमा क्षति पु¥याएको उर्लाबारी–८ बगर टोलका १४ परिवारलाई चामल, झुल, म्याटलगायत खाद्य सामग्री राहत स्वरुप प्रदान गरेको छ । त्यस्तै, मावा खोलाबाट ...

७५ बर्शिय आमाको मार्मिक तीजको गीत

तीज नजिकीदै गर्दा बजारमा भिभिन्न तीजको गीतहरु  आइरहेको छ ।  कुनै राम्रा त कुनै नराम्रा याद रहोस ।  बिगत २ ३ वर्ष देखि  भड्किलो तीज गीतले नेपालीलाई  हैरान परेको थयो तर बिगत ५० वर्ष आगाडी को तीज गीत कस्तो हुन्छ,  भन्ने सायद थोरै लाई मात्र थाहा होला । यसै बीच स्यांग्जा को ७५ बर्शिय आमाले यसरि सम्झनु भयो । जुन गीत गाउदा  गाउदै पहिलेको गीत सम्झदै गर्दा आखाबाट आसु रोकीए ।

पोखरामा भेटियो डेढ लाखको भाले

पोखरा लेखनाथ महानगरपालिका को डाँडाको नाक मा रहेको पोल्ट्री फार्म मा रहेको एउटा खुकुराको भालेको मुल्य एक लाख पचास हजार रहेको छ  ।  पोखरा लेखनाथको यो फर्म मा रहेको कुखुरा सायद नै पाउन सकिन्छ  । सामान्य कुखुरा को मुल्य २ /४ हजार त सबैले सुनेकै कुरा हो तर अचम्म लाग्ने कुरा एउटा कुखुरा को भालेको मुल्य १,५०,००० एक लाख पचास हजार भन्ने सुन्दा धेरै मान्छे अचम्म मा पर्ने गरेका छन्  । औसत कुखुराको आयु कति हुन्छ भन्ने कसैलाई थाहा नै छैन  । तर यो कुखुरा उमेर ले १५ वर्ष पुगेको र मुल्य कसरि एक लाख पचास हजार हुन गयो भन्ने जान्न हामीले त्यस कुखुरा मा मालिक राजेन्द्र अ...

नखेलौं यस्तो ज्यानमारा गेम, जुन गेम काल बन्न सक्छ (भिडियो सहित)

के तपाई अनलाईन गेम खेल्नु हुन्छ रु गेम खेल्ने बानी छ भने अब तपाईले कुन गेम खेल्ने भन्ने कुरा सोच्न पर्ने हुन्छ । बिशेषत  अनलाईनबाट गेम खेल्ने बानी त्यो पनि अल्ली रोचक खालको गेम खेल्ने पारखीलाई भिडियोमा भनिएका गेमहरु खतरनाक हुन्छन । पोकेमन जस्ता जेम जो केही पाउनको लागी कता कता भौतारीनुपर्ने खालको थियो ।  गेम खेल्दा जोखिम मोल्दै खेल्नेहरु पनि छन् । पछिल्लो समय एउटा अनलाइन गेम ब्लू व्हेलको भयानक ट्रेण्ड चलिरहेको छ । गेमका कारण अभिभावकहरु आफ्ना बच्चाबच्चीको सुरक्षालाई लिएर चिन्तित हुन थालेका छन् । यस्ता निरासावादी अनलाइन गेमको चपेटामा परेर कतिपय बच्चाबच्ची त...

पोखरामा मात्र किन हुन्छ झड्प ? फेरी भयो अर्को कुटाकुट (भिडियो)

गत हपता जग्गाको कारण झडप सृजना भएपछि प्रहरी, अमिन र जग्गधनीबीचको तमासा समाजिक संजालमा चर्चाको बिषय बन्यो । जग्गा धनीले जमिन नाप्न दिई अमिनको नाप्ने फित्तानै चपाएर चुडाएकी थिईन् । फेरी पोखराको सस्तो बजारमा व्यपारी र प्रहरीबीचमा अर्को झडपको सृजना भएको छ ।  । झडपमा परी एकदर्जन बढी व्यवसायी घाईतेसमेत भएका छन् । नेपाल बायु सेवा निगमको स्वामित्वमा रहेको उक्त सस्तो बजार हटाउने षड्यन्त्र स्वरुप ३५ दिन अघि ताला बन्दी गरिएको थियो । उक्त षड्यन्त्रका विरुद्ध त्यहाँका व्यवसायीहरु आन्दोलन गर्दै आइरहेका छन् । सस्तो बजारमा लगाइएको ताला फोरेर आ–आफ्नो स्टोरमा प्रवेश गर्न...

८४ बर्सिय हजुरबुवाको दर्दनाक जिबनको कथा..............

नेपाली समाजमा बुवा-आमा भन्ने बितिकै  भगवानसरि मानीन्छ ? तर हिजो  आज यो उल्टो भईरहेको देखिन्छ । हामि हाम्रो समाज कसरि अगाडी बढाउने हाम्रो हातमा रहेको हुन्छ ।  तर हाम्रो समाजमा घरेलु हिँसा दिन प्रतिदिन धेरै हुदै गइरहेको छ । बुवा आमालाई बुढेसकालमा लैजाने क्रम बढिरहेको छ । हो कोही-कोही यति निर्द यी हुन्छन् ।  जुन आफुलाई नौ महीनासम्म कोखमा राखेर ढुध खुयाएको यसरि बिर्सेदा रहेछन भीडीयो हेर्नुहोस् :_

पोखरामा सधै झैँ यसपाली पनि मेला महोत्सबको रौनक

तीज झन् झन् नजिकिदै गर्दा मेला महोत्सबको राजधानी भनेर चिनिने पोखरा लगायत वरिपरिको ठाउमा सधै झैँ  यसपाली पनि मेला महोत्सब सुरु हुने क्रममा छ । यसै क्रममा खैरेनिटारमा पशुपति र चन्द्र कार्कीको चर्कचर्की पर्न ग-यो  । लोक संगीतलाई अहीलेको स्थानसम्म  पुरौन हामी लगायत कलाकारको पनी ठुलो महत्यो रहेको छ । तीजसंगै गाएको लाईभ तीज गीत ।

नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा सम्मान

बुटवल, १५ साउन । हालै नवनिर्वाचित जनप्रतिनिधीलाई आज एक समारोहका बिच धार्मिक संस्थाले सम्मान गरेको छ । बिश्व हिन्दु महासंघ रुपन्देही, श्री नवजागृती पुस्तकालय,  सिद्धबाबा दुर्गाभवानी शिवकुमारी बृद्धाश्रम र नवजागृती सामाजिक भवन ट्रष्ट, बुटवल–४ ले एक कार्यक्रमको आयोजना गरि बुटवल उपमहानगरका बिभिन्न वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

लुम्बिनी ढुवानी ब्यबसायी संघको चौथो बार्षिक उत्सव बृहत् ट्राफिक जनचेतना र्याली आयोजना

हरिश ढकाल, बुटवल, १५ साउन । सवारी साधनको गति कम गरौं, आफु पनि बाँचौ र अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको चौथो बार्षिक उत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । तिन दिनसम्म बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको बार्षिक उत्सव कार्यक्रमको अन्तिम दिन आज बृहत् ट्राफिक जनचेतना र्याली आयोजना गरियो । बुटवलको राजमार्ग चौराहबाट शुरुभएको सो र्याली मिलनचौक, अस्पताललाईन, अमरपथ, गोलपार्क, ट्राफिक चौक, नेपालगन्जरोड  हुँदै मजदुर संघको भवनमा पुगेर सभामा परिणत भएको थियो ।

समाज अघि बद्न नारीहरु जाग्नु पर्छ

कास्की - हरेक क्षेत्रमा नारीहरुको सहभागिता अनिवार्य हुनु पर्ने मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य कल्पना थापा मगरले बताउनु भएको छ । शनिबार तमु सेवा समाजको सभाहल नयाँ बजारमा कास्की जिल्ला सभा र पो.ले.म.न.पा. द्वारा आयोजित संयुक्त परिचयात्मक भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थापा मगरले मंगोल नारीहरु राजनैतिक तथा सामाजिक क्षेत्रमा सक्रिय सहभागिता जनाउनु पर्ने बताउनु भएको हो ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापा मगरले  नारीहरु शिक्षित चेतनशील नभइ समाज, राष्ट्र अघि बढ्न नसक्ने भन्दै जुझारु र समाजलाई नेतृत्व गर्दै अघि बढ्नु पर्ने जोड ...

सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार मोरङका दुई पत्रकारलाई प्रदान गरिने

उर्लाबारी - मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार मोरङका दुई पत्रकारलाई प्रदान गरिने भएको छ । नागरिक दैनिकका पत्रकार चुमन बस्नेत र पथरीकै रेडियो सिम्रिकका लोकबहादुर चौहानलाई जनही १०–१० हजार रूपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिने भएको ‘स्व.सूर्य बहादुर सोम्याहाङ राई र स्व. जगत बहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार’को अक्षयकोषका संयोजक गोपाल काफ्लेले जनाकारी दिएका छन् । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ ...

दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारीकी मञ्जु धिमाल राईलाई युवाद्बारा सहयोग

उर्लाबारी-  दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ की २७ वर्षीया मञ्जु धिमाल राईको उपचारका लागि युवाहरुले सहयोग गरेका छन् ।  आज अशोक जगेवु, विकल राई, योगराज लाबुङ, मिलन निरौला र विशाल लिम्बूले १० हजार रुपैयाँ सहयोग गरेका हुन् । ६ महिना अघि श्रीमान्को मृत्यु भएपछि दैनिक गुजारा गर्न सकस परिरहेकै बेला उनी मिर्गाैलामा खराबी देखिएपछि थप पीडित भएकी थिइन् ।  दुई सन्तानकी आमा समेत रहेकी मञ्जुको उपचारका लागि सहयोग गरिदिन परिपारले आग्रह गरेको छ ।  गत दुई महिनादेखि मिर्गाैला रोगबाट थलिएकी उनी काठमाडौंमा मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले सुझाब द...

रक्तसञ्चार सेवा दिवस

नेपाल रेडक्रसले देशका७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रक्त सङ्कलन गरी तीनलाख ३७हजार तीन सय २१ विरामीलाई रगततथा रक्ततत्ववितरण गरेको छ । यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलनकार्यक्रमहरु सञ्चालन भएका छन् ।  नेपालमा रक्तसञ्चार स्थापनाभएको ५१ औँ वर्ष पुगेको उपलक्ष्यमाआज काठमाडौँमाआयोजितवार्षिकोत्षवकार्यक्रममा यो जानकारी दिइएको हो । अहिले काठमाडौँमा केन्द्रीय स्तरको, विराटनगर, नेपालगञ्ज, पोखरा र चितवनमा गरी चार स्थानमा क्षेत्रीय स्तरको, २२ वटा जिल्ला स्...

बनेपा पुलबजार बर्षातमा जलमग्न

दामोदर दाहाल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा बर्सेनि परेको अबिरल वर्षाका कारण बनेपा जलमग्न  हुदै आएको छ । अबिरल वर्षाका कारण बनेपास्थित बसपार्क, पुलबजार, नयाबस्ती, थापागाउ आदि जलमग्न हुदाँ सवारीसाधन तथा स्थानीयबासीले हेरेक बर्ष कठिनाइ सहदै आएका छन। बर्षायाममा पुन्यमति खोलामा पानीको बहाब बढ्दै जाने भएको कारण र खोला साँगुरो भएका कारण पानीको बहाब बस्तीमा छिर्ने मुख्य समस्याले बर्सेनि खोला आसपासका घरहरु डुबानमा पर्दै आएका छन, गत बर्ष केहि व्यक्तिले ज्यान समेत गुमाएका थिए। बिशेष गरि पानीको बहाब सडकमै आउदा सडक समेत अवरुद्ध हुने हुँदा काठमाडौँबाट बनेपा ...

भिडियोमा हेर्नुहोस् कसरी ट्रकको पाङ्ग्रा फुस्कीयो

सामान बोकेर तिब्र गतिमा आउदै गरेको ट्रकको पाङ्ग्रा फुत्किन लाएपछि अनियन्त्रित भएको ट्रक सडक नालीमा पुगेर पल्टिएको छ । चितवनबाट सामान बोकेर आउदै गरेको ट्रक तनहुको थर्पु नजिकै पुग्दा चालकले ट्रक अनियन्त्रित भएपछि रोक्न खोजे । रोक्न नपाउदै अगाडी को दाया पाङ्ग्रा आवश्यक भन्दा बाहिर निस्कीएको थाहा पाए । ब्रेक लाउदा लाउदै ट्रक सडकको नालीमा गयो र धसियो । ट्रक धसिएपछि ट्रकको अगाडीको भागमा नराम्रो संग क्षती भयो धन्न भाग्यले चालक र सहचालक बाँचे पछि प्रहरी र स्थानीयको पहलमा क्रेन ल्याएर धसिएर बसेको ट्रकलाई निकालेर अबरुद्ध बाटो खुलाएका थिए । ( भिडियोमा हेर्नुहोस् क...

सन्तानका निम्ति भएपनि बाच्नु छ :- मिर्गौला रोगी मन्जु

साउन १०,  उर्लाबारी–६ की २७ बर्षीया मञ्जु धिमाल राईको दुवै मिर्गौला फेलभएपछि उनी र उनको परिवार उपचारका सहयोगको लागि भौतारि रहेको छ ।   ६ महिना अघि श्रीमानको मृत्यु भएपछि दैनिक गुजारा गर्न समेत सकस परिरहेकै अवस्थामा मिर्गौलामा खराबी देखिएपछि मञ्जु माथी थप पीडा थपिएको छ ।   नावालक दुई सन्तानकी आमा समेत रहेकी मञ्जुलाई उपचार खर्च जुटाउन र लालाबालाको पालनपोषण गर्न यतिबेला धौधौ परेको छ । गत दुई महिनादेखि मिर्गौला रोगबाट थलिएकी उनलाई काठमाडौंमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले सुझाब दिएको बताउँछिन् ।    सरकारले डाइलोशिसमा निःशुल्क गरे...

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top