मुख्य समाचार


प्रादेशिक चुनावमा कांग्रेसलाई जिताउन तयार रहनुस् – रामचन्द्र पौडेल

असोज ४, काठमाण्डौ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस सवैको भएको बताउनु भएको छ । नेपाल आदिवासी जनजाति संघले पार्टी कार्यलय सानेपामा आयोजना गरेको दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई संवोधन गर्दै वहांले भन्नुभयो –नेपाली कांग्रेसलाई नेपालका आदिवासी जनजातीको ठुलो योगदान रहेको छ । 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार छनौट गरी केन्द्रमा सिफारिस गर्नका लागि ने. कां केन्द्रीय कार्य सम्पादन समितिको निर्देशन

प्रेस विज्ञप्ति आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार छनौट गरी केन्द्रमा सिफारिस गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको २०७४ आश्विन १ गते बसेको बैठकले देहाय बमोजिम हुने गरी निर्णय गरेकोछ । 

३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै कांग्रेसको चियापान कार्यक्रम हुने

असोज ३, २०७४ प्रेस विज्ञप्ति वि.सं. २०३३ सालमा प्रवासबाट स्वदेश फर्कनु भएपछि जननायक बी.पी. कोइरालाले शुरु गर्नु भएको परम्परालाई निरन्तरता दिंदै दशैंको कोजाग्रत पूर्णिमाका दिन केन्द्रमा आयोजना गर्ने गरिएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आसन्न संसदीय र प्रादेशिक निर्वाचनका लागि आम जनता माँझ क्रियाशील रहनु पर्ने भएकाले सो कार्यक्रमलाई अझ व्यापकता दिनु पर्ने आवश्यकता बोध गर्दै केन्द्रको सट्टा यस वर्षको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ । 

“दलबदलु” नेतासंग होसियार रहन नेता के.सी.को आग्रह

वीरगन्ज,२८ भदौं - नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व शहरी विकास मन्त्री अर्जुन नर्सिंह केसीले निर्वाचन पिच्छै नै पार्टी परिवर्तन गर्ने र सशस्त्र द्वन्द्वकालमा व्यपारीबाट रकम उठाउन लगाई कमिसन खाने उम्मेदवारसंग होसियार रहन वीरगञ्ज महानगरपालिकाबासीलाई आग्रह गर्नुभएको छ।  उहाँले जनताको अधिकारका नलडेका र पदकालागि निर्वाचन पिच्छे पार्टी परिवर्तन गर्दै आएका व्यक्तिले महानगरमा स्तरोन्नति भएको वीरगञ्जको पूर्वाधार विकास र महानगरवासीका आवश्यकतालाई पूरा गर्न नसक्ने उहाँको कथन थियो ।            नेपाली काङ्ग्रेस वीरगञ्ज महानगर समितिले मंगल...

वीरगञ्ज महानगरका सात वडामा आज साँझ कांग्रेसको प्रचारसभा

वीरगञ्ज (पर्सा) ,२७ भदौ - नेपाली काँग्रेस पर्सा र वीरगञ्ज महानगर समितिको आयोजनामा आज मंगलबार साँझ विरगञ्ज महानगरपालिकाका सात वटा वडाहरुमा प्रचार सभा आयोजनाहुने भएको छ । महानगरको वडा नम्बर ११, १२ र १३ को मुरलीचौकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को उपस्थितिमा साँझ ०६ः०० बजे विशेष चुनावी सभा आयोजना गरिएको छ । त्यस्तै वडा नम्बर ८ को पा नीट्यांकीमा साँझ ०६ः०० बजे आयोजनाहुने कार्यक्रममा नेताहरु ईश्वर भक्तश्रेष्ठ, प्रकाशउपाध्याय, रामनारायण कुर्मी, कन्हैया झा, दिलिप कार्की, रोशन लामिछाने, प्रेमशंकर सिँह लगायतको सहभागिता रहने नेपाली कांग्रे...

महानगर प्रमुखका उम्मेदवार अजय द्विवेदीको घरदैलोमा केन्द्रिय नेता के.सी.

वीरगञ्ज(पर्सा ), २७ भदौ - नेपाली काँग्रेसका तर्फबाट प्रदेश नं २ को एकमात्र महानगरपालिका घोषित वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा उम्मेद्वारी दिनु भएकायुवा नेता अजय द्विवेदीको पक्षमाजनमत जुटाउनका लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्यपूर्व मन्त्रीअर्जुन नरसिँह के.सी . वीरगञ्ज आइपुग्नु भएको छ ।  वीरगञ्ज आइपुग्नु भएका के.सी त्यस लगत्तै घरदैलो तथा चुनावी सभाहरुमा सहभागी भैरहनुु भएको छ । केन्द्रीय सदस्यकेसी सम्मिलित नेता तथा कार्यकर्ताहरुको टोलीले आज बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ को रानीघाट, श्रीपुर लगायतका टोलहरुमा घरदैलो सम्पन्न गरेको छ । घर...

नरनाथ लुइटेलको अध्यक्षतामा डेढ लाख निर्माण मजदुर आबद्ध क्यूपेक–नेपालको नेतृत्व सर्वसम्मत

काठमाडौ -  डेढ लाख निर्माण मजदुर आबद्ध नेपाल बिजुली,पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) को छैठौं राष्ट्रिय महाधिबेशनले नरनाथ लुइटेलको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रिय समिति निर्बिरोध चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा रामप्रसाद पाण्डे, शान्ता बस्नेत निर्बिरोध चयन  भएका छन् ।  यस्तै महासचिवमा गोपाल कार्की, उपमहासचिवमा अम्बिरकुमार लिङदेन र स्मृती लामा, सचिवहरुमा राजेन्द्र विष्ट, दिवाकर पोखरेल र महिला सचिवमा यमकली तङ्नामी मगर चयन भएका छन् । त्यस्तै प्रदेश सचिवहरुमा मुक्तिनाथ गिरी, मानबहादुर विक,योगेन्द्र शर्मा सुतीहार, सोमबह...

एनआरएनए अमेरिकाकीे चुनावः रबिनालाई जिताउने माहोल बन्दै

अहिले एनआरएन अमेरिकामा चुनावी माहोल तासिरहेको छ । अध्यक्ष पद्का बलिया उम्मेद्वारमध्येकी एक महिला उम्मेद्वार रबिना थापा पनि कडा चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ । विगत १५ वर्षदेखि विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्यमा अग्रसर रहनु भएकी उहाँको अध्यक्ष पद्को उम्मेद्वारीले सम्पूर्ण अमेरिका बासी नेपाली समाजलाई उत्साहित बनाएको छ । थापा हाल एनआरएनए अमेरिकाको उपाध्यक्ष हुनुहुन्छ ।

नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै वाढी पीडितलाई आर्थिक सहयोग जुटाउन सबैलाई आवहाँन

  श्रावण २९, २०७४ प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेबहादुर देउवाज्यूको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक वस्यो । आजको बैठकले केही दिनदेखिको परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न स्थानहरुमा धनजनको ठूलो क्षति भएको र वाढी पहिरोबाट देशका विभिन्न जिल्लामा जनजिवन अस्तव्यस्त भएको छ । वाढी पहिरोबाट सुनसरी, झापा, सप्तरी, मोरङ्ग, वारा, पर्सा, सर्लाही, वाँके, पाँचथर, दाङ्ग , सिन्धुली, पाल्पा लगायतका जिल्लाहरुमा करीब ५० जना भन्दा बढी व्यक्तिहरुक...

सप्तरीको बाढिपीडितलाई क्षतिपुर्ति दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन २६ प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढिबाट भएको धनजन नष्टको तत्काल क्षतिपुर्ति दिन निर्देशन दिनुभएको छ । विहिबार प्रधानमन्त्रीले सप्तरीको स्थानीय प्रशासनलाई निर्देशन दिदै बाढिबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।

मेलम्ची पुगेर प्रधानमन्त्रीले भन्नुभयो :- ‘काठमाडौंको सपना छिटो पूरा गर्नुहोस्’

सिन्धुपाल्चोक, साउन २५ः प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंवासीको सपनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना जतिसक्दो छिटो पूरा गर्न निर्देशन गर्नुभएको छ ।   बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा प्रगतिको ‘व्रिफिङ’ लिँदै प्रधानमन्त्रीले जतिसक्दो छिटो काम सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीहरूलाई निर्देशन गर्नुभएको हो ।   ‘मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० बर्षभन्दा पुरानो सपना हो,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भन्नुभयो, ‘अब यो आयोजनालाई जतिसक्दो छिटो पूरा गरेर त्यो सपना साकार पार्नुपर्छ ।&rsqu...

क्यालिफोर्नियाका ४ वटा नेपाली लायन्स क्लबहरु को संयुक्त पदस्थापना भव्य रुपमा सम्पन्न

स्थानीय प्रतिनिधि ( सन् फ्रान्सिस्को ) क्यालिफोर्निया को लायन्स डिस्ट्रिक ४ सी -३ मा रहेका ४ वटा नेपाली लायन्स कल्बहरुको संयुक्त पदस्थापना कार्यक्रम भव्यरुपमा यहि जुलाई ३० मा हेवार्ड स्थित एउटा पार्टी प्यालेसमा सम्पन्न भएको छ । नया नेतृत्व सम्हाल्ने क्लब र त्यसका अध्यक्षमा क्रमश लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णा मा कौशल जेबी राणा , फ्रिमंट सगरमाथामा गगण पाण्डे , बर्कली मकालुमा बिजय तन्डुकार र सानलियनड्रो मनकामनामा गोपाल बस्नेतलाई भूतपूर्व काउन्सिल चियर डेनी ग्रोट्रियनले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख बक्ताको र...

रबिना थापा समुहको कनेक्टिक राज्यमा भव्य चुनावी कार्याक्रम सम्पन्न 

बिकास थापा ,  हेरिसर्बग ,अमेरिका गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचनको अध्यक्ष पदकी उमेदवार रबिना थापा लागाएत उहाँका समुहका उपाध्यक्ष पदका उमेदवार तथा लोकप्रिय लोक गायक सुमन बुढामगर ,महासचिव पदका उमेदवार महेश मल्ल ,बोर्ड अफ डाईरेक्टरका उमेदवार मन मोहन (मोहन) वाइवा साथै भविन्द्र शेपुजा लगायतको टोली चुनाव प्रचार प्रचार तथा भेटघाट अभियानलाई तिब्र बनाउनको लागी अमेरिकाका पूर्बी राज्याहरू म्यासाच्युट ( बोस्टन ) ,कनेक्टिक,न्यू ह्याम्सफिएर लागायत राज्यहरूको भ्रमणममा निस्किनु भएको छ । यसै सिलसिलामा हिजोको म्यासच्युट बोस्टनको भव्य कार्याक्रम समापन पछि आज जुल...

रबिना थापाको समुहको चुनावि अभियान तीव्र

बिकास थापा  हेरिसर्बग , अमेरिका  गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचनको अध्यक्ष पदकी उमेदवार रबिना थापा लागाएत उहाँका समुहका उपाध्यक्ष पदका उमेदवार तथा लोकप्रिय लोक गायक सुमन बुढामगर ,महासचिव पदका उमेदवार महेश मल्ल ,बोर्ड अफ डाईरेक्टरका उमेदवार मन मोहन (मोहन) वाइवा साथै भविन्द्र शेपुजा लगायतको टोली चुनाव प्रचार प्रचार तथा भेटघाट अभियनलाई तिब्र बनाउनको लागी अमेरिकाका पूर्बी राज्याहरू म्यासाच्युट ( बोस्टन ) ,कनेक्टिक,न्यू ह्याम्सफिएर लागायत राज्यहरूको भ्रमणममा निस्किनु भएको छ । अमेरिकामा यी राज्याहरू नेपाली समुदायको बाक्लो उपस्थिति र बसोबास भएका राज...

३५औं बी पी स्मृति दिवसमा मनाइयो

६ साउन २०७४, काठमाडौं । वीपी कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा वीपी विचार राष्ट्रीय समाज, काठमाडौ जिल्ला समितिको आयोजनामा "राजनेता वीपी कोइराला र वर्तमान नेपाली राजनीति" विषयक एक विचार गोष्ठी आज काठमाडौमा सम्पन्न भयो ।  कार्यक्रममा प्रमुख अतिथिको आशनबाट वोल्दै समाजका केन्द्रीय सभापति माननीय कुलबहादुर गुरूंगले ओखलढुंगा काण्ड पछि उहाँलाई भेट्न आउनेहरू वीपीलाई अव काँग्रेस सकियो भन्थे, आफ्ना दर्जनौं कार्यकर्ताहरूको शदादतबाट त्यसवेला वीपी निकै दुखित हुनुहुन्नथ्यो तर विचलित कहिल्यै हुनु भएन भन्दै वीपीसंगको रोचक स्मरण एेतिहासिक घटना माथि प्रकास पार्...

रबिना थापा समुहले सुनिश्चित चुनाव जित्ने तिन आधारहरू

बिकास थापा, हेरिसर्बग ,अमेरिका  रबिना थापा गैर आवासिय नेपाली अभियानमा आधा आकास ढाकेका नारीहरूको प्रतिनिधि पात्रा मात्र होइन् नारीहरू पनि नेतृत्व लिन तयार ,सफल र सक्षम छन् भन्ने नजिरको प्रर्यावाचि बन्नु भएको छ आज संसार भरी । आज उनी संसारभर एउटा इतिहास लेखाउन र एनआरएनको इतिहासमा एक ईट्टा थप्न एक पाइला अगाडी पुगिसक्नु भएको छ । एनआरएन अमेरिकामा सबै जातजाति ,धर्म ,बर्णका मानिसहरूको समानतमुलक प्रतिनिधित्व होस् र सबैले हाम्रो साझा संस्था भनेर गर्व गर्न लायक संस्था बनाउन उहाँ तन ,मनका साथ लगातार लागिपरिराख्नु भएको छ । तसर्थ यो महाअभियानमा सम्पूर्ण अमेरिकावासी नेपाल...

क्यालिफोर्निया डिस्ट्रिक ४ सि ३ का गभर्नर थापाले दुई वटा लायन्स क्लबको स्थापना गर्दै सपथ ग्रहण

जुलाई १६ , २०१७ , स्थानीय प्रतिनिधी अन्तरास्ट्रिय लायन्स क्लब डिस्ट्रिक ४ सी ३ को नया कार्यसमिति लगायत डिस्ट्रिक गभर्नर राजेन थापाको पदस्थापना कार्यक्रम बर्क्ली मारिना स्थित ग्रेगरियन बल रुममा भव्यताका साथ यहि जुलाई १६ मा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिमा लायन्स क्लबको प्रथम नारी अन्तरास्ट्रिय उपाध्यक्ष गुडरिनले थापालाई नेपालबाहिर पहिलो नेपाली मुलको डिस्ट्रिक गभर्नर रहेको जानकारी गाराउदै आफुपनि ९० प्रतिसत पहाड रहेको आइसल्याण्डबाट आएकोले विश्वको सर्बोच्च हिमालय नेपाललाई असाध्य मन पराउने जानकारी गराउनु भयो। कार्यक्रममा वहाले दुइवटा नया लायन...

बरिष्ठ उपाध्यक्षका निर्विकल्प उमेदवार - गजेन्द्र अर्याल

बिकास थापा ,हेरिसबर्ग अमेरिका नेपालको स्याड्जा जिल्लामा जन्मि बिगत २५ बर्ष अघि देखी अमेरिकाको मेरिल्याण्ड राज्यामा बसोबास गर्दै आउनु भएका एक मानवअधिकारवादी अभियन्ता,पत्रकार ,कुशल कार्यक्रम सन्चालक तथा बरिष्ठ समाज सेवी हुनुहुन्छ श्री गजेन्द्र अर्यालले विगत एक महिना अगाडी देखी नै उहाँले आगामी कार्यकालको लागी गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१७-२०१९ ) सम्मको कार्यकालको लागी उपाध्यक्ष पदमा आफ्नो उमेदवारीको घोषणा गर्नु भएको थियो तर साथिभाई ,इष्टमित्र ,शुभचिन्तक सबैको सल्लाह र आग्रह बमोजिम उपाध्यक्ष पदको आफ्नो दावेदारी हटाई आजैको मि...

NRNA अमेरिका उपाध्यक्ष तथा अध्यक्षकी प्रत्यासी थापाले मेरिल्याण्डका गभर्नरसँग भेट गर्नुभयो

कृष्ण के सी जुन ८, २०१७ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिका (NRNA NCC USA) की उपाध्यक्ष तथा २०१७-२०१९ कार्यकालका लागि अध्यक्षकी प्रत्यासी रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नर Larry Hogan सँग भेट गर्नुभएको छ। उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै NRNA NCC USA को तर्फबाट नेपाली समुदायको लागि बिशेष बिषयहरु उठाएको ज्ञापन पत्र समेत दिनुभएको छ। थापाको पत्र स्वीकार्दै गभर्नर Hogan ले उपाध्यक्ष थापासँग आफ्नो कार्यकक्षमा उहाले उठाएका बिषयहरुबारे जानकारी लिनुभयो। जवाफमा गभर्नर Hogan ले आफुले पत्रको जवाफ छिट्टै दिने कुरा बताउनु भएको छ।

बुटवलमा कांग्रेस प्रवेशको लहर, केही वडामा काँग्रेस,जनमुक्ति र माओवादीको तालमेल

बुटवल, २६ जेठ । बुटबल उपमहानगरपालिकाका वडावडामा अन्य पार्टीहरु परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्ने लहर नै चलेको छ । नेपाली काँग्रेसले शुक्रवार गरेको क्रियाशिल भेलामा बिभिन्न पार्टी परित्याग गरि ३१ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई बुटवलउपमहानगर पालिकाकाका मेयरका उम्मेदवार खेलराज पाण्डे, महाधिवेशन प्रतिनीधि युवराज गिरी, वडा सभापति कृष्णप्रसाद ज्ञवालीले पार्टी प्रवेश गराउनु भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अधक्ष तर्फ बाट नब निर्वाचित सम्माननिय श्री शेरबहादुर देउवा लाई हार्दिक शुभकामना

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा संघिय गणतन्त्र नेपालको ४०औँ प्रधानमन्त्री चयन हुनु भएकोमा गैरआवासीय नेपाली संघ हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।

सहरी विकास मन्त्रालयबाट आ.व.२०७३ /७४ को हालसम्म भएका मूख्य उपलब्धीहरु

२०६९ साल जेठ ५ गते स्थापित सहरी विकास मन्त्रालयले हालै आफ्नो ५ वर्षको क्रियाशीलता पूरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा यो मन्त्रालय विभाजित भई खानेपानी तथा सरसफाई मन्त्रालय को गठन हुनपुग्यो । कानुनी तथा नीतिगत पूर्णता नहुनु, संरचनागत कमि–कमजोरी यथावत रहनु, दक्ष जनशक्तिको अपर्याप्तता लगायत विभिन्न कमि, कठिनाई र ब्यवधानका कारणले यस मन्त्रालयले आशातित उपलब्धी हासिल गर्न बाँकी नै छ । विगत ९ महिनाका गतिविधिबाट उपलब्धीको बाटोमा लागिसकेको छ । बागमती सरसफाई महाअभियानको २०० आँै हप्ता सफलतापूर्वक सम्पन्न गरेजस्तै मन्त्रालय अन्तर्गतका अन्य कतिपय गतिवि...

नयाँ बजेटबारे यसो भन्छन् पूर्वअर्थमन्त्रीहरु

३१ मे, २०१७ काठमाडौं । नयाँ बजेटका बारेमा विभिन्न राजनीतिक दल सम्बद्ध पूर्व अर्थमन्त्रीहरुले फरक फरक धारणा राखेका छन् । काठमाडौंमा गरिएको एक कार्यक्रममा सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले हालै ल्याएको बजेट ०७४÷७५ को आर्थिक बजेट समग्रमा राम्रो भएको टिप्प्णी गरेका छन् । पूर्वअर्थमन्त्री समेत रहेका पुनले समयमै बजेट आउनु र यसमा सबै दलहरुको समर्थन रहनु सुखद् पक्ष रहेको बताएका हुन् ।

चामल बेचेर राजनीति गरेका छौं : प्रचण्ड

३१ मे, २०१७ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताउनु भएको छ । 

दोश्रो चरणको चुनावको मिति फेरि सर्र्यो, नयाँ मिति असार १४ तय

३१ मे, २०१७ काठमाडौं । सरकारले दोश्रो पटक स्थानीय तह अन्र्तगत केही जिल्लाको लागि तय भएको दोश्रो चरणको मिति फेरि सारेको छ । यसअघि जेठ ३१ का लागि तय भएको चुनावको मिति मधेशी दलहरु सहभागी हुने सर्तमा असार ७ का लागि सारिएको थियो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top