अमेरिका समाचार


बोस्टन म्याराथन दौड २०१७ को लागि नेपाली मूलका फोटो (छायाचित्र) : पत्रकार बिमल नेपाल आधिकारिक रुपमा नियुक्त

विजय थापा,वाशिंगटन डीसी  अमेरिकाको बोस्टनमा झन्डै डेढ दशक देखि बस्दै आएका नेपाली मुलका छायाचित्र पत्रकार बिमल नेपाललाई बोस्टन म्याराथन दौड २०१७ को लागि आधिकारिक फोटो पत्रकारको रुपमा नियुक्त गरेको छ । उन्ले आफुलाई यस दौडको लागि नियुक्त गरेको सामाजिक संजाल अनुहार कितावमा उल्लेख गरेका छन् । बोस्टन बिश्व बिद्यालय बाट फोटोग्राफी अध्ययन गरेका नेपाल सम्भवत एक मात्र नेपाली मुलका आधिकारिक रुपमा बोस्टन म्याराथन दौड २०१७ को लागि फोटो पत्रकार छनौट भएका छन । आफुले यसै बिषयमा अध्ययन गरेको र बिश्व कै सबै भन्दा पुरानो तथा बिश्व बाट खेलाडीहरु सहभागी हुन् आउने भएकोले आफु...

सगूनमा लगानी गर्ने देशहरुमा द.कोरिया दोश्रो

अमेरिकामा नेपालीहरुले स्थापना गरि सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगूनले जारि गरेको मिनी आइपीओ मार्फत विश्वभरिका सर्व-साधारणहरुका लागि आफ्नो स्वामित्व शेयर गत फेब्रुअरी ९, २०१७ देखि विक्री गर्दै आइरहेको छ ।  हालसम्म विश्वका विभिन्न देशहरुबाट २२०० भन्दा बढी व्यक्तिहरुले २.१ मिलियन अमेरिकी डलर भन्दा बढि रकम लगानी गरिसकेका छन् । यसरी लगानी गर्ने देशहरुमा लगानीकर्ताको संख्याको आधारमा करिब ४० हजार नेपालीहरु रहेको मानिएको दक्षिण कोरिया दोश्रो स्थानमा रहेको जसमा सबै भन्दा बढी लगानी अमेरिकाबाट नै भएको छ भने तेश्रो स्थानमा अष्ट्रेलिया रहेको कुरा सगूनका संस्...

यम बरालको 'मेरो बदनाम’ बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक

अमेरिका - संयुक्त राज्य अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय साहित्य समाज का बोर्ड अफ ट्रष्टी गीतकार राम लामा ‘अविनाशी’ द्वारा रचना गरिएको ‘मेरो बदनाम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  चर्चित गायक यम बरालको स्वर तथा सङ्गीत रहेको उक्त गीतमा आपसी सम्बन्धमा शङ्काका कारण आत्मीयतामा कसरी दरार आउँछ भन्ने विषयमा केन्द्रित छ। भिडियोसहित बजारमा आएको गीतमा राजेन्द्र चापागाईं, सिरू बिष्ट र प्रीति मोक्तानले अभिनय गरेका छन, छायॉकनमा शिब पंगेनी (नेपाल) र शंकर राज वाग्ले (अमेरीका) रहेका छन ।  ...

आनी छोइङ "एकता र आशा युएस यात्रा -२०१७ " नामक कार्यकममा अमेरिका आउदै

विजय थापा,वाशिंगटन डिसी  ख्यातिप्राप्त गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङ युनिटी एण्ड होप युएस टुर-२०१७ ( एकता र आशा युएस यात्रा-२०१७ ) नामक सांगीतिक कार्यक्रममा अमेरिका आउने भएकी छिन् । वाशिंगटन डिसी क्षेत्रमा स्थापना भएको प्रख्यात कार्यक्रम आयोजक संस्था घई इन्टरटेनमेन्ट ले आनी छोइङको कार्यक्रम गर्ने भएको छ । झन्डै एक महिने अमेरिकाको यात्रा रहेको आनीको कार्यक्रम जुन ३ देखि जुन २५ सम्म अमेरिका को विभिन्न राज्यहरुमा एकल गायन तथा प्रस्तुति हुने छन् । आयोजकले जानकारी गराए अनुसार हाल सम्म लस एन्जेलस ,सन फ्रान्सिस्को ,सियाटल ,ओरेगन ,बोस्टन तथा वाशिंगटन डि...

राजेन थापा अमेरिकाको लायन्स क्लवबाट पहिलो नेपाली डिस्ट्रक्ट गभर्नर वन्दै

स्थानीय प्रतिनिधि  मार्च २०, २०१७ -  अन्तरास्ट्रिय लायन्स कल्बले यहि आउदो जुलाइको पहिलो सप्ताह अमेरिकाको सिकागो सहरमा भव्यरुपमा ऐतिहासिक सत बार्षिकी कार्यक्रम मनाउदै छ ।  विश्व प्रसिद्ध सहर सिकागोमा हुने उक्त सम्मेलनमा  सहभागी हुन् विश्वको १२०  भन्दा धेरै देशका २०,००० भन्दा धेरै  प्रतिनिधिहरु आउने जानकारी अन्तरास्ट्रिय लायन्स कल्बको वेबसाइट http://lcicon.lionsclubs.org/EN/index.php मा उल्लेखित छ ।  उक्त महासम्मेलनमा  विश्व भरिबाट आएका डिस्ट्रिक गभर्नरहरुले अन्तरास्ट्रिय अध्यक्ष लगायात सम्पूर्ण कार्यसमिति संगै सपथ ग्रहण लिदै छन् ।   सोहि क्रममा हाल विश्वको हरेक ...

उम्मेदवारी फिर्ता लिएको, सहमति गरेको जस्ता समाचारहरु कुनै सत्यता नभएको :- गौरी जोशी

प्रेस विज्ञप्ति एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा मैले उम्मेदवारी घोषणा गरेको यहांहरु सवै जानकारनै हुनुहुन्छ । एनआरएन अमेरिकामा केही नयां काम गरेर अघि वढ्न सकिन्छ भन्ने उद्देश्यले मैले उम्मेदवारी घोषणा गरेको हुं ।  उहांहरुले दिनु भएको उत्साह र हौसलाले मलाई समुदायको हितका लागि काम गर्न अझ प्रेरणा मिलेको छ । विशेष गरी युवा जमातले मलाई अझ सकृय हुन प्रेरणा दिईरहनु भएको छ । एनआरएन अमेरिकालाई अझ सशक्त वनाउन सदश्यता विस्तार गर्नु पर्छ भनेर म यस अभियानमा सकृय भएं । टेक्ससमा मात्र होइन अन्य राज्यहरुमा पनि सदश्यता विस्तारमा लागि परें । सदश्यता का ...

जिपीको ७औं स्मृति दिवसको अवसरमा न्यूयोर्क च्याप्टर द्दारा एक कार्यक्रम

महेश मल्ल , यहि मार्च १९ तारिक आईतबारका दिन नेपाली जनसंपर्क समिति न्यू-योर्क च्याप्टर अमेरिकाले जननायक गिरिजा प्रसाद कोईरालाको ७औं स्मृति दिवसको अवसर पारेर "नेपालको वर्तमान समसामयीक राजनितिक अवस्थाको" बारेमा एक वृहत कार्यक्रमको आयोजना गरेको छ । नेपाली  काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद सरिता प्रसाईको प्रमुख आथित्य र  नेपाली काँग्रेसका सांसद कमल अख्तरको बिशेष आथित्यमा गरिएको उक्त कार्यक्रममा न्यूयोर्क वासी नेपालीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।

अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा क्यालिफोर्नियामा उठ्यो महिला हक अधिकारको कुरा

२१ मार्च, २०१७, क्यालिफोर्निया । अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपाली समुदायबीच महिला हक अधिकारमा केन्द्रीत भएर भव्य कार्यक्रम आयोजना गरिएको छ । अमेरिकामा महिला हक अधिकारको विषयमा विगत लामो समयदेखि क्रियाशील ‘एनडब्लुजीएन’की अध्यक्ष सुस्मिता सिजापतीको सभापतिमा सम्पन्न सो कार्यक्रमको पास्ट डिस्ट्रिक गर्भनर, जिएमजी एण्ड जीएटी कोअर्डिनेट लिन्डा ग्रिफिन प्रमुख अतिथिको रुपमा रहनुभएको थियो भने   विशेष अतिथीको एनआरएन एनसीसीकी उपाध्यक्ष एवं भावी अध्यक्षका प्रत्यासी रविना थापा रहनुभएको थियो । अत्यन्तै सटिक ...

बोस्टनमा धुर्मुस -सुन्तली अभियानको लागि १३ लाख सङ्कलन

विजय थापा,वाशिंगटन डीसी बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि गत मार्च १९ मा बोस्टनमा भएको “धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम “ बाट १३ लाख नेपाली रुपैया सङ्कलन भएको छ । अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले आयोजना गरेको कार्यक्रममा हिमपात हुने सम्भावना रहेता पनि हिम्मतको साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् । र एकै बसाईमा स्वस्स्फ्रुत रुपमा नेपाली समुदाय भेला भएर असल कारणको लागि आफुले सक्ने आर्थिक सहयोग गरेका छन् । कार्यक्रमको प्रचार प्रसार संचार माध्यममा प्रकाशमा आए पछि न्युयोर्क ,भर्जिनिया ,कनेक्टिकट...

नासा र एन्माको १३ औ संयुक्त सम्मेलन सार्लोटमा हुने

शिव बिष्ट, नर्थ क्यारोलिना मार्च १९,२०१७ - दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)  र मध्य पश्चिम राज्यहरुमा बस्ने नेपालीको संस्था एसोसियसन अफ नेपलिज् ईन मिड वेष्ट अमेरिका ९एन्मा०को १३ औ संयूक्त सम्मेलन सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सुन्दर शहर सार्लोटमा हुने भएको छ । सार्लोटस्थित नेपालीहरुको संस्था ग्रेटर सार्लौट नेपलिज एसोसियसनको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा स्थानीय तथा अमेरिकाको २० भन्दा बढी राज्यहरुबाट प्रतिनिधिहरु सहभागीता जनाउने गरी तयारी भैरहेको सम्मेलन आयोजक ...

अमेरिकाको बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद बिरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सफलतापुर्वक सम्पन्न

विजय थापा ,बाल्टिमोर  मार्च १९ ,अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद बिरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सम्पन्न भएको छ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस  २१ मार्चको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।  उक्त कार्यक्रम सन् २००४ देखि नै अमेरिकाको डीसी महानगर क्षेत्रमा दलित ,जातीय विभेद बिरुद्ध तथा सामाजिक सेवामा काम गरि रहेको नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्युनिटी (नासो कम्युनिटी) अमेरिका ,सन् २००८ देखि नै दलितका अधिकार सम्बन्धि काम गर्दै आई रहेको इन्टर नेसनल कमिसन फर दलित राइट (आइसीडीआर) तथा ...

एनआरएनए अमेरिकाको सदस्यता बन्ने म्याद चार दिन बढाईयो

अमेरिका - गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रीय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।   वुधवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले    अमेरिकामा गैर आवाशीय राष्ट्रीय नेपाली संघ राष्टीय समन्वय परिषद अमेरिकाको आज मिति मार्च १५, २०१७ सम्ममा एनआरएनएको सदस्यता लीईसक्नु पर्ने अन्तिम म्याद  भएता पनि ओएवसाईटमा प्राविधिक समस्याका कारण सदस्यता वितरणमा वाधा अड़चन आउँदा विभिन्न तह र तप्काका साथै विभिन्न स्टेटवाट म्याद थपीपाउँ भन्ने आग्रहलाई ध्यानमा राखी सदस्यता वितरण तथा नवीकरण विधानत यही मार्च १...

“हाम्री दाइ कि साली " खोज्दै लस भेगास पुगेपछि , भिडीयो सहित

नेपाली चलचित्र जगतका एक सफल अनि लोकप्रिय निर्देशक श्याम भट्टराई यतिबेला हाम्री दाई कि साली अलि अलि काली '..... को छायॉकनका लागी लस भेगास मा आइपुगेका छन । लस भेगासका बिभिन्न रमणिय स्थानमा धमाधम छायॉकन कार्य भैरहेको छ  । यस म्यूज़िक भिडियोको अझ रमाइलो कुरा के छ भने निर्देशक श्याम भट्टराई यो गीतको भिडियो निर्देशक मात्र नभै शब्द संगीत र स्वर पनि उनै भट्टराइको रहेको छ । श्याम भन्छन ,मैले मेरो पेसा भन्दा अलग काम गर्ने कोशिश गरेको छु । हेरौ मेरा दर्शक श्रोताले कत्तिको मन पराउनु हुन्छ, भिडियो मेकिङको बारेमा अगाडि थप्छन हामीले यस म्युजिक भिडियोमा केहि नयॉ मात्र हैन राम्र...

एनआरएन अमेरिकाको अध्यक्ष पदको प्रत्यासी रविनाको साथ लस एन्जलसमा अन्तरक्रिया कार्यक्रम

उपेन्द्र सापकोटा अमेरिका, लस एन्जलस, १३ मार्च -  एनआरएन अमेरिकाको सदस्यता वितरण तथा संस्थाको भावी दिशाको विषयमा एनआरएन अमेरिकाको वर्तमान उपाध्यक्ष तथा अध्यक्ष प्रत्यासी रविना थापाको साथ आज क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । एनआरएन क्यालिफोर्निया च्याप्टरको आयोजनामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरको उम्मेद्वारी दिन लागेका रामबाबु पाण्डे, महाबाणिज्यदुत ऋषि ढकाल, लस एन्जलस क्षेत्रका पर्यटनदुत रामेश्वर भण्डारी, नेपाल अमेरिका पत्रकार सङ्घ,नेजाका पूर्...

ने.का का नेता स्व.सापकोटाको बार्षिक पुन्य तिथि संपन्न

क्यालिफोर्निया संबाददाता  क्यालिफोर्नियाँको उड़ल्यांडमा आज मार्च १३ ,१०१७ का दिन नेपाली कांग्रेसका नेता स्व. श्री उद्धब सापकोटाको बार्षिक पुण्य तिथिमा वहाँको आत्माको चीर शान्तिको कामना गरियो । श्रीमती गीता सापकोटा तथा छोरा मनीष तथा सतिश सापकोटाको निवासमा भएको उक्त कार्यक्रममा समाजका बिभिन्न ब्यक्तित्वहरु,बिभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा नेपाली कांग्रेस सम्बद्ध बिभिन्न महानुभावहरुले स्व.साप कोटाको जीवनी तथा वहाँका समाज प्रतिको योगदान बारे चर्चा परिचर्चा गर्नु भएको थियो ।  यसै क्रममा स्व .सापकोटा नेपाली कांग्रेसको बिभिन्न तहमा रहि एघारौ महाध...

एनआरएन एनसीसी अमेरिकाको उपाध्यक्षमा नारायण बनले उम्मेद्वारी दिने

पद्म प्रसाद नेपाल, १३ मार्च, २०१७ क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियाबासी नेपालीहरुमाझ चर्चित तथा बरिष्ठ समाजसेवीका रुपमा परिचित नारायण बनले आसन्न गैरआवासीय नेपाली संघ सम्वन्वय परिषद्को उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । हालै क्यालिफोर्नियामा आयोजित अध्यक्ष पदकी प्रत्यासी रविना थापा सहभागी अन्र्तक्रिया कार्यक्रममा बनले थापाको कार्यशैली र घोषणपत्रले आफू प्रभावित भएको भन्दै थापाकै टिमबाट उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । हाल अमेरिकामा रहेका करिब २ दर्जन संघ संस्थामा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा आबद्ध बनले एनआर...

क्यालिफोर्नियामा भएको बृहत अन्तरक्रियामा एनआरएन एनसीसी अमेरिकाकी अध्यक्ष प्रत्यासी थापाको ओजपूर्ण सहभागिता

पद्म प्रसाद नेपाल, १३ मार्च, २०१७ क्यालिफोर्निया । गैरआवासीय नेपाली संघ एनआरएन एनसीसी अमेरिकाकी उपाध्यक्ष एवं भावी चुनावको लागि अध्यक्षमा उम्मेद्वारी दिएकी रविना थापाको उपस्थितिमा सानफ्रान्सिस्कोमा बृहत् अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय बर्केलीमा गरिएको सो कार्यक्रममा थापाले आफूले एनआरएन एनसीसीमा उम्मेद्वारी दिनुपर्नाको कारण, भावी योजना र एनआरएनलाई भोलिका दिनमा कुन बाटोमा अघि बढाउने भन्ने विषयमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिनुभएको थियो ।

अध्यक्षकी प्रत्यासी रविना थापाको अन्तरकृया भब्य रुपमा सम्पन्न

NRNA अमेरिकाकी उपाध्यक्ष तथा अध्यक्षकी उम्मेद्धार रविना थापाको उम्मेद्धारी, घोषणा-पत्र, योजना र सिङ्गो ल्च्ल्ब् अमेरिकासँग सम्बन्धित बिषयहरुमा केन्द्रित रहेर अन्तरकृया कार्यक्रम सान फ्रान्सिस्कोमा भब्य रुपमा सम्पन्न भयो । NRNA अमेरिकाका सल्लाहकार भक्त थापाको सभापतित्वमा भएको सो कार्यक्रममा स्थानिय संघ(संस्थाका प्रतिनीधित, पत्रकार र थुप्रै नेपालीहरुको उपस्थिति थियो । १२ मार्चका दिन बर्केलीमा आयोजित सो कार्यक्रममा उहाँले आफ्नो उम्मेद्धारी किन, के कस्ता योजना छन् भन्ने बिषयमा प्रस्ट पार्नुभयो। साथै रविना थापाको घोषणा पत्र र योजनाबारे बिज्ञ बालकृष्ण आचार...

अमेरिकाको नर्थ क्यारोलिनामा होलीको रौनक

१३ मार्च, २०१७  - प्रवासमा रहेकाहरुलाई आफ्नो संस्कृति निकै प्यारो लाग्छ । जुनसुकै पर्व होस नेपालीहरु निकै महत्वका साथ मनाउने गर्दछन । त्यसैले यतिखेर प्रवासमा रहेका नेपालीहरु चाहे जुनसुकै मुलुकमा होस होली मनाई रहेका छन । त्यसै क्रममा अमेरिकाको नर्थ क्यारोलीनामा रहेका नेपालीहरुले पनि होली भव्यसंग मनाए । यसै क्रममा ट्रईड नेपलिज् कम्यूनिटि सेन्टर ( टिएनएनसि ) ले हाई प्वाईन्टमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । डिसी, भर्जिनिया लगायत राज्यहरुबाट समेत गरी करिब एक सय भन्दा बढी सहभागी कार्यक्रममा टिएनसिसिको नयाँ अधिवेसनबाट निर्वाचित सान्वना खड्काको नेतृ...

लस भेगासमा पहिलो पटक नेपाली म्युजिक भिडियो

अमेरिका, लस भेगास - ११ मार्च र अमेरिकामा रहेका नेपालीहरूले फाट्टफुट्ट म्युजिक भिडियो निकाल्ने गर्दै आएकामा दुई तीन सय नेपालीहरूको बसोबास रहेको लस भेगासका युवाहरूको पहलमा पहिलो पटक शुटिंग हुँदैछ ।  “हाम्री दाइ कि साली” बोल रहेको गीतको शब्द, सङ्गीत, स्वर र निर्देशन श्याम भट्टराईको रहेको छ । यसमा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी रहेकाछन् । भिडियोको छायांकन शङ्कर वाग्लेले गर्दैछन भने निर्देशन श्याम भट्टराईको रहेको छ ।  रात्रि जीवनको लागि ख्यातिप्राप्त मरुभूमि बिचमा रहेको लस ...

अर्जुन दाहालको काफलवाली बिशेष प्रस्तुति - भिडियो

अर्जुन दाहालको काफलवाली बिशेष प्रस्तुति- भिडियो 

साधारण सभाका लागि होटल बुकिङ खुल्ला

भर्जिनिया, अमेरिका, मार्च ११ - नेपाली जनसम्पर्क समिति, अमेरिकाको अप्रिल २२ तारिखमा हुन लागेको पहिलो वार्षिक साधारण सभाको तयारी तीव्र रुपमा जारी रहेको छ ।   गत आइतवार साधारण सभा हुने होटलमा नै जनसम्पर्क समितिका सभापति आनन्द विष्ट,उप सभापति एवं साधारण सभा मूल व्यवस्थापन समितिका संयोजक केशब बराल, महासचिव मुनिन्द्र नेम्वाङ्ग ,संगठन विभाग प्रमूख एवं केन्द्रीय सदस्य वेद खरेल, केन्द्रीय सदस्य एवं साधारण सभाका लागि गठित आर्थिक समितिका संयोजक गोपाल विश्वकर्मा,केन्द्रीय सदस्य गौतम दाहाल सहितका पदाधिकारी र सदस्यहरुले स्थानीय आयोजक एवं समितिका सदस्य हरुसंग छलफल गरेप...

एनआरएनएको सदस्यता वितरण तथा छलफल कार्यक्रम ईन्डियानामा सम्पन्न ।

गत मार्च ज्ञज्ञ तारिख २०१७ आईतबारका दिन नेप्लीज एसोसिएशन अफ ईन्डियानाको नेतृत्वमा एन.आर.एन. को "मेम्बरसिप ड्राइभ" कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा एन।आर।एन।ए अमेरिकाका अध्यक्ष डा। केशब पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यसै गरि एनआरएनए अमेरिकाको महिला कोअर्डिनेटर राधा पौडेलको पनि उपस्थित थियो । सो कार्यक्रमका प्रमुख अतिथि डा केशव पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अमेरिकाले नेपाली समाज जस्तो परम्परागत समाजवाट विकसित हुँदै गएको समाजमा समय सापेक्ष सुधारका लागि एनआरएनएले खेल्ने भूमिकाका सम्भावना बारे प्रष्ट पार्नु ...

अमेरिकामा कराते खेलाडी ठकुरीको प्रथम खुकुरी काता प्रदर्शन को साथै दाँत द्वारा १ सय ४० पाउण्ड उठाए

अमेरिकामा कराते खेलाडी ठकुरीको प्रथम खुकुरी काता प्रदर्शन को साथै दाँत द्वारा १ सय ४० पाउण्ड उठाए  विजय थापा ,वाशिंगटन डिसी  भूतपूर्व सितेरियो खेलाडी हाल अमेरिकन मरिन गोजु कराते दुई डान उज्जवल ठकुरीले अमेरिकामा पहिलो पटक खुकुरी काता प्रदर्शन को साथै दाँत द्वारा १ सय ४० पाउण्ड उठाएका छन् ।  झन्डै डेढ दशक देखि अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ठकुरीले मार्च ११ तारिख ,२०१७ मा साउथ क्यारोलिनामा आयोजना भएको ४३ औ युनिभर्सल मार्सल आर्ट्स प्रतियोगितामा ५ वटा बेजोड प्रस्तुति गर्दै नेपाल र नेपालीको पहिचान र शान बढाउन सफल भएका छन्  ।  उक्त बिशा...

द ह्वाइट जोन इन्टर्नेशनल ले आगामी मार्च १२ तारिख सन्डे का दिन बर्कलि मारिना मा भव्यताका साथ होलि पर्व मनाउदै

नेपाली युवा तथा बिध्धार्थी हरुको अन्तराष्ट्रिय संगठन द ह्वाइट जोन इन्टर्नेशनल ले आगामी मार्च १२ तारिख सन्डे का दिन बर्कलि मारिना मा भव्यताका साथ होलि पर्व मनाउन लागेको छ  ।  नेपाली समाज मा पहिलोपटक यसरि होलि मनाउना थालिएको छ भने वे एरिया का सम्पूर्ण पाहुना हरुलाई स्वागत गर्न तथा कार्यक्रम लाई कसरि मनोरंजन ले भरिपुर्ण बनाउन सकिन्छ भन्ने कुरालाई ध्यान मा राख्दै तयारी भैरहेको कार्यक्रम संयोजक तथा संस्थाका क्यालिफोर्निया च्याप्टर का फ़ाइनान्सिअल एड्भाइजर उद्दव केसी ले नेपाल दर्पण लाई जानकारी दिनुभएको छ  ।  

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top